करार कर्मचारी हटाउन नसक्दा गढीमाई नगरपालिका अस्तव्यस्त
२३ मंसिर २०८०
•
२ मिनेट पाठ
करार कर्मचारी हटाउन नसक्दा गढीमाई नगरपालिका अस्तव्यस्त
भोट लिनका लागि २५ भोट बराबर एक कर्मचारी भर्ना गर्ने अभियान चलाएर दुईवटा चुनाव जितेका जनप्रतिनिधिका कारण गढीमाई नगरपालिका धरापमा परेको छ। करारमा जथाभावी कर्मचारी नियुक्त गर्दा तलब–भत्ता ख्वाउन नसकेर नगरपालिका अस्तव्यस्त भएको हो।




नगरपालिकाले थेग्नै नसक्ने गरी करारमा चार सय कर्मचारी करारमा भर्ना गरिएपछि करारका कर्मचारीलाई नगरपालिकाले तिर्नुपर्ने तलब र भत्ता ११ करोड रुपैयाभन्दा बढी भइसकेको छ। गत असार मसान्तसम्म सात करोड बक्यौता रहेको तिर्नुपर्ने दायित्व बढेर ११ करोडभन्दा धेरै भएको हो।  

गत साउनमा नगरपालिकाले सम्पन्न गरेको चालु आर्थिक वर्षको बजेट विनियोजनमा गत आवसम्मका लागि नगरपालिकाले तिर्नुपर्ने दायित्व सात करोड रहेको किटान गरेको थियो। गत असोजमा दसैंताका कार्यपालिकाले करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरे पनि जनप्रतिनिधिले करारका कर्मचारीलाई हटाउन नसक्दा नगरपालिका आर्थिक रूपले अस्तव्यस्त बनेको छ।  

करारमा भर्ना भएका कर्मचारी गणना गर्दा दरबन्दीभन्दा १३ गुणा बढी देखिएको छ। नगर प्रमुख श्यामप्रसाद यादवले भने नगरपालिकामा एक सय ३२ जना मात्र करारका कर्मचारी रहेको आफूलाई थाहा भएको बताए पनि नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले आफ्नो मान्छे नियुक्त गर्दै जाँदा करार कर्मचारीको संख्या चार सयभन्दा बढी रहेको स्रोतको दाबी छ।
नगर प्रमुख यादवले चुनाव जित्नका लागि २५ वटा मत हुने परिवारबाट एकजनालाई जागिर दिने वाचा गरेका थिए। सोहीअनुरूप नगर प्रमुख यादव र तिनका वडाध्यक्ष तथा तिनका प्रमुख कार्यकर्ताको सिफारिसमा नगरपालिकामा कर्मचारीको संख्या चार सयभन्दा बढी पुगेको हो। नगर प्रमुखसँगै वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले पनि भागबन्डामा करार कर्मचारी भर्ना गराएकाले कार्यपालिकाले गरेको निर्णयअनुसार हटाउन पनि समस्या भएको स्रोतले जनाएको छ।

नगरपालिकामा सम्पन्न योजनाहरूको भुक्तानी गर्ने कि कर्मचारीलाई तलब खुवाउने विषयमा विषयमा नगर प्रमुख, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच मनमुटाव भएको छ। निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले करारका कर्मचारीलाई तलब खुवाउन असमर्थता जाहेर गरेपछि उनलाई कार्यालय प्रमुखबाट हटाइएको छ भने श्रीदेव यादवलाई कार्यालय प्रमुखका रूपमा ल्याइएको छ।

यसैगरी नगर प्रमुख यादव, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यको ठाडो आदेशअनुसार भुक्तानी नदिने लेखापाल कामेश्वर सहनीलाई पनि नगर प्रमुख यादव र केही वडाध्यक्षहरूले आँखाको छारो बनाएका छन्। नियमानुसारबाहेक भुक्तानी नगर्ने लेखापाल सहनीको पनि सरुवा गराउन नगर प्रमुखसहित केही वडाध्यक्षले जिल्लादेखि, प्रदेश र काठमाडौंसम्म पहुँच बढाएको स्रोतको दाबी छ।
करारको कर्मचारी नगरपालिकाका लागि बोझ बनिसकेको सबैले बुझेको भए पनि आफ्ना मानिसलाई कुनै पनि हालतमा हटाउन नदिने अडान लिने गरेका कारण करारका कर्मचारीलाई हटाउन समस्या भएको हो। नगरपालिकाले विज्ञापन निकालेर स्वस्थ प्रतिस्पर्धाका आधारमा कर्मचारी भर्ना गर्न पनि सकेको छैन।
अर्को समाचार
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
१९ पौष २०८०
•
१ मिनेट पाठ
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
रौतहटमा आफैंले चलाएको ट्याक्टर दुर्घटनामा पर चालकको ज्यान गएको छ। रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुरस्थित बागमती नदमा बिहबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी माधवनारायण नगरपालिका ३ का २२ वर्षीय रञ्जित पण्डितको ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाएका पण्डित ट्याक्टर चालक हुन्।




ना२त ८५०८ नम्बरको ट्याक्टरमा बालुवा लिएर जाँदै गरेको अवस्थामा आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भएर बागमती पुलभन्दा तल खसेपछि ट्याक्टरमा चेपिएर पण्डितको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस