विरुवाले प्रकाशको दिशा कसरी पत्ता लगाउँछ?
२५ मंसिर २०८०
•
२ मिनेट पाठ
विरुवाले प्रकाशको दिशा कसरी पत्ता लगाउँछ?
सूर्यमुखी फूल त त्यसै पनि सूर्य जताजता जान्छ, उतैउतै आफ्नो अनुहार देखाउँछ भनेर प्रख्यात छ। सूर्यमुखी मात्र नभएर प्रकाश भएतिर आफूलाई लैजाने विरुवाहरूमा प्रायः सबैजसो पर्छन्। विरुवा हुर्कन सूर्यको किरण अति नै आवश्यक मानिन्छ। त्यसैले उनीहरू प्रकाश भएतिर उनीहरू सोझिन्छन्। सूर्यतर्फ तेर्सिने विरुवाहरूको यो प्रक्रियालाई फोटोट्रोपिज्म भनिन्छ।




प्रकाशलाई केन्द्रमा राखेर हुने यस्तो गतिशीलताबारे सबैभन्दा पहिले चार्ल्स डार्बिन र उनका छोराले पत्ता लगाएका थिए। १९ औं शताब्दी सकिनै लाग्दा उनीहरूको संकलनमा रहेको एउटा बिरुवा मैनबत्तीको उज्यालोतिर तेर्सिन खोजेको पत्ता लगाएका थिए। फोटोट्रोपिज्मका लागि बिरुवामा हुने फोटो रिसेप्टरले सहयोग गर्ने गरेको हालै प्रकाशित ’साइन्स म्यागेजिन’ले जनाएको छ।

अध्ययनमा संलग्न क्रिस्टियन फांकहाइजर भन्छन्, ’फोटोरिसेप्टरले प्रायः त्यस्तै काम गर्छ, जुन मानिस वा अन्य जनावरको आँखामा पाइने रिसेप्टरले गर्छन् तर मानिसका रिसेप्टर र बिरुवाका रिसेप्टरमा धेरै फरक हुन्छ।

लुजान विश्वविद्यालयका अनुसन्धाता फांकहाइजर भन्छन्, ’पहिलो अन्तर त मानिस र जनावरको आँखाको रिसेप्टर आँखैमा सीमित हुन्छ तर बिरुवाको रिसेप्टरचाहिँ टाउकोदेखि पुच्छरसम्मै ढाकिएको हुन्छ।

यसको अर्थ, बिरुवाले चारैतिरबाट देख्न सक्छन्। यस अर्थमा बिरुवाको आँखा शरीरभरि नै हुन्छन्। अर्को फरकचाहिं मानिस र अन्य जनावरले केही कुरा देख्दा प्रस्टै देख्छन् तर बिरुवाले भने प्रकाशको अस्तित्वका अतिरिक्त, प्रकाशको मात्रा, रङ, अवधि र दिशा पत्ता लगाउन सक्छन्।

फोटोरिसेप्टरको काम गर्ने तरिकालाई फोटोट्रोपिन्स भनिन्छ। यो सोलर प्यानलजस्तै हुन्छ। यसैमार्फत बिरुवाले देख्छ। अझै वैज्ञानिकहरूले फोटोट्रोपिन्सभित्र के हुन्छ र त्यसले आँखाको काम गरिहेको छ भन्ने पत्ता लगाउन सकेका छैनन्। कतै तपाईंले त्यो काम गर्ने हो कि?

-अच्युत कोइराला
अर्को समाचार
पारपाचुके बाबुहरू बढी परित्यक्त
२१ मंसिर २०८०
•
२ मिनेट पाठ
पारपाचुके बाबुहरू बढी परित्यक्त
पारपाचुके भएका अभिभावकहरूमध्ये अधिकांश अवस्थामा पिताहरू तिनका छोराछोरीको बिहे बटुलो र अन्य सांस्कृतिक कार्यक्रममा निम्तो नपाउने, छोराछोरीद्वारा कम खोजिने गरेको र यस कारणले आफूहरू बढी परित्यक्त बाबु बन्ने गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूले आफ्ना सन्तानबाट जीवनको कालखण्डमा परित्यक्त भएको महसुस गर्ने गरेको हालै प्रकाशित एक अमेरिकी तथ्यांकले देखाएको छ।




पारपाचुकेपछि जुन बाबुले बिहे गर्दैन वा गरे पनि तिनलाई तिनका सन्तानले नसम्झने क्रम जीवनको उत्तराद्र्धमा बढ्ने पनि अध्ययनले देखाएको छ। पारपाचुकेपछि प्रायः सन्तान आमाहरूले हुर्काएको अवस्थामा पिताप्रति मोह घट्ने वा एक किसिमले घृणा नै गर्ने पनि देखिएको छ।

सन् १९९० मा यस्तो प्रवृत्ति २८ प्रतिशत थियो भने सन् २०१६ मा बढेर ४० प्रतिशत पुगेको देखिएको छ।

बालबालिकाहरू हुर्कंदै गएपछि एकल पिताप्रतिको स्मृति विस्तारै कमजोर हुँदै जाने, पिताको सम्झना कम हुनेजस्ता कुराहरू सामान्य हुने मनोविज्ञानका अध्येता फ्रांक फस्टेनबर्ग बताउँछन्।
यो अध्ययन हालै ‘जर्नल अफ म्यारिज एन्डफ्यामिली’मा प्रकाशित भएको हो। अध्ययनलाई रिन र गरेका थिए।

अध्ययनमा पारपाचुके पिताहरूले जीवनको एक मोडमा छोरीहरूद्वारा नसम्झिएकोमा गुनासो गर्ने गरेको पाइएको छ। गुनासो गर्नेहरूमा २६ प्रतिशत एकल पुरुष रहेका थिए।

दोस्रो बिहे गरिसकेका पुरुषहरूसँग भने आफ्ना सन्तानसँग सुखद् सम्बन्ध बन्ने गरेको र त्यसले उनीहरूसँग जीवनभर एउटा राम्रो सम्बन्ध निर्माण हुने गरेको देखिएको छ। यता सौतेनी बाबुसँग केही बालबालिकाको सम्बन्ध सुमधुर बन्न नसकेको पनि अनुभव हुने गरेको तथ्यांकमा देखिएको छ।
सौतेनी बाबुको प्राथमिकता आफ्नै नयाँ सन्तानप्रति हुने र पहिल्यै अर्कै पुरुषबाट जन्मिएका सन्तान कम प्राथमिकता पर्ने गरेको देखिएको छ। ती सन्तान हुर्किएपछि नयाँ बाउसँग पनि राम्रो सम्बन्ध बनाउन सक्तैनन् र आफ्नै बाउसँग पनि उनीहरू भावनात्मक रूपमा जोडिन सक्तैनन्।

मनोविज्ञानका ज्ञाता तथा ‘लोन्ली एट द टपः द हाइ कस्ट अफ मेन्स सक्सेस’ पुस्तकका लेखक थोमस जोइनर लेख्छन्, ‘बुढेशकाल लाग्दै जाँदा एकल पुरुषले आफ्ना सन्तानसँग मात्र होइन, अरूसँग पनि सम्बन्ध सुमधुर बनाउन सक्दैन। उसले नयाँ पुस्तासँग सम्बन्ध गाँस्न जान्दैन, सक्दैन। पुराना साथीभाइहरू पनि छुटिसकेका हुन्छन्। यस्तोमा उसले आफूलाई एक्लो महसुस गर्नु स्वाभाविक हो।’

प्रस्तुतिः अच्युत कोइराला
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
चिलाउनुको कारण र उपचार
अच्युत कोइराला अच्युत कोइराला • · १० मंसिर २०८० · १ मिनेट पाठ
१०४ वर्षमा स्काईडाइभिङ
नागरिक नागरिक • · २४ असोज २०८० · १ मिनेट पाठ
बदनाम ‘एग फ्राई राइस’
बदनाम ‘एग फ्राई राइस’
अच्युत कोइराला अच्युत कोइराला • · १८ मंसिर २०८० · १ मिनेट पाठ
किताबी बढी विश्वासिला!
नागरिक नागरिक • · २६ असोज २०८० · १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस