भेरी अस्पताल नेपालगन्जमा भूकम्पबाट घाइते भएका २६ जनाको उपचार भइरहेको छ। घाइते भएका जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको भने उपचारका क्रममा मृत्यु भएको छ।
उपचार गराइरहनेमा जाजरकोट भरी नगरपालिका- ३ का बिमल कु कार्की, जाजरकोट-३ नौबस्ता बाकेको ईशा शाह, रुकुम सानोभेरी -१ को यमुना रावल, जाजरकोट भेरी नगरपालिका- ८ का टेक ब शाही, रुकुम सानोभेरी- १ का धन सिंह रावल, जाजरकोट भेरी नगरपालिका-१ का सुप्रभा विक, जाजरकोटबाट ल्याइएका सल्यान कुपिन्डे-४ का मोहन विष्ट रहेका छन्।
जाजरकोट भेरी नगरपालिका-१ का भुपेन्द्र परियार, सोही ठाउँका टिकाराम राना, अनामिका शाही, पुष्कर परियार भेरी अस्पतालमा उपचाररत छन्। त्यस्तै रुकुम सानोभेरी-४ का प्रेम चन्द्र वली, सोहि ठाउँका गोबिन्द बुढाथोकी, नबिता खड्का, लविस चन्द, गौती विक रहेका छन्।
त्यसैगरी रुकुम सानोभेरी-२ का सुशान्त पुन मगर, जाजरकोट भेरी नगरपालिका-१ का कुन्जल पुन, जाजरकोट भेरी नगरपालिका-३ का गीता शाह, जाजरकोट नालगड-२ का सितादेवी जैसी, जाजरकोट नालगड-५ का शर्मिला शाहि, जाजरकोट भेरी नगरपालिका-१ का हिरा कुमाइ, जाजरकोट नालगड-५ का दिनेश वली, जाजरकोट नालगड-६ की गर्भवती जमुना बुढा, जाजरकोट नालगड-१ का डेविड महर र एक जना नाम नखुलेकाहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया सम्पन्न भएको छ। भूकम्पका कारण घर भत्केर उनीहरूको हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो।
भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम)का घाइतेलाई शनिवारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको हो। घाइतेको अवस्थालाई मध्यनजर गरेर पालैपालो शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ।
अहिलेसम्म घाइते ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भूकम्पका घाइतेको शल्यक्रियालगायत उपचारमा कुनै कमी हुन नदिएको बताए। शल्यक्रिया गरिएका घाइते निको हुने क्रममा रहेको उनले सुनाए।
अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेका छन्। तीमध्ये एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको थियो। अस्पतालमा भर्ना भएकामध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको श्रेष्ठले बताए। उनका अनुसार २ जना घाइतेको स्वास्थ्य अवस्था जटिल छ।
भेरी अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. प्रकाश थापाले घाइतेको शल्यक्रिया क्रमिक रूपले भइरहेको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीको अहिलेसम्म गरिसकेको उनले जनाए । शल्यक्रियामा डा. थापासहित अर्का वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...