सकिमना पुन्हीको दिन सोमबार भक्तपुरका विभिन्न ठाउँमा अन्नबाट बनाइएका देवीदेवताहरुको चित्रहरु तयार गरी कला प्रदर्शन गरिएको छ।
विशेष गरेर भक्तपुर नगरको हरेक मठ, मन्दिर, पाटी, देवतास्थलहरु अघि विभिन्न अन्नहरुबाट विभिन्न देवीदेवतासँग सम्बन्धित चित्रहरु तयार गरी कला प्रदर्शन गरिएको हो।
भुटेको मकै, कालो भटमास, गहुँ, गेडागुडी, स्वारी, मालपुवा आदि सामग्रीहरुबाट बनाइएका आकर्षक चित्र हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लागेको थियो। साथै यस दिन परम्परा अनुसार घरघरमा भुटेको भटमास, मकै, पिँडालु, सखरखण्ड र तरुल उसिनेर खाने गरिएको छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमामा मनाइने सकिमना पुन्ही नेवारहरुको विशेष पर्व हो। यसलाई हलिमलि पर्वको रुपमा पनि चिनिन्छ। सामान्य अर्थमा ‘सकी’ भन्नाले पिँडालु जनाउँछ भने ‘मना’ ले उसिन्ने भन्ने अर्थ लाग्छ। यस अर्थमा सकिमना पुन्ही भन्नाले पिँडालु उसिनेर मनाइने पर्वको रुपमा बुझिन्छ।
यस दिन साँझ नगरका ठाउँठाउँमा सर्वप्रथम सफा ठूला कपडा तथा त्रिपालमाथि भुटेको गहुँ बिछ्याइन्छ। गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ। त्यसमा आँखा, कान, नाक, टीकालगायत स–साना आकृति कालो भटमासबाट तयार गरिन्छ। चारैतिर स्वारी मालपुवाजस्ता रोटीले सजाइन्छ।
गणेश, नारायण, भैरव, सरस्वती, महादेव, त्रिशूल, मुसा, हात्ती, चैत्यजस्ता विभिन्न चित्रहरु बनाइने गरिन्छ। भक्तपुरको पाँचतल्ले मन्दिरमा बनाइने चित्र भन्ने बढी आकर्षक हुने गर्छ। यहाँ विस्का जात्रामा प्रयोग हुने भैरवको रथ र ल्योसिङ (लंगो) को चित्र बनाइन्छ। भक्तपुरमा अन्य ठाउँमा भन्दा यस ठाउँमा बनाइने चित्र सबैभन्दा ठूला हुने गर्छ।
यस दिन भक्तजनहरु बिहानदेखि नै मन्दिरहरुमा दर्शन गर्न जान्छन्। विशेष गरेर यस दिन नारायण मन्दिर र शिवको मन्दिरमा घुइँचो लाग्ने गर्दछ। देवी देवताहरुलाई पिँडालु, सखरखण्ड, मकै, भटमास लगायत गेडागुडी चढाउने गरिन्छ।
साथै सकिमाना पुन्हीका अवसरमा नेवार समुदायका गुठी र दाफाभजन खलःले आ–आफ्नो टोलमा रहेका मन्दिरको अगाडि भुटेका मकै, मटमास र गहुँले देवीदेवताको प्रतिमा बनाई मालपुवा र पुरीले सजाएर भजन कीर्तन गर्ने परम्परा छ।
पर्वको क्रममा सोमबार बिहानदेखि ठाउँठाउँका महादेव, नारायण मन्दिरहरुमा विशेष मेला लागेको थियो। यस क्रममा दिनभर जिल्लाको चागुनारायण मन्दिर, कमलविनायकस्थित यातु गणेश, काभ्रे र भक्तपुरको सिमानास्थित आशापुर महादेव, गुण्डुको अनन्तलिंगेश्वर, सिपाडोलको डोलेश्वरलगायतका मन्दिरमा विशेष मेला लागेको थियो।
इतिहास एवं संस्कृति विषयका उपप्राध्यापक विश्वमोहन जोशी यो पर्व मौसमसँग सम्बन्धित रहेको जनाउँछन्। जाडो याम सुरु भएको सङ्केतको पर्वको रुपमा यो पर्व मनाउने उनी सुनाउँछन्। जाडो याममा तात्तातो पिँडालु उसिनेर खाने चलनको रुपमा यो परम्परा सुरु भएको उनी बत्ताउँछन्। उनका अनुसार भक्तपुरमा यो पर्व विशेष रुपमा घरघरमा मनाइन्छ।
उत्कृष्ट कलाका फोटोहरूलाई पुरस्कृत गरिने
सकिमना पुन्हीको अवसरमा नगरका ठाउँठाउँमा अन्नबाट बनाइने कला हेलिमली ब्वज्या (नसा व्वज्या) को फोटो प्रतियोगिता गरिएको छ।
भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गरी यस दिन नगरका ठाउँठाउँमा बनाइने अन्नको कलाको फोटो पठाएर प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेको छ।
नगरले प्रतियोगितामा पठाइएका फोटोहरूमध्ये पहिलो, दोस्रो, तेस्रो र सान्त्वना फोटो छनौट गरी नगद पुरस्कार दिने जनाएको छ।
त्यस अनुसार पहिलोलाई २० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई सात हजार नगद पुरस्कार दिने सूचनामा उल्लेख छ। पर्वको दिन सोमबार खिचिएका यस्ता तस्बिर मंसिर १७ गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ।
मोरङ । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। जापान सरकारको २ अर्ब २९ करोड रुपैयाँ (जापानी येन) अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त आयोजना शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। आयोजनाबाट विराटनगरका करिब एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विराटनगर–५ मा आयोजित आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खानेपानी सुधार आयोजना विराटनगरको खानेपानी समस्या समाधानका लागि दीर्घकालीन महत्त्वको परियोजना भएको बताए। उनले महानगरका १५ वटै वडाका बासिन्दालाई स्वच्छ खानेपानीको सुविधा पुर्याउन आयोजनाले महत्त्वपूर्ण योगदान गर्ने बताए।
आयोजनाबाट विराटनगरका करिब एक लाख नागरिक लाभान्वित हुने र महानगरका १५ वटै वडाका बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग कोइरालाले आग्रह गरे।
नेपालका लागि जापानी राजदूत तारो मादाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उनले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा समेत जापानले सहयोग गरेको स्मरण गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी मानव जीवन तथा समाजका लागि अपरिहार्य रहेको बताए। खानेपानीले जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै नागरिकको जीवनस्तर उकास्न र दिगो सहरी विकासमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।
नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उनले बताए।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको आयोजना अघि बढाउन आग्रह गरे।
सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जाइकाको आर्थिक सहयोगमा जापानको एमएआरएस सिमिजु कर्पोरेसनले आयोजना निर्माण गरेको हो।
आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। ¥यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की, तीनवटा पम्प भवन, एउटा ओभरहेड ट्याङ्की र एउटा प्रशासनिक भवन निर्माण गरिएको छ।
त्यसैगरी, आयोजनाअन्तर्गत १ हजार १९८ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ। आयोजना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले गर्नेछ।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...