टेकनारायण भट्टराई, पाल्पा, जेठ १५ - स्याङ्जाको वानेथोक देउराली गाविस-७ स्थित सामादी खोलामा पौडी खेल्दै गरेका ३ जना स्कुले बालकको माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको छ। गाईवस्तु चराउन गएका उनीहरु शुक्रबार बेलुका खोलामा पौडी खेल्दै गर्दा पहिरोमा च्यापिएका थिए।
मृत्यु हुनेमा स्थानीय १४ वर्षीय कृष्ण परियार, १३ वर्षीय पुरुषोत्तम रिजाल र ११ वर्षीया अनिल काफ्ले रहेका छन्।
स्थानीयले राति अबेर सम्म बालकहरु घर नफर्के पछि खोजि गर्दा उनीहरुलाई मृत अवस्थामा फेला पारेका थिए। घटनास्थल वालिङ बजार देखि २४ किमि टाढा पर्छ।
इलाका प्रहरी कार्यालय वालिङ्का प्रहरी सहायक निरीक्षक शिव खत्रीले शनिबार बिहान ६ बजे मात्रै प्रहरीलाई घटनाबारे खबर पाएको बताए। प्रहरी घटनास्थल तर्फ जाँदै छ। वालिङ र बयरघारी दहथुम प्रहरी चौकीको टोलि त्यसतर्फ जाँदै गरेको खत्रीले बताए।