उदयपुर, जेठ २३ (नागरिक)- उदयपुरको रामपुर ठोक्सीलामा शुक्रबार राति भएको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन्।
पूर्वपश्चिम वैकल्पीक राजमार्ग अन्तर्गत ठोक्सीला सुपाडे सडक खण्डमा भएको दुर्घटनामा रामपुर गाबिस-२ का ३६ वर्षीया सुमित्रा पोखरेल, त्रियुगा नगरपालिका-२ का २० वर्षीय सह चालक शम्भु सदा तथा नाम नखुलेका अर्का एकको मृत्यु भएको प्रहरीले जनाएको छ।
उदयपुरको गाईघाटबाट ईटा लिएर रामपुर जादै गरेको स १ त १२१५ नम्मरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको शंका उदयपुर प्रहरीले गरेको छ। घाइतेहरुको धरानस्थित विपि कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।