‘हेर्न नभ्याउने’ भन्दै जागिर खुवाउँदै सर्वोच्च!
२२ मंसिर २०८०
•
४ मिनेट पाठ
‘हेर्न नभ्याउने’ भन्दै जागिर खुवाउँदै सर्वोच्च!
कतिपय मुद्दा औचित्य सकिएपछि फैसला हुने गरेका छन्। ‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो’ भन्ने न्यायपालिकाको आफ्नै भनाइ पनि छ। सर्वोच्च अदालतमा मुद्दाको चापका कारण कतिपय मुद्दाको पालै आउँदैन अर्थात् हेर्नै भ्याइँदैन। सर्वोच्चममा हाल ३६ हजार बढी मुद्दा छिन्न बाँकी छन्।

तत्कालीन प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संवैधानिक परिषद्ले अध्यादेश जारी गरी संवैधानिक निकायहरूमा ५२ जनालाई नियुक्त गरेको सम्बन्धमा परेको मुद्दा आधा कार्यकाल सकिने बेलासम्म पनि सर्वोच्चमा विचाराधीन छ।

ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि गरेको निर्णयविरुद्ध परेको रिट निवेदन बुधबार संवैधानिक इजलासमा हेर्न नभ्याइनेमा पर्‍यो, जुन अग्राधिकार पाएको मुद्दा हो। अग्राधिकार भनेको पहिलो अधिकार अर्थात् मुद्दा तहका हिसाबले पहिलो नम्बर भन्ने हुन्छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा, कुमार रेग्मीको संवैधानिक इजलासमा मुद्दाको चापका कारण उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो।

२०७७ मंसिरमा ओली नेतृत्वको सरकारले संवैधानिक निकायहरूमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो। रिट निवेदनमा सर्वोच्चले २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी गरेको थियो।

संवैधानिक आयोगका पदाधिकारीको पदावधि संविधानले ६ वर्ष तोकेको छ। पदाधिकारी नियुक्त भएको तीन वर्ष बितिसक्दा पनि मुद्दाको टुंगो लाग्न सकेको छैन। २०७८ साउन ३ मा तत्कालीन सरकारले जारी गरेको अध्यादेश खारेज भयो। त्यसपछि अध्यादेशको औचित्य सकिए पनि नियुक्त पदाधिकारीले खुरुखुरु काम गरिरहे तर मुद्दाको छिनोफानो हुन सकेको छैन।

सर्वोच्च अदालतले दुई वर्षअघि ओली नेतृत्वको सरकारले अध्यादेश जारी गरी नियुक्त गरेका संवैधानिक निकायका ५२ जना पदाधिकारीलाई वैधानिकता दिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश गरेपछि उक्त नियुक्तिलाई वैधानिकता मिलेको थियो। त्यसबाट तत्कालीन सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा नियुक्त गरेका पदाधिकारीको पद जोगिएको थियो।

कानुन व्यवसायीले भने तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका नियुक्तिमा अन्तरिम आदेश जारी गरी सबै पदाधिकारीको पद बदर गर्नुपर्ने माग गरेका थिए। तर सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गर्दै अन्तरिम आदेश जारी नहुने भनेकोे थियो।

दुईपटकसम्म जारी गरिएको संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेशलाई आधार मानी नियुक्ति गरिएको थियो, जुन अध्यादेश खारेज भइसकेको छ।

२०७७ मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त संवैधानिक आयोगहरूका पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशमा टेकेर कोरम नपुगीकन बसेको (तीनजना) संवैधानिक परिषद्को बैठकले नियुक्तिका लागि सिफारिस गरेको थियो। तत्कालीन प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थिति बैठकले नियुक्तिका लागि सिफारिस गरेको थियो।

नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीले संसदीय सुनुवाइबिनै पदभार ग्रहण गरी काम सुरु गरेका थिए। तत्कालीन समयमा प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइबिनै ती पदाधिकारीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्। प्रतिनिधिसभा विघटन गरिएको समयमा नियुक्ति भएकाले संसदीय सुनुवाइ नभएको हो।  

नियुक्तिविरुद्धको रिटमाथि सुनुवाई हुँदैगर्दा तत्कालीन प्रधानन्यायाधीश जबरा सम्मिलित इजलासमा विवाद भएको थियो। संवैधानिक परिषद् सदस्यको हैसियतले नियुक्तिमा सहभागी जबराकै नेतृत्वमा संवैधानिक इजलासमा मुद्दाको सुनवाइ हुन नहुने भनेर विवाद भएको थियो। त्यसपछि प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने दाबीसहित रिट निवेदन दर्ता भएको थियो। विवाद भएपछि सर्वोच्च अदालले सहयोगीको समेत राय माग्ने आदेश गरेको थियो। त्यो रिट निवेदन खारेज गरिएको छ। संवैधानिक परिषद्को कार्यविधि ऐन संशोधन अध्यादेश बदरको माग गर्दै २०७७ पुस १ मा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका हुन्।  

अध्यादेश संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए। संविधानले धारा ११४ मार्फत अध्यादेश जारी गर्न दिएको अधिकारलाई जालसाजीपूर्ण प्रयोग गरिएको दाबी रिट निवेदकले गरेका थिए।
अर्को समाचार
सातवटा खाद्य उद्योगविरुद्ध मुद्दा
०२ जेष्ठ २०८३
•
२ मिनेट पाठ
सातवटा खाद्य उद्योगविरुद्ध मुद्दा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न सातवटा मुद्दा दायर गरेको छ।

अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगले न्यूनस्तर खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने गरेको, अनुमतिपत्र नलिई उद्योग संचालन गरेको, लेबल अपूर्ण र अनुमतिपत्र नलिई खाद्य व्यवसाय संचालन गरेको पाइएपछि मुद्दा चलाएको हो।

कार्यालयलाई खाद्य तथा दाना ऐनअनुरुप सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा चलाउने कानुनी हक छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजनामा चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति विवरणबारे समीक्षा गोष्ठीका क्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले चालु आवको अवधिमा सातवटा मुद्दा दायर गरिएको जानकारी दिएका हुन्।

संघ सरकारअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहित गण्डकी प्रदेशका दुइवटा डिभिजन कार्यालय (दमौली र बागलुङ) ले समय-समयमा खाद्य बस्तुको अनुमगन तथा निरीक्षण गर्दै आएको छ। श्रेष्ठका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नमुना संकलन गरी प्रयोगशालामा पठाउने गरिन्छ।

सरकारले तोकेको अनिवार्य मापदण्डमा परेन भने थप अनुसन्धान गरी मुद्दाको प्रक्रियामा अघि बढाइने गरिँदै आएको छ।

उनले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै मानिसको स्वास्थ्यलाई ध्यानमा राखी कार्यालयहरुले गण्डकी प्रदेशका विभिन्न बजार, उद्योग, होटल, रेष्टुरेन्टलगायतको नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको पनि जनाए।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले उपभोक्ताका लागि भनी खाद्य, कृषि, मासु, स्वास्थ्य, यातायात, शिक्षासमेत १० क्लष्टर रहेकामा तीमध्ये उपभोक्ताको स्वास्थ्यसँग सिधैँ सरोकार राख्ने खाद्य महत्वपूर्ण भएको बताए।

उनले भने, ‘स्वास्थ्य बिरामीलाई मात्र भयो, शिक्षा पढ्नेलाई मात्र भयो, तर महिला, बालबालिका, केटाकेटी, बुढाबुढी सबैको निम्ति चाहिने भएकाले खाद्य स्वच्छ हुनु जरुरी छ। जसबाट स्वच्छ समाज सिर्जनासहित समग्र देश विकासमा योगदान दिन सकोस्,’ उनले भने। ‘बदमासी गर्नेले लुकाउन चाहन्छ, बदमासी नगर्नेले देखाउन चाहन्छ,’ उनले भने, ‘कारवाहीबारे बाहिर थाहा पाउनु पनि सकारात्मक हो। यसको अनुशरण अरु कार्यालयले पनि गर्नु जरुरी छ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका योजना तथा अनुगमन महाशाखा प्रमुख प्रतिमा श्रेष्ठले विभागले विभिन्न सचेतनाका कार्यक्रम ल्याउन लागेको जानकारी दिइन्।

विभागलाई मात्र ७३ करोड बजेट बिनियोजन भएको उल्लेख गर्दै स्थानीय पालिकाले पनि खाद्य निरीक्षण पनि राख्न सकेमा अझ प्रभावकारी कार्यक्रम गर्न सकिने बताइन्।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस