कर्णालीमा अबदेखि क्यूआर कोडबाट उजुरी
०६ मंसिर २०८०
•
२ मिनेट पाठ
कर्णालीमा अबदेखि क्यूआर कोडबाट उजुरी
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन्। मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताए।

'विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो', प्रहरी नायब महानिरीक्षक ढकालले भने, 'यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए÷नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ।'

‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत दुई लाख २७ हजार चार २४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तक्र्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उनले बताए। 

उनले भने, 'अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन्। उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन।' उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उनको भनाइ थियो।

त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रहरी नायब महानिरीक्षक ढकालले बताए। अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ।

क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने जनाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तक्र्रियात्मक गस्तीबाट सात हजार दुई सय ६२, यात्रुमैत्री अभियानबाट दुई लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट एक हजार पाँच सय ६५ जना लाभान्वित भएका छन्। रासस
अर्को समाचार
पोखरा भित्रिएका पर्यटकलाई क्यूआर मार्फत सूचना
१३ साउन २०८३
•
३ मिनेट पाठ
पोखरा भित्रिएका पर्यटकलाई क्यूआर मार्फत सूचना
क्याप्शन
पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त क्यूआर कोडमार्फत पर्यटकले पोखराभित्र घुमघाम गर्दा आवश्यक पर्ने सूचना र सचेतनाबारे जानकारी पाउनेछन्।  

पर्यटकले पोखरा भित्र घुमघाम गर्दा अपनाउनुपर्ने सजगताबारे पनि उक्त क्यूआर मार्फत जानकारी पाउनेछन। पर्यटकलाई सूचना दिलाउनका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा क्युआर कोड सञ्चालनमा ल्याइएको छ। क्युआर कोड स्क्यान गरेपछि स्वदेशी तथा विदेशी पर्यटकले पोखराभित्र रहेका प्रहरी चौकी र सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, भ्रमणका सूचना सहजै प्राप्त गर्न सक्नेछन्।

एकीकृत सूचना प्रवाहको सुरु गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र जिसीले आपतकालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी नहुँदा असहज हुने गरेकोमा अबको यात्रा सहज हुने अपेक्षा रहेको बताए। पर्यटकले आफले चाहेको सूचना सहजै पाउने भएपछि त्यसले यात्रा सुरक्षित र मर्यादित बन्ने उनले बताए।  

‘सूचना प्रवाह सहज हुँदा यात्रा सुरक्षित हुन्छ। त्यसो हुँदा पर्यटनमा सकारात्मक प्रभाव पार्छ। पर्यटन क्षेत्रका सकारात्मक सन्देश प्रवाह हुन्छ। पर्यटकको विश्वास पनि बढ्छ,’ उनले भने, ‘पछिल्लो समय पर्यटकले सूचना नपाउँदा केही असहज महसुस गरेका थिए। अब भने सहज हुने अपेक्षा छ।’

डिआजी जिसीले गण्डकी प्रदेशमा आउन पर्यटकको सुरक्षाका लागि प्रहरी हर क्षण सक्रिय भएर लागेको बताए। पर्यटकीय क्षेत्रको सुरक्षाका लागि थप प्रहरी समेत परिचालन गरेको उनले जानकारी दिए। पर्यटकलाई प्रहरीले त्यतिकै खानतलासी नगर्ने बताउदै कहिलेकाँही शंकास्पद अवस्थामा मात्रै पर्यटकलाई चेक जाँच गर्ने समेत उनले जानकारी दिए।  उनले होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनु पर्ने बताए। 

उनले भने, ‘प्रहरीले शंकास्पद गतिविधिमाथि सुक्ष्म निगरानी बढाएको छ,’ उनले थपे, ‘होटल व्यवसायी र घरधनीले आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनै शंकास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउनुपर्छ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो सर्त भएको बताए। उनले व्यवसायी र प्रहरीबिचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताए। पहारीका अनुसार पर्यटकले एकपटक क्यूआर कोड स्क्यान गरेपछि पोखरा भित्रका घुम्ने ठाउँ, पोखरा भित्र कुनै समस्या परेमा जानकारी गराउनका लागि रहेका प्रहरी चौकी, स्वास्थ्य समस्या परेमा उपचारका लागि जानुपर्ने अस्पताल, सवारीका लागि पार्किङ क्षेत्र, सार्वजनिक शौचालय लगायतबारे जानकारी पाउनेछन्। पर्यटकले पोखरामा के गर्न हुने र नहुने भन्ने जानकारी पनि त्यही क्यूआर बाट पाउनेछन्।  

उक्त क्यूआरमा सडक सुरक्षाका १० वटा नियमलाई पनि समेटिएको छ। चालकलाई जिम्मेवार बनाउँदै वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) साथमा राख्ने, मदिरा तथा लागूपदार्थ सेवन नगर्ने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने लगायतका नियम पनि उपलब्ध गराइएको छ। त्यस्तै पर्यटकलाई उपलब्ध गराइएको उक्त जानकारीमा नेपालका कानुन, स्थानीय परम्परा, धर्म, संस्कृति तथा सामाजिक मूल्य–मान्यताको सम्मान गर्न, दर्ता भएका ट्राभल, ट्रेकिङ, होटल, लज तथा अन्य एजेन्सीको सेवा मात्र प्रयोग गर्न पनि अनुरोध गरिएको छ।  

पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा भित्रिएका पर्यटकको सुरक्षाका लागि सहरभित्रका मुख्यमुख्य ठाउँमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताए। उनले आधुनिक क्यामेरा जडान गरेर पोखरालाई अझ सुरक्षित शहर बनाउन आवश्यक रहेको बताए। त्यसैगरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गमा हुने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने बताए।

यस्तै, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकल मार्फत पछ्याउने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस