नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ।
काठमाडौंको पशुपति, गुहेश्वरी र कमलपोखरीलगायत ठाउँमा छठ पर्वका लागि पाल, बत्ती जडान गरिएको छ। तराइमा मात्र नभई काठमाडौँ उपत्यकाका नदी किनार र पोखरीमा छठ पर्वको तयारी गरिएको हो।
पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ। गुहेश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने, मण्डप बनाउनका लागि बाँस गाड्ने, घाट सजावट लगायत काम सुरु गरेको हो।
त्यस्तै करिब ९ वर्षदेखि कमलपोखरीमा पनि छठको पूजा गर्ने गरिन्छ। कमलपोखरीमा स्थानीयकै पहलमा हरेक वर्ष छठको पूजा गरिँदै आएको व्यवस्थापन समितिले जनाएको छ।
आइतबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै सुरु हुने छठ पर्व सोमबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवतरूपमा समापन हुनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...