जाजरकोटलाई केन्द्र बिन्दु बनाएर आएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत सामाग्री वितरण गर्न कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापा आफै प्रभावित क्षेत्र पुगेका छन।
नगरपालिकाका जन प्रतिनिधि र कर्मचारीहरूले तलबबाट कट्टा गरेर जम्मा भएको सात लाख बराबरको राहत सामाग्री खरिद गरी मेयर थापाको टोली जाजरकोटको नलगाड नगरपालिकामा आज बिहीबार दिउँसो पुगेका हुन। मेयर थापाले नलगाड नगरपालिकाका मेयर डम्मर बहादुर राउतलाई राहत सामाग्री हस्तान्तरण गरेको बताए।
नलगाड नगरपालिकामा उप मेयर सहित ५६ जनाको भूकम्पबाट ज्यान गएको मेयर थापाले बताए। मेयर थापाले ३ सय थान ब्याल्ङकेट र ५ किलोको पोको रहेको २५० थान चिउरा हस्तान्तरण गरिएको थापाले बताए।
भूकम्प प्रभावित क्षेत्र मै पुगेर राहात वितरण गर्न पाउँदा आफुलाइ केही भए पनि सन्तुष्टि मिलेको उनले बताए।उनले भूकम्पले जाजरकोट र रुकुम पश्चिमा धेरै धनजनको क्षति भएकाले सबैले आ आफ्नो तौरबाट प्रभावित क्षेत्रमा राहत सहितको अन्य सहयोग गर्न अपिल समेत गरे।
उता जिल्लाको बाणगंगा, कपिलवस्तु, बुद्धुभुमी र कृष्णनगर नगरपालिकाले समेत भूकम्प प्रभावितलाई पाँच पाँच लाख सहयोग गर्ने निर्णय गरेका छन।यस्तै कांग्रेस भातृ संगठन नेबिसंघले समेत प्रभावित क्षेत्रमा खाद्यान्न सहितको राहत सामाग्री पठाई सकेको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...