जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले अर्घाखाँचीका ८९ घरमा सामान्य तथा आंशिक क्षति पुर्याएको छ।
गत कार्तिक १७ गते मध्यरातमा भूकम्प जाँदा जाजरकोट र पूर्वी रुकुममा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो भने आसपासका जिल्लाहरुमा कम्पनले घरहरु चर्किने तथा फुट्ने भएका छन्।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पले अर्घाखाँचीमा समेत धक्का महसुस भइरहेको छ। भूकम्पका कारण ठुलो क्षति नभए पनि जिल्लाका ८९ घरमा सामान्य तथा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरका अनुसार अहिलेसम्म सङ्कलित विवरणमा ८९ घरमा क्षति पुगेको हो। तर, अहिलेसम्म कसैलाई घर बास छोड्नु नपरेको उनको भनाई छ।

‘हामीले भूकम्पपछि जिल्लाभर तथ्याङ्क संकलन गर्यौँ, उनले भने, ‘घरहरु चर्किने, फुट्ने गरे पनि कसैलाई स्थानान्तरण गर्नुपर्ने वा सार्नुपर्ने भएको छैन।’यसअघि असौज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण शितगंगा नगरपालिकामा पाँच घर भासिएका थिए।