कोप २८: जलवायु हानी नोक्सानी कोष स्थापनाको ऐतिहासिक निर्णय
१५ मंसिर २०८०
•
३ मिनेट पाठ
कोप २८: जलवायु हानी नोक्सानी कोष स्थापनाको ऐतिहासिक निर्णय
फाइल तस्बिर
दुबईमा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) को सुरुमै जलवायु हानी नोक्सानी कोष स्थापना र सञ्चालन गर्ने निर्णय भएको छ।  कोप २८ का अध्यक्ष सुल्तान अल जाबेरले पहिलो दिनमै बहुप्रतिक्षित कोष स्थापनालाई सम्मेलनले अनुमोदन गरेको बताएका हुन्। यो निर्णयसँगै दुबईमा जारी सम्मेलनले महत्त्वपूर्ण सफलता हासिल गरेको मानिएको छ।




अध्यक्ष जाहेरले यो कोषका लागि संयुक्त अरब इमिरेटसले  १० करोड  अमेरिकी डलर उपलब्ध गराउने घोषणा पनि गरेका छन्।

यो घोषणसँगै विगत तीन दशकदेखि जलवायुजन्य जोखिममा रहेका राष्ट्रले  यसपकारको छुटै कोष स्थापना हुनुपर्ने माग पुरा भएको छ। यसअघि यो मागलाई पुरा गर्न विकसित राष्ट्रले आनाकानी गर्दे आएका थिए। यसअघिका विभिन्न जलवायु  वित्तका प्रतिबद्धता भएपनि ती पुरा नभएको पुष्टभूमिमा यो कोष मार्फत भविष्यमा कति रकम परिचालित हुनेछ भन्नेमा प्रष्ट नभए पनि यो कोष स्थापना हुनुलाई ऐतिहासिक सफलता मान्नुपर्ने बन तथा वातावरण मन्त्रालयका सचिव डा दिपक खरालले बताए। नेपालले सम्मेलनका लागि तयार गरेको स्थिति पत्रमा समेत यो विषय पेचिलो रहेको तर यो सम्मेलनले यो विषयमा निर्णय गर्नुपर्ने माग गरेको थियो।

’धेरै अघिदेखिको माग पुरा भएका ेछ, तर यसको सञ्चालन पक्रिया सरलीकृत हुन आवश्यक छ, वन सचिव डा खरालले भने।

गत वर्ष इजिप्टमा भएको सम्मेलनले हानी नोक्सानी कोष स्थापना गर्ने निर्णय गर्दै यसको कार्यान्वयन पक्रिया कसरी अगाढि बढाउने भन्ने सम्बन्धमा अध्ययन गरी सिफारिस गर्न  एक संक्रमणकालीन समिती गठन ग।िरएको थियो। गत अक्टुवरमा अवुधावीमा सम्पन्न समितिको ५ औ बैठकले यसको संचालन प्रक्रियाका बारेमा सहमतिको प्रस्ताव पेश गरेको थियो। समितिले गरेको सहमति र प्रस्ताव अनुरुपनै अब हानी नोक्सानी कोष परिचालन हुने भएको छ।

जारी सम्मेलनको सुरुवातमै यो कोषको सञ्चालन गर्ने निर्णय भएपछि हानी नोक्सानी  कोषको विषय वार्ताका चरणबाट जलवायु कार्य प्रवेश गरेको मानिएको छ। यो निर्णयलाई दुबई सम्मेलनको महत्त्वपूर्ण निर्णय भएको कतिपयको ठम्याइ छ। तर जलवायु बिपदले बर्षेनी गर्ने हानी नोक्सानीको तुलनामा यो पर्याप्त भने होइन।

हानी नोक्सानी कोषसँग सम्बन्ध अन्तर्राष्ट्रिय निकाय लस एण्ड डेमेज कोलावोरेटर्सका अनुसार विश्वलाई जलवायुजन्य हानी नोक्सानीलाई सम्बोधन गर्न बर्षेनी ४०० अर्ब अमेरिकी डलर आवश्यकता पर्दछ। यो कोष संचालनको घोषण गरे लगतै यो कोषमा संयुक्त अरब इमिरेटस, बेलायत, जर्मनी तथा अमेरिका लगायतका देशले कोषका लागि ४२ करोड ७५ लाख अमेरिकी डलर उपलब्ध गराउने घोषण गरी सकेका छन्।

आवश्यकता अर्बौँ डलरको रहेको पृष्ठभूमिमा केही करोडको घोषणा गरेर झारा टार्न नहुने जलवायु विज्ञ तथा दिगो विकास इन्स्टिच्युट निर्देशक अभिशेक श्रेष्ठ ठान्छन्। अबको प्राथमिकता यो कोषमा सकेसम्म धेरै रकम कसरी भित्र्याउनेमा हुनुपर्दछ, उनले भनेका छन्।

हानी नोक्सानीको वित्त व्यवस्थापन गर्ने निकायका सम्बन्धमा भएको यो निर्णयले  दूरगामी महत्त्व राख्ने तर यो पहिलो पाइला मात्र भएको जलवायु न्यायका लागि लड्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संस्थाले जनाएका छन्।

’आजको सहमति महत्त्वपूर्ण पाइला हो। यो कोष समस्याको समाधानको माध्यम हुन सक्छ। तर जलवायु विपद् बढ्ने क्रममा रहेकाले यो पर्याप्त छैन, एक्सनएड इन्टरनेशनल अन्तर्राष्ट्रिय जलवायु न्याय विषयकी प्रमुख  टेरेशा एन्डर्सनले भनेकी छिन।

विकसित देशलाई दबाब सिर्जना  गरेर मात्र यो कोषका स्थापना भएको तथ्यलाई बिर्सन नहुने एक्सनएड अमेरिकाका निर्देशक व्रान्डन ठान्छन्।

’अबको आवश्यकता भनेको अन्य विकसित देशले यो नयाँ कोषमा वित्तीय सहयोगको घोषण गर्नुपर्दछ, ब्रान्डनले भनेका छन्।

कोप २८ सम्मेलनले औपचारिक रुपमा स्थापना गरेको यो कोषले नेपाल जस्ता सङ्कटा सन्न विकासोन्मुख देशहरूमा जलवायु परिवर्तन र विशेष गरी जलवायुजन्य अतिसय मौसमी र ढिलो सुरु हुने विपद्का घटनाबाट हुने आर्थिक र गैर आर्थिक हानी नोक्सानीलाई सम्बोधन गर्ने अपेक्षा राखिएको छ। 
अर्को समाचार
जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छःचीन
२३ कार्तिक २०८०
•
१ मिनेट पाठ
जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छःचीन
चीनले दुबईमा कोप २८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बताएको छ। चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हुन्।  




बेइजिङको पारिस्थितिकीय तथा पर्यावरण मन्त्रालयका अनुसार अमेरिकी जलवायु दूत जोन केरी र उनका चिनियाँ समकक्षी झि झेनहुवाबीच बुधबार भएको कुराकानी ‘सफलतापूर्वक सम्पन्न’ भएको छ।  

'दुवै पक्ष विचारहरूको विस्तृत र गहिरो आदानप्रदानमा संलग्न रहे र द्विपक्षीय जलवायु परिवर्तन सहयोग र कार्यको विकासमा सकारात्मक परिणाम हासिल गरे', मन्त्रालयले भनेको छ, 'बेइजिङ र वासिङ्टन कोप२८ सम्मेलनको सफलताका लागि संयुक्तरूपमा प्रयास गर्न सहमत भएका छन्।'

कोप २८ शिखर सम्मेलनका लागि मुलुकहरू यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्मा भेला हुनेछन्। विश्वव्यापी तापक्रमलाई सीमित गर्नका लागि आम सहमति बनाउनु शिखर सम्मेलनको उद्देश्य रहेको छ। विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको अधिकतम उत्सर्जन गर्ने र सन् २०६० सम्ममा कार्बन तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।  

उक्त प्रतिबद्धताले आफ्नो लक्ष्यलाई अधिक महत्त्वाकांक्षी बनाउन सक्छ भन्ने पश्चिमी कूटनीतिज्ञहरूको सुझावलाई चीनले खारेज गरेको छ। बेइजिङको पर्यावरण मन्त्रालयले धेरै शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जनलाई रोक्नका लागि एउटा व्यापक तर अस्पष्ट योजना सुरु गरेको मङ्गलबार बताएको छ। उक्त योजनाले उसको उत्सर्जनलाई कम गर्नका लागि कुनै विशिष्ट लक्ष्य दिएको छैन। रासस
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस