यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
११ मंसिर २०८०
•
२ मिनेट पाठ
यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
राजकमलद्वारा विद्यार्थीलाई न्यायो कपडा प्रदान




डोटीको जोरायल गाउँपालिका–५, गडसेरा घर भई हाल भारतको वृन्दावनमा बस्दै आएका ढुण्डीराज ओझा ‘राजकमल’ ले स्कुले बालबालिकालाई न्यानो कपडा प्रदान गरेका छन्। शिशुदेखि कक्षा ५ सम्म अध्ययनरत २६ जना बालबालिकालाई ज्याकेट तथा ट्राउजर वितरण गरेका हुन्।  

खेलकुदको भुक्तानी नगरेको भन्दै पालिकामा ताला

खेलकुलको कार्यक्रममा भएको खर्चको भुक्तानी नलिएको भन्दै दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका शिक्षा शाखामा ब्यवसायीहरूले तालाबन्दी गरेका छन्। आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति रनिग शिल्ड र नगर प्रमुख कपको  खाना तथा अन्य खर्च बापतको ८ लाख भुक्तानी बाँकी छ।

अवैध सामान बरामद

पछिल्लो समय जमुनाह नाकाबाट अवैध रूपमा भन्सार छली कार्य बढ्दै गएको छ। सोमबार भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका करिब ४५ हजार बराबरका कपडा, अटैची र चिनी बरामद भएको छ।

पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य

अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सवमा पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने पर्यटन व्यावसायीको लक्ष्य छ। आन्तरिक पाहुना भित्र्याउने सबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै यो पटक भित्रिने पाहुनाको आकार अघिल्ला वर्ष भन्दा झनै बढी हुने विश्वास छ।

नरभक्षी बाघ नियन्त्रणमा

मकवानपुरमा दुई जनाको ज्यान लिएको नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जले लियो लोथर मध्यवर्ति सामुदायिक वन स्थित लोथर र राप्ती नदीको दोभान क्षेत्रबाट नियन्त्रणमा लिइएको छ। अन्दाजी १० बर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरामा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीको भनाइ छ।

कमला नदीमा भूत मेलाः धामी झाँक्रीको भीड

प्रत्येक वर्ष कात्तिक पूर्णिमामा कमला नदीको किनारमा अनौठो तथा भूत मेला लाग्ने गर्दछ। नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा सर्वसाधारण धामी झाँक्री बन्ने विश्वासका साथ मेलामा आउने गरेका छन्।

विराटनगरमा पुस ६ देखि व्यापार मेला आयोजना हुने

विराटनगरमा पुस ६ गते देखि अन्तरािष्ट्रय कृषि,  पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुँदै छ। सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको मोरङ व्यापार संघको भनाइ छ।
अर्को समाचार
यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
०७ मंसिर २०८०
•
२ मिनेट पाठ
यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
धनगढीमा ९ जना ह्याकर पक्राउ




कार्यालय नै स्थापना गरी बैंकका खाता ह्याक गर्ने गिरोहका ९ जना धनगढी प्रहरी नियन्त्रणमा, गिरोहका मुख्य नाइके विशाल सुनारको घरबाट झण्डै ४७ लाख नगद सहित १० ल्यापटप बरामद।

०००

कांग्रेस र एमालेले बनाए दुई सय ५० टहरा

नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताद्वारा भूकम्प प्रभावित जिल्ला जाजरकोटमा झण्डै तीन सय टहरा निर्माण,  एमालेले डेढ सय अस्थायी टहरा निर्माण गर्दा कांग्रेसले गर्‍यो एक हजार घर निर्माणको घोषणा।

०००

हत्या आरोपमा आठ जना पक्राउ

गुलरिया–६ का २३ वर्षीय वरुण घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयद्वारा आठ जना प्रहरी नियन्त्रणमा,  पक्राउ गरिएकाहरूको नाम गोप्य, उक्त घटनामा संलग्न थप तीनजना अझै फरार।

०००

केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा क्रिकेट मैदानमा केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु, १२ टिमबीच हुने प्रतिस्पर्धामा विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने।

०००

वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनभित्र होटल निर्माण गर्न दिएको आरोपमा १२ जना विरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर,  निकुञ्जका संरक्षण अधिकृत, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध मुद्दा दायर गरेको अख्तियारको भनाइ।

०००

मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु एक घाइते

सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु एक गम्भीर घाइते,  २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको निधन हुँदा घाइते १५ वर्षीय युवराजकुमार यादवको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार हुँदै।

०००

आगलागीमा परी मृत्यु हुने संख्या तीन पुग्यो

उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये मृत्यु हुनेको संख्या ३ पुगो,   ४ जना प्रहरीसहित २८ जना घाइतेको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस