राष्ट्रिय जलवायु सम्मेलन सङ्घीय राजधानी काठमाडौँमा हुँदैछ। वन तथा वातावरण मन्त्रालयले मङ्लवार आयोजना गरेको एकदिने सम्मेलनमा देशका सबै हाइप्रोफाइलरू भेला भएका छन्।
उनीहरू प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिको रुपमा मञ्चमा आसिन छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिको रुपमा रहेका छन् भने कोशी प्रदेश बाहेक ६ वटै प्रदेशका मुख्यमन्त्रीहरू, सङ्घीय अर्थमन्त्री, उर्जामन्त्री, वनमन्त्री लगायतका मन्त्रीहरू र मुख्य सचिव डा.बैकुण्ठ अर्याल क्रमशः विशिष्ट र अतिथिको रुपमा उपस्थित छन्।
विशिष्ट अतिथिको रुपमा सङ्घीय अर्थमन्त्री डा.प्रकाशशरण महत, वन तथा वातावरण मन्त्री डा.विरेन्द्र महतो, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बहादुर बस्नेत, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीराम चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सम्मेलनमा सहभागी छन्।
यस्तै कार्यक्रममा संयुक्त राष्ट्र सङ्घको नेपाल प्रतिनिधि हान सिसङ्गर हाम्डी र नेपालका लागि युएईका राजदूत अबदुल्ला अल सम्सी पनि उपस्थित छन्।
सम्मेलनमा राष्ट्रिय योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजनाको लोकार्पण तथा कोप २८ नेपालको अर्थपूर्ण सहभागिताको विषयमा छलफल गरिनेछ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटना बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जनस्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।
वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वासप्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ।
यसले विशेषगरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो।
नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्यांकले देखाएको छ। यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ।
हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोका कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेको विभागले जनाएको छ।
भू–उपग्रहको तथ्यांक विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ। पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालका अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ।
प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कँदा सबै नागरिकले अनिवार्य रुपमा मास्क प्रयोग गर्न तथा वायु प्रदूषण बढाउने किसिमका क्रियाकलाप जस्तै– फोहर बाल्ने, कृषिजन्य अवशेष बाल्नेलगायतका क्रियाकलाप नगर्नसमेत विभागको अनुरोध छ।
सानो लापरबाहीका कारण वन डढेलोले ठूलो क्षति पु¥याउन सक्ने भएकाले सचेत हुनुका साथै वन डढेलो नियन्त्रणका लागि जिम्मेवार निकायले सक्रियता बढाउन तथा सरोकारवाला निकायसँग हातेमालोसमेत गर्नुहुन आम समुदायलाई विभागले अपिल गरेको छ। –रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...