सिन्धुलीमा हुर्कँदै ‘कोरियन होलिष्टिन’ गाई
०९ मंसिर २०८०
•
३ मिनेट पाठ
सिन्धुलीमा हुर्कँदै ‘कोरियन होलिष्टिन’ गाई
सिन्धुलीमा हुर्कँदै गरेका कोरियन होलिष्टिन प्रजातिको गाई। तस्बिर: अनिल/नागरिक।
कोरियन प्रजातिको गाई सिन्धुलीमा हुर्किरहेको छन्। कोरियाली गाईको स्याहारसुसारमा सिन्धुलीका किसानहरु उत्साहित छन्।




कोरियन प्रजातिको गाई सिन्धुलीका किसानले पाएपछि किसानहरु हौसिँदै कोरियन गाईको स्याहारमा जुटेका छन्। कोरियन सरकारले नेपाललाई दिएको होलिष्टिन जातको गाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर-५ र ४ का किसानले पाएपछि किसानहरु गाईको स्याहारसुसारमा हौसिएका हुन्।

गत पुस महिनामा दक्षिण कोरियाले नेपाल सरकारसँगको समन्वयमा हेफरमार्फत ८० ओटा गाईका बाच्छिहरु सिन्धुलीको कमलामाई नगरपालिका र सिड्स नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा किसानहरुलाई वितरण गरिएको थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा ८० ओटा कोरियन होलिष्टिन जातका गाई सिन्धुलीको कमलामाई नगरपालिका भित्रका ५१ जना किसानलाई वितरण गरिएको हो।

व्यावसायिक रुपमा गाई भैँसी पाल्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका-५ राजपानीका किसानको गोठमा कोरियाली गाई आएपछि किसान थप हौसिएका हुन्।

कोरियन गाई पाएसँगै गोठलाई आधुनिकता सँगै सरसफाइमा किसानले ध्यान दिन थालेका छन्। ‘कोरेली गाईलाई यहाँको लोकल गाईको जस्तो फोहोरमा राख्न मिल्दैन, गाई फोहोर मन पराउँदैन’ कोरियाली गाई स्याहार्दै गरेकी किसान अनिषा कार्कीले भनिन् ‘एकछिन फोहर भयो भने गाई कराउन थाल्छन्, बस्दै बस्दैन, गाइले फोहोर गर्न साथ हामी सफा गरिहाल्छौ।’ 

कोरियन गाईको सङ्गतमा स्थानीय जातको लोकल गाईले पनि सरसफाइ भएको गोठमा बस्ने अवसर पाएका छन्। चार महिनापछि गाईले बच्चा जन्माउने भन्दै पाँच महिनाको गर्भवती कोरियन गाई स्याहार्न अर्का स्थानीय गुणकुमारी घिमिरे व्यस्त छिन्।

‘यो कोरेली बच्छी मैले पाउँदा ११ महिनाको थियो, त्यति बेलादेखि स्याहार सुसार गर्दै यहाँसम्म ल्याइपुर्‍याएको छु। बच्चा पाउने बेला पनि भइसकेको छ हामी निकै हर्षित छौ’, उनले भनिन्।
कोरियाबाट आएका सबै गाईको नेपाली नाम राखिएको छ। त्यहाँका कोरियन जनताले उपहार दिँदा राखिएको नाम परिवर्तन गरेर किसानले स्थानीय नाम राखेर गाईलाई बोलाउने गरेका छन्।

एउटा कोरेली गाईले वार्षिक कम्तीमा ११ हजार लिटर दुध दिने किसानको अपेक्षा छ। हेफर इन्टरनेसनल नेपालको सहयोग र कमलामाई नगरपालिकाको सहकार्यमा दुधको हब सिन्धुलीमा बनाउने उद्देश्य सहित सिन्धुलीको कमलामाई नगरपालिका ५ को माथिल्लो राजपानी कृषक समूह, तल्लो राजपानी कृषक समूह, गैयादेवी कृषक समूह र दमार उद्यमी कृषक महिला समूहलाई गाई वितरण गरिएको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक कुमार घिमिरेले बताए।

आत्मनिर्भरका लागि कमलामाई नगरपालिकाका कृषकले गाई भैँसी पाल्दै आएकोमा हेफरले वितरण गरेको कोरेली गाईले धेरै दूध दिने भएकाले सिन्धुलीलाई डेरी भिलेजको रूपमा विकास गर्ने तयारी भएको उनले जानकारी दिए।

किसानहरुलाई हेफर र कमलामाई नगरपालिकाले तालिम दिएर गोठ व्यवस्थापन सहितको गाई पालन गर्न समूह नै बनाएर सिकाएको हो। तत्काल ५१ परिवारले गाई पालेका छन्। ती गाईले बच्चा जन्माएपछि समूहका अन्य सदस्यहरुलाई उपहार स्वरूप गाईले जन्माएको बाच्छि दिनुपर्ने गरि सहकार्य भएको छ।

किसानले पालेको गाई बिरामी भएमा वा अन्य समस्या परेमा तत्कालै प्राविधिक सेवा दिने गरि व्यवस्थापन समेत गरिएको कमलामाई नगरपालिकाले जनाएको छ।

दक्षिण कोरियाली सरकारले दिएको गाई सिन्धुलीका किसानले उत्साहित भएर आफ्नै छोरी सरह स्याहार गरेर पालेका भन्दै कोरियाली प्रतिनिधि खुसी भएका छन्। किसानहरुले दैनिक २४ सै घण्टा गाईको स्याहार गरि कोरियामा जसरी नै सिन्धुलीमा गाई रहर लाग्दो भएर हुर्किएको हेफर कोरियाका निर्देशक हेवन ली ले बताइन्।

किसानले पालेका कोरियन गाई अधिकांश गर्भवती रहेको र गाई सुत्केरी भएपछि प्रति गाई दैनिक ३२ लिटर बढी दुध दिने अपेक्षा गरिएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस