रौतहटमा अज्ञात समूहले धान खेतमा आगजनी गर्दा किसानको वर्षौँको मेहनत खेर गएको छ।
फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरका लक्ष्मी नारायण यादवको धानमा अज्ञात समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको हो।
यादवले पौने दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए। दाइँ गर्नुअघि नै थन्क्याइएकै ठाउँमा अज्ञात समूहले आगजनी गरेपछि पौने दुई बिगाहाको धान र पराल खरानी भएको पीडितले जानकारी दिए।
धान र पराल गरी कम्तीमा तीन लाख बरबरको क्षति भएको पीडित यादवको भनाइ छ। लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको यादवले सुनाए।
आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए। कसैले धानको बोझा जम्मा पारी राखिएको ठाउँमा पेट्रोल छर्केर योजनाबद्ध किसिमले आगजनी गरेको पीडितको दाबी छ।
यसभन्दा पहिले पनि शीतलपुरमा एक अर्का किसानको दुई बिगाहा खेतको धानमा पनि आगो लगाइएको थियो। शीतलपुरमा बारम्बार धानको बोझामा आगो लाग्ने घटना भइरहेपनि कसैलाई कारबाही हुने गरेको छैन।
पछिल्ला घटनाक्रम हेर्दा शीतलपुरमा अन्न बालीमा आगो लगाउने समूह नै सक्रिय भएको देखिन्छ।तर प्रहरीले अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन।
इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रमुख प्रहरी निरीक्षक विजय कार्कीले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।