उदयपुर स्कुल बस दुर्घटनाः एकैघरका २ बालबालिकाको निधन, अझै होसमा छैनन् बुबा–आमा
११ मंसिर २०८०
•
५ मिनेट पाठ
उदयपुर स्कुल बस दुर्घटनाः एकैघरका २ बालबालिकाको निधन, अझै होसमा छैनन् बुबा–आमा
क्याप्सनः शनिवार पिकनिक दुर्घटनामा परेर शोकाकुल दिउरीस्थित चौधरी बस्ती। अनिषा लगायत घाइते बालिकाहरू। तस्विरः महेश्वर
पिकनिक जानिभनेपछि त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलकी ७ वर्षीया सोनिया चौधरी निकै खुसी भइन्। ११ वर्षीय दाइ विकास र बुबा  विन्देश्वरसँगै शनिवार पिकनिक जान पाउँदा उनी दङ्ग थिइन्।




तर यो खुसी धेरै टिकेन। पिकनिकबाट अँधेरी झर्ना हेरेर फर्कने क्रममा बस दुर्घटनामा सोनियाको मृत्यु भएसँगै खुसीको अन्त्य भएको छ। उनका सहोदर दाजु ११ वर्षीय विकास पनि उनीसँगै अस्ताएपछि अहिले परिवार शोकमा छ।

एकाघरका सोनिया र विकाससँगै चालक ४० वर्षीय बिखन चौधरीको पनि दुःखद निधन भएको छ। पिकनिक टोली लिएर गएको त्रियुगा नगरपालिका ५ दिउरीस्थित अन्नपूर्ण बोर्डिङको प्र १–०५–००१ ख ००४४ नं. को बस मदन भण्डारी लोक मार्गको जोगीनीटोलमा शनिवार दिउसो दुर्घटना हुँदा उनीहरूको ज्यान भएको हो।

दुर्घटनामा अन्य ३६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाईतेहरुमध्ये १५ जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। जसमा १७ वर्षीया रामधुनी चौधरी, ३५ वर्षीय विन्देश्वर चौधरी र ५४ वर्षीय सत्यनारायण चौधरीको आइसियुमा र अन्यको आकस्मिक वार्डमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार पिकनिक जाने पूर्व सहमति अनुसार गएको तिहारमा पुरानो टोलवासी आबद्ध ‘नयाँ बस्ती टोल विकास संस्था’मातह पर्ने पुरानो टोलमा बसोबास गर्ने १ घर दाससहित लगभग ४० घरधुरी चौधरी परिवारका बालबालिकालाई नाचगान गराउँदै देउसी खेलाइएको थियो।

देउसीबाट संकलित रकममा केही थपेर पुरै गाउँका बालबालिका शनिवार बिहान पिकनिक गए। पिकनिकमा सहभागीमध्ये चालक बिखन ४० वर्ष, अरुण चौधरी (३८), रामप्रसाद चौधरी (४०), नारायण चौधरी (१८) र सत्यनारायण चौधरी (५४) बाहेक अन्य सबै ५ देखि १७ वर्ष उमेर समूहका थिए।

बिखन गाउँनजिकै रहेको अन्नपूर्ण बोर्डिङमा बस चालकको काम गर्थे। पिकनिक जाने संख्या ठुलो भए पछि बस भाडामा लिने कुरा भयो, उनकै आग्रहमा इन्धन हाल्ने गरी बोर्डिङले गाउँलेलाई बस उपलब्ध गराएको बोर्डिङ सञ्चालक अध्यक्ष क्षेत्रबहादुर खड्का (रामजी)लाई उद्धृत गर्दै उनीनिकट स्रोतले जनायो। भिखन विद्यालयकै गाडी चालक भएकैले उनको आग्रह अनुसार तेल हाल्ने खर्च लिने गरी बस उपलब्ध गराउँदा दुर्घटना भएर जनधनको ठुलो क्षति पुगेको उनले बताए।

पिकनिक टोली दिउरीदेखि लगभग ६ किलोमिटर पश्चिममा पर्ने त्रियुगा नगरपालिका ७ कालीखोलास्थित पिकनिक स्पट तारपुल चौर पुग्यो। त्यहाँ पुगेर टोलीले बिहानको खाजा खाएपछि वयस्कहरू नाचगान गर्दै दिउँसोको खाना पकाउन थाले। बालबालिकाहरू खाना पाकुन्जेल उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थित झर्ना हेरेर आउने भन्दै बस चढेर निस्के। पिकनिक स्थलदेखि झण्डै ७ किलोमिटर पश्चिममा मदन भण्डारी लोकमार्गमै रहेको अँधेरी झर्ना जाने क्रममै चालक भिखनले बसको ब्रेक फेल भएको चाल पाएर सतर्क गराइसकेको घाइतेहरूले खुलाएका छन्।

‘गाडीको ब्रेक फेल भएछ, सबैले आफ्नो सीट बलियो गरी समात्नू है भनेर डाईभर अङ्कलले भन्नुभएको थियो’ घाइतेमध्येकी १५ वर्षीया अनिषा चौधरीले भनिन् ‘जाँदा तेर्सो र उकालो भएकाले केही भएन, फर्कँदा ओरालो छ होस् गर्नू भन्नुभयो। झरना हेरेर फर्कँदा दुर्घटना भयो, हामी घाइते भयौँ, डाईभर अङ्कल र छिमेकी भाइबहिनी बाँचेनन्।’ 

