पराल डढाउने चलनले आगलागी घटना वृद्धि
२२ मंसिर २०८०
•
२ मिनेट पाठ
पराल डढाउने चलनले आगलागी घटना वृद्धि
सावधानी नअपनाई खेतमा पराल डढाउने प्रचलनले आगलागीका घटना बढ्न थालेका छन्। परालमा जानजान र दुर्घटनावश आगो सल्किएका कारण मंसिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ।




मेचीनगर ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो। दिउँसै लागेको उक्त आगो मेचीनगर र दमक नगरपालिकाका दुई दमकलले निभाएको थियो।

‘बेलैमा नगरपालिकाको दमकल नआएको भए अरू धेरै क्षति हुन्थ्यो’, सोही वडाको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले भने, ‘हेर्दाहेर्दै कुञ्जनमणि धमलाको गोठ जलेर खरानी भयो, गोठमा भण्डारण गरेको डेढ बिघा खेतको पराल र मालसामान पनि डढ्यो।’
जिल्ला प्रहरी कार्यालयका अनुसार यही मंसिरमा जिल्लाका विभिन्न स्थानमा आगलागीका १५ घटना हुँदा नौ लाख ५६ हजार पाँच सय रुपैयाँबराबरको धनमाल क्षति भएको छ। प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार खेतमा असरल्ल फ्याँकिने परालमा स्थानीयले नै आगो लगाउने गरेका छन्। पर्यावरणीय दृष्टिलेसमेत हानिकारक र मानव बस्तीमै क्षति पुग्ने भएकाले खेतभरि धेरै मात्रामा परालमा आगो लगाउने कार्य रोक्न जनचेतनाको खाँचो रहेको रेग्मीले बताए।

गत कात्तिक र साउनमा परालको कुन्युमा आगलागीका नौ घटना हुँदा चार लाख १९ हजार रुपैयाँबराबरको धनमाल क्षति भएको उनले जानकारी दिए। जिल्लाका गाउँमा धान काटेर खेतमै कुन्यु लगाएर राख्ने र थ्रेसर मेसिन ल्याएर पालैसँग धान झार्ने चलन छ।
धान झारेपछि पराल नबिक्ने भएकाले कृषकले पराललाई खेतमा फिजाएर आगो लगाइदिने गर्छन्। त्यही आगो अनियन्त्रित भएर बस्तीसम्म पुग्ने गरेको भट्टराई बताउँछन्।

बिर्तामोड– १० विराटपोखरमा यसै साता धानको कुन्युमा दिउँसै आगलागी हुँदा शन्तकुमार लोहारले अधिया कमाएको डेढ सय मन धान डढेर नष्ट भयो। लाइटरबाट निस्किएको आगो फैलिँदा आगलागी भएको थियो।  

यसै साता मेचीनगर ९ मागुरमाडीमा पाँच बिघा खेतको धान र चारवटा परालको कुन्युमा आगलागी भएको वडाध्यक्ष कञ्चन तामाङले बताए। आगलागी अनियन्त्रित हुँदा नजिकैको टंकप्रसाद उप्रेतीको घरमा आंशिक क्षति पुगेको थियो। नगरपालिकाबाट आएको दमकलले आगो निभाउनुपरेको थियो।

सुक्खा मौसममा धान र परालमा छिटो आगो सल्किने हुँदा त्यसबाट तीव्र गतिमा आगो फैलिन्छ। चुरोटका ठुटा जथाभावी फ्याँक्दा, लागुऔषध प्रयोगकर्ताले नसालु पदार्थ खान जथाभावी आगो बाल्दा र बालबालिकाले आगो निस्कने वस्तु चलाउँदा आगलागी हुने गरेको छ।
घरैपिच्छे गाईबस्तु पाल्ने चलन हराउँदै गएको र व्यावसायिक गाई फार्मले कलिलो मकैको साइलेज बनाएर खुवाउने गरेका कारण धानको पराल बिक्न छाडेको मेचीनगर १० धुलाबारीका बिपी भट्टराई बताउँछन्।

पराल नबिकेपछि भण्डारण गरेर राख्नुको साटो खेतमै छरेर आगो लगाउँदा बस्तीमा वायु प्रदूषणसमेत फैलिएको पाइन्छ। डढेको परालको पिरो धुवाँले आँखा पोल्ने समस्या आउने गरेको स्थानीय बताउँछन्।
अर्को समाचार
कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास
०७ वैशाख २०८१
•
२ मिनेट पाठ
कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास
कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गर्दै। गर्दै। तस्बिर : नागरिक
हावाहुरीका कारण कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएपछि कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा गणको कार्यालय बर्मेलीमा नमुना अभ्यास गरिएको हो।




जिल्लामा गर्मी याममा विपद जोखिममध्येको आगलागीका घटना बढ्न नदिन, नियन्त्रणमा सहयोग पुर्‍याउन र घटनाबारे समुदायलाई सचेत बनाउने उद्देश्यले नमुना अभ्यास गरिएको हो। अहिले जिल्लामा कम्बाइन हारबेस्टले गहुँको स्याहार गरेपछि बचेको गहुँको ठुटोमा आगो लगाइनाले जिल्लाका आगलागीका घटना बढेका छन्।

जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, जनप्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थितिमा नमुना अभ्यास गरिएको हो। नमुना अभ्यासमा आगलागीबारे समुदाय सचेतना, फायरलाइन निर्माण, भान्सामा ग्यास सिलिन्डरमा हुने आगलागी नियन्त्रण, शरीरमा हुने आगजनीमा नियन्त्रण र उद्धार, घरमा हुने आगलागी नियन्त्रण, मानव साङ्गलो र दमकलको प्रयोग, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्थायी टहराको तयारी र राहत वितरण प्रक्रिया बारेको नमुना अभ्यास गरिएको थियो।

सो अभ्यासका क्रममा गणमा भएका अग्नि नियन्त्रण गर्ने सामग्री, जनशक्ति, कपिलवस्तु नगरपालिकाको दमकल र कपिलवस्तु अस्पतालको एम्बुलेन्सलाई प्रयोग गरिएको थियो। आगलागी नियन्त्रणमा अन्तरनिकायबीचको समन्वय कसरी गर्ने भन्ने विषयमा अभ्यासले प्रदर्शन गरेको थियो। गर्मी याममा जिल्लामा आगलागीका कारण धेरै धनजनको क्षति हुने भएकाले त्यससम्बन्धी  नमुना अभ्यासले सचेतना बढ्ने प्रजिअ विश्वप्रकाश अर्यालले बताए।

सुख्खा याममा आगलागी र डढेलो तथा मनसुनमा बाढीपहिरोका घटना हुँदा ठुलो धनजनको क्षति हुँदै आएकाले अभ्यासले आवश्यक पूर्वतयारीले सहयोग पुग्ने उनले बताए। उनले विपदको पूर्व तयारी र प्रतिकार्य, राहतका लागि विपद् व्यवस्थापन समितिले आवश्यक तयारी गरेको बताए। उनले पालिकासमेत यसबारेमा सचेत हुनुपर्ने बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अहिले जिल्लामा आगलागीका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि सबै निकायबीच समन्वय हुुनुपर्ने बताए। आगलागीका घटना बढ्दै गर्दा दमकलका लागि एकदमै चाप बढेको उनले बताए। कृषकले गहुँ खेतमा ठुटा जलाउन आगो लगाउँदा आगलागीका घटना बढ्दै गएकाले समुदायलाई यो विषयमा सचेत बनाउन आवश्यक रहेको उनले बताए।

सो अवसरमा गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेयले आगलागीका घटना बढेपछि न्यूनीकरणका लागि सहयोग हुने भन्दै नमुना अभ्यास गरी देखाइएको बताए। जिल्लामा पनि विपदका घटना बर्सेनि हुने गरेकाले ती घटनाबारे समुदायलाई सचेतना प्रवाह र  समयमै घटना नियन्त्रणमा सहयोग पुगोस् भनेर नमुना अभ्यास गर्ने गरिएको उनले बताए।

जिल्लामा विपदका घटना हुन नदिन नमुना अभ्यासले पूर्वतयारी, घटना नियन्त्रण र उद्धारमा सहयोग पुग्नेमा बताइएको छ। नमुना अभ्यासको विद्यार्थीले समेत अवलोकन गरेका थिए।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस