लुम्बिनी प्रदेश अन्तर्गत नेपाल –भारतको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत संभार कार्यको शुक्रवार शुभारम्भ गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत संभारको काम शुभारम्भ गरिएको हो। मधेस प्रदेशमा भने एक महिना अघि देखि नै सशस्त्र प्रहरीको अगुवाइमा सीमा स्तम्भ मर्मत संभारको काम सुरु भई सकेको छ।
कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर २ लिङ्क गेटको किनारमा रहेको ५ सय ६७ ( १ ) नम्बरको सहायक सीमा स्तम्भको मर्मत गरी कामको शुभारम्भ गरिएको हो। बाहिनी पति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, कृष्ण नगर नगरपालिकाका मेयर रतज प्रताप शाह, भारतको बलरामपुर जिल्लाका सेक्सन ईन कमान्डका प्रमुख विकास राय सिंह, सहायक प्रजिअ अनिल पौडेलले सीमा स्तम्भमा करनीले मसला र पेन्ट लगाईकन मर्मत संभारको काम शुभारम्भ गरेका थिए।
बिजोर नम्बरको नेपाल र जोर नम्बरको भारतले मर्मत सम्भारको जिम्मा पाएको छ। लुम्बिनी प्रदेशको कुल ४ सय ३५ किलो मिटर सीमा भारतसँग जोडिएको छ। जसमा ८ सय ८८ वटा सीमा स्तम्भ रहेको नापी विभागका पवन कुमार खत्रीले बताए। जस मध्ये ५ सय ६ वटा बिजोर नम्बरको मर्मत नेपालले गर्नेछ। लुम्बिनी प्रदेशको कपिलवस्तु नवलपरासी रुपन्देही, दाङ, बाँके र बर्दियामा रहेका सीमा स्तम्भहरुको मर्मतको काम सुरु हुने बाहिनी पति खत्रीले बताए। नेपालमा भने कुल ८ हजार ५५३ सीमा स्तम्भ छन। कपिलवस्तुमा ठुलो सहायक र साना गरी कुल २ सय ७७ वटा सीमा स्तम्भको मर्मत गरिने सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए।
कपिलवस्तुको ९३ किलो मिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। जुन लुम्बिनी प्रदेश मै सबैभन्दा बढी हो। सीमा स्तम्भ पनि कपिलवस्तु मै सबै भन्दा बढी छन। रंग रोगन, २५ प्रतिशत क्षति भएको आंशिक, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशत क्षति भएका सीमा स्तम्भहरुको पूर्ण मर्मत गरिनेछ। सो अवसरमा बाहिनी पति खत्रीले लुम्बिनी प्रदेशमा रहेको सीमा स्तम्भहरूको मर्मत संभार कार्य सुरु भएको र यसमा सबैले साथ दिनु पर्ने बताए। उनले सीमा स्तम्भ देश कै लागि संवेदनशील विषय भएकाले यो कार्यमा सरोकारवाला सबै गम्भीर हुनु पर्ने बताए। सो अवसरमा सहायक प्रजिअ पौडेलले सीमा स्तम्भको मर्मत कार्यको सुरु हुनु खुसीको विषय भएकाले यसमा सबैले चासो दिनु पर्ने बताए। कपिलवस्तुमा रहेको ७ सीमा स्तम्भ भने हराएका छन।
दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन्।मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए। फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो।
आधुनिक प्रविधिबाट ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए। उनका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ।आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन्।
फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ। एघार बिघामा दुई हजार तीन सय ३२ क्विन्टल आलु फलेको र विर्तामोड लगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल तीन हजार सात सयका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए ।
आलु व्यापारीले फार्मबाट प्रतिकेजी रु ३७ का दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ। रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ।
गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो।ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताएका थिए।आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए। त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए।
खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा गएका थिए । विदेशबाट फर्केपछि उनी परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ।
आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित छन् । ‘पहिलोपटक लगाएको आलुमै सोचेभन्दा राम्रो आम्दानी भयो’, उनले भने, ‘आउँदो साल अहिलेको तुलनामा दोब्बर जग्गामा आलु खेती गर्ने सोच बनाएका छौँ।अरु बाली पनि आशलाग्दो रुपमा फष्टाइरहेको छ।’
उनी पनि विगतमा तीन वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेर फर्केका हुन। विदेशमा रहँदा उनले मलेसियाको कृषि फार्मको अध्ययन गरेका थिए । विदेशबाट फर्केपछि मेचीनगरमा अमृत डेरी स्थापना गरेका उनीे बिगत चार वर्षदेखि आफूलाई कृषि व्यवसायमा केन्द्रित बनाएका छन्।
विदेशबाट फर्केका र कृषिमै केही नयाँ काम गरौँ भन्ने सोच बोकेका खनाल र नेपालले यसै वर्ष साझेदारीमा मेचीनगरको वडा नं १० र १५ मा जग्गा लिजमा लिएर ठूलो मात्रामा तरकारी खेती सुरु गरेका हुन।
‘अहिले आलु फलेको ठाउँ मेची नदीको काँसघारी रहेको बगर जग्गा हो’, फार्ममा सञ्चालक नेपालले भने, ‘स्थानीय विद्यालय र केही किसानको स्वामित्वको जग्गा भएकाले उहाँहरुसँग सम्झौता गरेर लिजमा जग्गा लिँदा यहाँ बाली उत्पादन होला भनेर कसैले पत्याएका थिएनन्।’
काँसघारी फँडानी गरेर ट्र्याक्टरले बाँझो फुटाएको उक्त जग्गा सीमानाको दशगजामै जोडिएको छ। कतिपय जग्गामा बर्खामा खोलाको भेल पस्ने त्रास छ । काँसघारीलाई उर्बर जमिनमा परिणत गर्न निकै मिहेनत र लगानी खर्च भएको नेपालले बताए।
फार्मका कृषि प्राविधिक विमल तामाङले बगरको मिश्रित दोमट माटोमा उर्बरा शक्ति धेरै हुने भएकाले आलुखेतीका लागि उक्त जग्गा चयन गरिएको बताए।उनले फार्ममा गोबर र तोरीको पिनालाई मलको रुपमा अत्यधिक प्रयोग गरिएको जानकारी दिए।
फार्मले स्थानीय कालिका प्राथमिक विद्यालयको ८६ बिघा र स्थानीयवासीको २२ बिघा गरी एक सय आठ बिघा जग्गा लिजमा लिएको हो। सोमध्ये ११ बिघामा आलु खेती र अढाइ बिघा जग्गामा फर्सी खेती गरिएको छ । अन्य जमिनमा लौका, टमाटर, फूल कोपी लगायतका तरकारी लगाइएको छ।
बर्सातको समयमा मेची नदीमा आउने बाढीले पु¥याउन सक्ने क्षति फार्मको सबैभन्दा ठूलो चुनौती हो।स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट फार्मले हालसम्म कुनै अनुदान लिएको छैन।नदीमा तटबन्धन र फार्मसम्म विद्युतीय प्रसारण लाइन पु¥याइदिन स्थानीय सरकारसँग आग्रह गरिएको सञ्चालक खनालले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...