निधार, गाला र हातमा चोट लागेकी अनिषा जिल्ला अस्पतालबाट आइतबार दिउँसो डिस्चार्ज भएकी छिन्। खतरामुक्त रहेकी उनी गाडीको पछिल्लो सिटमा बसेको तर, दुर्घटना भएको पत्तै नपाएको बताउँछिन् ‘हामी त सबै गाडीभित्र रमाइरहेका थियौँ, कतिखेर पल्ट्यो थाहै भएन, होस खुल्दा अस्पतालमा थिएँ।’

अर्का १४ वर्षीय विशाल चौधरीले पनि चालकले ब्रेक फेल भएको छ भन्दै होस गर्न भनेको सम्झन्छन्। ‘डाईभर अङ्कलले सबैलाई ब्रेक फेल भएको छ, सतर्क रहनु भन्नु भएको थियो’ उनले दुर्घटनाअघिको कुरा सम्झे ‘झर्ना हेरेर फर्कँदा ओरालो र धेरै वटा घुम्तीमध्ये जोगीनीटोलको सानो घुम्तीमा दुर्घटना भइहाल्यो।’ पिकनिकमा ४३ जना भए पनि झर्ना हेर्न जानेको संख्या भने २५–३० जना मात्र रहेको अनुमान प्रहरीले गरेको छ।

उदयपुर प्रहरीले जनाए अनुसार दिउँसो १ः३० बजे भएको दुर्घटनाको खबर पाएर उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याइएकोमा चालक र दुई बालबालिकाको २ः०० बजे चिकित्सकले मृत घोषीत गरेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए। शनिवार साँझसम्म १२ जना र आइतबार थप ३ जना गरी १५ जनालाई बिराटनगर रिफर गरिएको उनले बताएका छन्। र्घाइतेहरु सबैको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छिमेकी हरिनारायण पञ्जियारले बताएका छन्। पञ्जियारका अनुसार न्युरोमा १७ वर्षीया रामधुनी चौधरी, मृतक दाजु बहिनीका बुवा ३५वर्षीय बिन्देश्वर चौधरी र ५४ वर्षीय सत्यनारायण चौधरीको आइसियुमा उपचार भइरहेको छ। रामधुनी अझै बेहोस छिन् भने विन्देश्वरको अनुहार नचिन्ने अवस्थामा छ। सत्यनारायणको छातीका ४ करङ भाँचिएका छन्। उनीहरूको सोमबार अप्रेसन गर्ने तयारी भइरहेको पञ्जियारले बताएका छन्।

न्यूरोमा उपचाररत अन्य १२ वर्षीया चन्द्रिका चौधरी, १७ वर्षीय नरेश चौधरी, १२ वर्षीय रोहन चौधरी, ११ वर्षीय प्रेम चौधरी, १३ वर्षीया गङ्गा चौधरी, १५ वर्षीय सिद्धार्थ चौधरी, १८ वर्षीय नारायण चौधरी, ११ वर्षीया अनुस्का चौधरी, १२ वर्षीय इनिश चौधरी, १२ वर्षकै स्वस्तिका चौधरी, ४० वर्षीय रामचन्द्र चौधरी र १७ वर्षीया चाँदनी चौधरी छन्। जसमध्ये स्वस्तिका, रामचन्द्र र चाँदनीलाई आइतबार रिफर गरिएको हो। दुर्घटनाले एकाघरकै २ बालबालिका र चालकसहित ३ जना गुमाउनु पर्दा सिङ्गो बस्ती  शोकमग्न भएको छ। स्थानीय केस्रादेवी चौधरीका अनुसार पिकनिक जाने एउटै परिवारका छोराछोरी र नातिनातिना गरी ९ जनासम्म घाइते भएका छन्।

प्रहरीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएकोजस्तो अन्नपूर्ण बोर्डिङका विद्यार्थी दुर्घटनामा परेको नभई बस मात्र प्रयोग गरेको तथ्य सार्वजनिक गरेको छ। घाइते हुने बालबालिकाहरू सबै सामुदायिक विद्यालय जनता मावि दिउरीमा अध्ययनरत विद्यार्थी रहेको पनि प्रहरीले जनाएको छ । प्रवक्ता डिएसपी चौधरीले घाइते धेरै जना भएकाले उद्धार र उपचारमा प्रहरी व्यस्त भइरहेका बेला सामाजिक सञ्जालमा अन्नपूर्ण बोर्डिङ लेखिएको बसको फोटो हाल्दै ‘पिकनिक टोली दुर्घटनामा’ भन्ने सन्देश भाइरल भइसकेकाले यथार्थ कुरा ओझेलमा परेको बताए। १२÷१४ घण्टापछि मात्र घाइतेहरू अन्नपूर्ण बोर्डिङको नभई बस मात्र प्रयोग भएको तथ्य खुल्न आएको उनले बताए।

शोकसँगै चौधरी बस्तीमा चिन्ता र त्रास पनि बढेको पाइएको छ। आइतबार स्थलगत रिपोर्टिङका लागि नागरिक संवाददाता चौधरी बस्ती पुग्दा गाउँलेको अनुहार भाव विह्वलसँगै डर मिश्रित देखिन्थ्यो। शोकाकुल वस्तिवासीमा घट्नाले अर्को मोड लिने हो कि भन्ने चिन्ताले सताएर बोल्नै डराइरहेका छन्। सोझो र भुईतहका थारु समुदायका एक अधबैँसेले पत्रकारलाई सोधे ‘तपाँईहरु को हो, किन आएको? हामीलाई पछि अप्ठेरो पर्छ । ठुलो मान्छेलाई सोधेर मात्र बोल्छौँ।’ ठूला मान्छे चिनाइदिन आग्रह गर्दा सबै उपचारमा  गएको उनीहरूको जवाफ थियो। 
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
२६ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस