भूकम्पले घुँडामा दिएको घाउ निको पार्न त्रिपाल बाहिर सालको बोक्रा पकाउँदै छिन्। औषधि उपचार कहाँ गएर गर्ने, कसरी गर्ने पत्ता नभएकाले नजिकैको बारीबाट सालको बोक्रा टिपेर घुडामा काटिएको भागमा लगाएसी निको हुन्छ भन्ने रिम्नाकी अनिता विकको बुझाइ छ।
निलो बुट्टेदार सुरुवाल र हल्का रातो बुट्टेदार कुर्ता लगाएकी अनिताको अनुहारमा पीडा प्रष्ट देखिन्छ। घुडामा चोट लागेको देखाउँदै उनले भनिन्, ‘भूकम्पले यस्तो काटिएको छ। हिँड्न गाह्रो भा छ। त्यसैले सालको बोक्रा पकाउँदै छु।’
गहभरि आँशु लिएर रुदै उनले सुनाइन्, ‘भएको एउटा आम्दानीको स्रोत पनि गुम्यो। केही बाँकी रहेन। न खेतबारी छ न त, जग्गा जमिन नै। दैवले सबै खोस्यो। जीवनभर गरेको कमाई पनि गुम्यो।’
उमेरले ३२ वर्ष पुगेकी अनितालाई सालको बोक्रा किन पकाउन लाग्नुभयो भनेर सोध्दा उनी भक्कानिन्। जाजरकोटको भेरी नगरपालिका–१ को रिम्ना बजार रुकुम पश्चिम–१४ को जुमु बजार छुट्याउने भेरी नदीमाथि पक्की पुल छ। रुकुमतर्फको पक्की पुल छेउमा उनी चिया–नास्ता पसल गर्दै आएकी थिइन्। तर, गत शुक्रवार राति आएको भूकम्पले अनिताको नास्ता पसल भएको घर भत्कियो। श्रीमान कमलसँगै उनी घरभित्रै च्यापिइन्।
घरभित्र च्यापिएको विक दम्पत्तिले पत्तो पाएनन्। कसले घरभित्रबाट निकाल्यो पनि सम्झना छैन्। होसमा आउँदा उनको बायाँ खुट्टामा पीडा भइरहेको थियो। अहिले उनको शरीर सुन्निएको छ। आम्दानीको एकमात्रै स्रोत पनि गुमेपछि उनको पीडा झन् थपिएको छ। ३४ वर्षका श्रीमान्को अवस्था भने सामान्य नै छ। भाग्यले उनका सन्तान एक छोरा र एक छोरी भने सकुशल नै छन्। किनकी उनीहरू भूकम्पको बेला मामाघर गएका थिए।
त्यतिले पनि पुगेन छ, र जुमुबाट रिम्ना आउँदा उनले अर्को दुःखद खबर सुनिन्। भदैनी सरिता विकको भुकम्पले मृत्यु भइसकेको थियो। ‘उतिबेला मेरो चोट भन्दा भदैनीको मृत्युले ठूलो पीडा दियो,’ अनिताले भनिन्, ‘त्यति बेला सबै घाइतेहरुलाई सरकारले उद्दार ग¥यो, भदैनीको अन्तिम संस्कार गर्नुपर्ने भएकाले मैले उपचार गर्न पाइँन्।’
अनिताको बायाँ खुट्टा सुनिएको छ। घाउमा मल्हम लगाइदिने रिम्नामा कोही आएका छैनन्। बुधबार दिउँसो नागरिककर्मी पुग्दा अनिता भुकम्पले दिएको घाउमा लगाउनका लागि सालको बोख्रा पकाउँदै थिइन् । ‘औषधि गर्न अस्पतालसम्म जानका लागि पनि भाडा छैन्, हिँडेर जान सक्दिन्,’ अनिताले भनिन्, ‘त्यहीँ भएर सालका बोख्रा पकाउँदैछ।’
उनले यसो भनिरहँदा नजिकैको चिल्लो सडकमा मेडिकल सामाग्री बोकेका गाडीहरू गुडिरहेका थिए। पसल र रिम्नाको घर भत्किएपछि पुल छेउकै खुल्ला चौरमा दाताले दिएको एकसरो पालमा उनको बास छ। अवस्था बुझ्न दिनमै सयौं मानिसहरू उनीसँग आउँछन्। तर, उपचारका लागि सहयोग कसैले गरेका थिएनन्।
भूकम्प प्रभावित क्षेत्रका महिला उद्यमी र उद्योगी–व्यवसायीहरूको समस्या बुझ्न पुगेकी महिला उद्यमी महासङ्घ नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य शोभा ज्ञवालीले अस्पतालसम्म पुगेर उपचार गर्नका लागि केही आर्थिक सहयोग गरिन्। ज्ञवालीले उपचारका लागि आर्थिक सहयोग गर्दा अनिताले आँशु रोक्न सकिनन्। ‘खुट्टा चलाउनै मिल्दैन्, अवस्था बुझ्न धेरै आउनुभयो, कसैले पनि उपचार गर भनेर सहयोग गर्नु भएको थिएन्,’ उनले भनिन्, ‘अव अस्पताल गएर उपचार गराउन सक्ने भएँ।’
डोल्पाको ठूलीभेरी नगरपालिकामा ब्यापक अनियमितता भएको पाइएको छ। एकै आर्थिक वर्षमा तिन वटा योजनाबाट धन्नै एक करोड रुपैँया अनियमितता भएको पाइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७४/०७५ मा मात्रै तीन वटा सडक निर्माणका योजनाहरुमा अनियमितता भएको ठहर गरेको छ। अनियमितता भएका सडकहरुमा तलीकुला लादीछरा हुँदै जीउसम्म जाने मोटरबाटा, जुफाल–माँझफाल सडक र घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव–इन्जिनियर विकास खत्रीलाई ती योजनामा भ्रष्टाचार गरेको कसूरमा मुद्दा दर्ता गरिएको हो।
यस्तै, नगरपालिकाको योजना अनुगमन समितिका पदाधिकारीहरु काली सार्की, कर्ण बहादुर रोकाया, टोप बहादुर चन र निर्माण उपभोक्ता समितिका पदाधिकारीको संलग्नता रहेको उल्लेख छ। ती योजनामा भ्रष्टाचाजन्य कसूर ठहर भएपछि उनिहरूविरूद्व विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो। बिगो र कैद सजाय हुन माग दाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रकाशित विज्ञप्तीमा उल्लेख छ।
जुफाल–माझफाल मोटरबाटो निर्माण कार्यमा झुट्टा विवरण तयारी गरी ३२ लाख २९ हजार २ सय ७२ रुपैँया भ्रष्टाचार गरेको कसुर ठहर भएको छ। उनीहरुलाई सोही बराबरको रकम बिगो दाबी गरि कैद तथा जरिवानाको सजाय माग गरिएको छ। साथै, उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु काली सार्की, कर्ण बहादुर रोकाया, टोप बहादुर चनले समेत गलत प्रतिवेदन पेश गरेको भष्टाचार गरेको कसुरमा भ्रष्टाचार ऐनको दफा १९ को उपदफा २ वमोजिम सजाय हुन मागदाबी गरिएको छ।
सोही योजनाको उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही, कोषाध्यक्ष सुना कामी र सचिव टोप वहादुर शाहीले नगरपालिकासँग भएको शर्त एवं सम्झौता विपरित फिल्डमा काम नगरी भ्रष्टाचार गरेको कसुरमा ३२ लाख २९ हजार २ सय ७२ रुपैँया मागदाबी सहित ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय माग दाबी गरिएको छ। उनीहरुले १९ लाख ८६ हजार ५ सय ७५ रुपैँया बैंकमा जम्मा गरिएको हुँदा जम्मा हुन विगो १२ लाख ४२ हजार ६ सय ९७ रुपैँया रहेको छ।
त्यस्तै तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण कार्यमा झुट्टा विवरण तयार गरी २० लाख ३० हजार १ सय १९ रुपैँया भ्रष्टाचार कसूर गरेको अख्तियारले ठहर गरेको छ। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र सवइन्जिनियर शिवराज शाहीले झुट्टा विवरण पेश गरेको हुन्। उनीहरुबाट २० लाख ३० हजार १ सय १९रुपैयाँ र ऐनको दफा ८ (१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ।
उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठूलीभेरी नगरपालिका –७ का तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीले गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार कसूर ठहर गर्दै उनिहरुबाट २० लाख ३० हजार १ सय १९रुपैयाँ र ऐनको दफा ८ (१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ। उक्त योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष मानसिंह कामी, कोषाध्यक्ष राज कुमारी शाही र सचिव ज्ञानेन्द्र विक्रम शाहीले नगरपालिकासँग गरेको शर्त सम्झौता विपरीत नभएको नगरी भ्रष्टाचार कसुर गरेको अख्तियारको ठहर छ। उनीहरुबाट पनि २० लाख ३० हजार १ सय १९ रुपैयाँ र ऐनको दफा ८ (१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ।
नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीले घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको झुट्टा विवरण तयारी गरी २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका –८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुबाट २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ बिगो सहित कैद सजाय हुन मागदाबी गरिएको छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीले नगरपालिकासँग गरेको सम्झौता विपरीत काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनिहरुबाट पनि २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ बिगो सहित कैद सजाय हुन मागदाबी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठुलीभेरी नगरपालिकाका तिन वटा सडकको छुट्टा छुटटै मुद्दा विशेष अदालतमा दायर गरेको हो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...