फोहरमैला व्यवस्थापन गर्न नि:शुल्क कार्ड वितरण गरिंदै
१५ मंसिर २०८०
•
२ मिनेट पाठ
फोहरमैला व्यवस्थापन गर्न नि:शुल्क कार्ड वितरण गरिंदै
फाइल तस्वीर
फोहरमैला व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएका कलुवापुर, झलारी, वनसमिति, गर्जमुनी बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन कार्ड वितरणका लागि कर्मचारी खटाएको हो।




स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ (२) ख मा भएको व्यवस्थासँगै नगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ र आर्थिक ऐन २०८० बमोजिम फोहरमैला व्यवस्थापनका लागि पूर्वपश्चिम राजमार्ग छेउछाउका व्यवसायी, उद्यमी, आवासीय क्षेत्रका घरघुरीको लगत सङ्कलन गरी कार्ड वितरणको कार्य भइरहेको नगरपालिकाको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताए।

उनका अनुसार लगत सङ्कलन र कार्ड वितरणका लागि चार कर्मचारीलाई खटाइएको छ। नगरपालिकाको आन्तरिक आय बढाउन र फोहरमैलालाई थप व्यवस्थित बनाउन यस कार्यलाई अगाडि बढाइएको उनले बताए।

हाल झलारी, वनसमिति र कलुवापुर बजार क्षेत्रमा नगरपालिकाले निःशुल्क रूपमा फोहर उठाउँदै आएको छ। लगत सङ्कलन र कार्ड वितरणको कार्य पूरा भएपछि नगरपालिकाले बजार क्षेत्रका घरधनीबाट फोहर उठाएबापत शुःल्क लिने भएको छ।
फोहरमैला सङ्कलन गरेबापत उठाउने राजस्वबाट नगरपालिकाले फोहरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको तलबको व्यवस्था गर्ने र बाँकी रहेको रकम थप फोहरमैला व्यवस्थापनका क्षेत्रमा खर्च गर्ने भएको छ।

“नगरपालिकाले बजार क्षेत्रमा कुहिने र नकुहिने फोहर छुट्टा छुट्टै रूपमा राख्नका लागि बजार क्षेत्रमा कुडादानीको व्यवस्था गर्न लागेको छ”, फोहमैला व्यवस्थापन शाखका प्राविधिक धीरज ऐरले भने, “बजार क्षेत्रमा भित्री भागबाट पनि कार्ड वितरण पछि फोहर उठाउने कार्य हुन्छ, कुडादानीमा राखिएको फोहरमैला एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर प्रशोधन गरिने छ।”

उनका अनुसार भान्सा, घरबाट निस्कने फोहर, घरबाहिरबाट निस्कने फोहर, विद्यालयबाट निस्कने फोहर, बजारबाट निस्कने फोहर, अस्पतालबाट निस्कने गरी नगरपालिकामा हाल दुई मेट्रिकटन फोहर सङ्कलन हुने गरेको छ।
“फोहरमैला व्यवस्थापनको कार्यले नगरपालिकाभित्रका बजारको सौन्दर्य बढ्छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “फोहरमैलाकै दुर्गन्धका कारण हुने रोगव्याधिको समस्या पनि हट्छ।”
अर्को समाचार
छैन फोहाेरमैला व्यवस्थापनमा कानुनी अड्चन
२३ साउन २०७९
•
४ मिनेट पाठ
छैन फोहाेरमैला व्यवस्थापनमा कानुनी अड्चन
त्यसो त फोहाेरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन। फोहाेरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ। तीन तहका सरकारका अधिकार र कार्यक्षेत्रबारे संविधानको अनुसूचीमा स्पष्ट व्यवस्था पनि गरिएको छ।




सर्वोच्च अदालतले विसं २०७८ चैत १० गते महानगर र उपमहानगरपालिकाको अनुभवबाट देखिएका अन्य अवस्थामा पनि केही सुझाव समावेश गरी विस्तृतरुपमा प्रतिवेदन पाँच महिनाभित्र बुझाउन सरकारका नाममा परमादेश जारी गरेको थियो।

न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले दिएको आदेशमा भनिएको छ, 'फोहाेरमैला विसर्जन गर्ने स्थान विवादरहित र दिगो बनाउन के कस्ता समस्याको के कसरी दिगो रुपमा समाधान गर्नुपर्दछ? नियमित रुपमा फोहाेर मैला व्यवस्थापन गर्न के के उपाय गर्नुपर्दछ? ती सबै बुँदामा र साथै महानगर र उपमहानगरपालिकाको अनुभवबाट देखिएका अन्य अवस्थामा पनि केही सुझावसमेत भए तिनीहरुलाई समावेश गरी विस्तृत रुपको प्रतिवेदन पाँच महिनाभित्रमा पठाउनु भनी झिकाइ आएपछि नियमानुसार पेस गर्नु।'

पाँच महिना पूरा हुन १९ दिन मात्र बाँकी छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रतिवेदन तयारीबारे के भइरहेको छ भन्ने प्रश्नमा अनविज्ञता प्रकट गरे। 'अघिल्लो सरकारको पालामा भएको कुरा रहेछ,' प्रवक्ता मानन्धरले भने, 'फोहाेरमैला व्यवस्थापनको बारेमा सर्वोच्च अदालतले दिएको आदेशबारे मलाई जानकारी छैन।' अहिले फोहाेरमैला व्यवस्थापन गर्न खासगरी मुख्य सहर र त्यसमा पनि बढी चुनौती काठमाडौँ उपत्यकामा देखिएको छ।

कानुन र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने निकायको फोहाेरमैला व्यवस्थापनमा त्यति ध्यान र चासो नदिएको देखिएको छ। सर्वोच्च अदालतको दश बुँदे प्रश्नमा अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयन गराउन सहयोग हुन सक्यो सकेन? उक्त अन्तरिम आदेश कार्यान्वयनको सन्दर्भमा कुनै नीतिगत निर्णय र व्यवस्था बने कि बनेन?

काठमाडौँ र ललितपुरमा नियमित रुपमा फोहरमैला व्यवस्थापन गर्न के के कठिनाइ र बाधा हुने गर्दछन् भन्ने रहेको छ। त्यस्तै, ती कठिनाइ र बाधा हटाउन के के उपाय गर्नुपर्दछ। नियमित रुपमा फोहाेरमैला व्यवस्थापन हुन र त्यसको निराकरण किन हुन सक्दैन? फोहाेर फाल्ने स्थान निर्धारण गर्नमा के के समस्या छन्? तिनको दीर्घकालीन समाधानका लागि के के उपाय गर्नुपर्छ भन्ने रहेको छ।

वातावरणको क्षेत्रमा क्रियाशील अधिवक्ता पदमबहादुर श्रेष्ठको कानुन कार्यान्वयन गर्ने निकाय गम्भीर नभएको अनुभव छ। फोहाेरमैला व्यवस्थापन गर्न सरकारी निकायको चासो र चिन्ता नै नभएको उनले पाएका छन्। 'सर्वोच्च अदातले पाँच महिनाभित्र प्रतिवेदन पेस गर्न १० बुँदे प्रश्न राखेर दिएको थियो, त्यसको उत्तर दिए त्यो समाधान हुन्छ,' सो रिटका निवेदकसमेत रहेका अधिवक्ता श्रेष्ठले भने, 'सर्वोच्चको  आदेश वा फैसला तत् निकायले पालना गर्नु पर्ने हुन्छ, तर सम्बन्धित निकायको इच्छा शक्ति नभएकाले कार्यान्वयनमा कमी भएको देखिन्छ।'

उनका अनुसार संविधान र कानुनको आधारमा नै अदालतले आदेश दिने भएकाले त्यो मान्नै पर्ने बाध्यकारी हुन्छ। कर्मचारी परिवर्तन भइरहने र फोहाेरमैला व्यवस्थापनमा सम्बन्धित निकाय जिम्मेवार नभएको उनको अनुभव छ। वातावरण विज्ञ प्रकाश अमात्यको काठमाडौँ महानगरपालिकामा फोहाेरमैला व्यवस्थापन गर्न नीतिगत, भौतिक र पूर्वाधार तीन पक्षमा सुधार गर्नुपर्ने सुझाव छ।

'मेरो विचारमा यो समस्या सधैँ बल्झिरहनुमा नीतिगत, भौतिक र पूर्वाधार क्षेत्रका समस्या छन्, यो कामको जिम्मेवारी संघीय सरकारले लिनुपर्छ,' उनले भने, 'संविधानतः सरसफाइ व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्र भएकाले स्रोत साधन स्थानीय तहलाई दिइनुपर्छ, अहिले त यस सवालमा नयाँ संविधानअघिकै ढर्रामै काम भएको देखिन्छ, सडकका फोहाेर बढार्ने र निश्चित स्थानमा लगेर राख्ने काम महानगरले गरिरहेको छ, व्यवस्थापन गर्ने स्थलमा केन्द्र सरकारले नै जिम्मेवारी लिएको छ।'

फोहाेरमैला व्यवस्थापन ऐन, २०६८ मा नै कुहिने र नकुहिने छुट्याउने व्यस्था छ। यो कानुनमा व्यवस्था भएअनुसार लागू भएमा फोहर व्यवस्थापनमा सहज हुने थियो। तर त्यसको प्रभावकारी कार्यान्वयन नभएर समस्या देखिएको छ। कानुनको कार्यान्वयन नहुँदा कानुनअनुसार गर्न पटक–पटक अदालतबाट आदेश भएको छ। दैनिक रुपमा निस्कने फोहाेरमैला समयमा नै उचित किसिमले व्यवस्थापन हुन नसकेमा वातावरण दुर्गन्धित भइ आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ।

महानगर वा नगरभित्रबाट उत्सर्जन भएका फोहरमैलाको नियमित रुपमा समुचित व्यवस्थापन हुन नसकीरहेकोमा आमनागरिकमा चिन्ता बढ्दै गएको छ। नागरिकबाट पनि जैविक र अजैविक (कुहिने र नकुहिने) फोहाेर छुट्याएर राख्न लगाउने व्यवस्था गरी त्यसरी छुट्याइएको जैविक र अजैविक फोहर अलग–अलग दिन वा समयमा संकलन गरी त्यसलाई प्रदूषित नहुने गरी सुरक्षित तरिकाले फोहाेर मैला विसर्जन गर्ने स्थानसम्म पुर्‍याउन जरुरी देखिएको छ।

कानुनमा फोहाेरमैला सङ्कलन गरी लैजाने कार्य रोकिने र अवरोध हुने गरी हड्ताल गर्न नपाउने, फोहाेरमैला विसर्जन गर्ने स्थान, स्थानीय सरोकार आमजनताको सहमतिले निर्धारण गरी स्थान निर्धारण भएपछि त्यहाँ फोहरमैलाको विसर्जन गर्ने कार्यमा कसैले पनि कुनै प्रकारको बाधा अवरोध समेत गर्न नपाउने व्यवस्था छ। कानुनमा कुहिने र नकुहिने फोहाेर नछुट्याउनेलाई  पाँच सय रुपैयाँ सजायस्वरुप जरिवाना गर्ने व्यवस्था छ तर त्यो कार्यान्वयनमा आएको देखिँदैन।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस