दुई हप्ताभन्दा लामो समयदेखि पठनपाठन बन्द गरेर धर्नामा बसेका शिक्षकहरूले आफूहरूको आवाज जनप्रतिनिधिहरू समक्ष नपुगेको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षकहरु तलब, भत्ता माग गर्दै बुधबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।
गत साउन महिनादेखिको तलब भत्ता नपाएको भन्दै उनीहरुले मंसिर १२ गते देखि आन्दोलन थालेका थिए। साथै नगरपालिकाले विद्यालय संचालन खर्च तथा विद्यार्थीहरुको लागि दिवा खाजाको रकम पनि नदिएको उनीहरुकाे गुनासो छ।
गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू गत १२ गतेदेखि बन्द छन्। विद्यालय बन्द भएपछि बालबालिकाको पढाइ ठप्प भएको छ भने दोस्रो त्रैमासिक परीक्षा पनि संचालन हुन सकेको छैन।
सर्लाहीका अधिकांश पालिकाले मंसिर महिनामा अर्धवार्षिक परीक्षा संचालन गरे पनि चन्द्रनगरका हजारौँ बालबालिका भने पढाइ तथा परीक्षाबाट वञ्चित भएका छन्। चैतमा एसइई दिनुपर्ने परीक्षार्थीहरू अत्यन्त धेरै मर्कामा परेको अभिभावकहरूले बताएका छन्।
चन्द्रनगर गाउँपालिका २२ ओटा सामुदायिक विद्यालय रहेका छन् जसमा ६ हजारभन्दा बढी बालबालिका अध्ययनरत छन्।
चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा राजकुमार महतो निर्वाचित भएदेखि नै गाउँपालिका अस्तव्यस्त बनेको छ। गाउँपालिकाका कर्मचारीहरुले समेत पाँच महिनासम्म तलब भत्ता नपाउँदा उनीहरूकै सहमतिमा गाउँपालिका कार्यालयमा शिक्षकहरूले तालाबन्दी गरेको बुझिएको छ।
नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँपालिकाका अध्यक्ष सरोजकुमार सिंहले पालिकाको शिक्षामा देखिएको चरम बेथिति हटाउन पालिका प्रमुख निरीह बनेको बताए। पालिकाको शिक्षा क्षेत्र तहसनहस भइसकेको बताउँदै जनप्रतिनिधिहरू गम्भीर हुन नसकेको उनको धारणा छ।
विद्यालय संचालन गर्ने वातावरण नभएको र जनप्रतिनिधिहरू आरोप प्रत्यारोपमा व्यस्त रहेकाले शिक्षकहरूले गाउँपालिका कार्यालयमा बाध्य भएर ताला लगाएको सिंहले बताए।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतोबिच पहिलेदेखि नै टकराब चलिनै रहेको छ। अध्यक्ष महतोको पक्षमा तीन जना र उपाध्यक्ष महतोको पक्षमा १२ जना कार्यपालिका सदस्य छन्। उपाध्यक्ष पक्षले गाउँपालिका अध्यक्ष महतो पालिका संचालनमा पूर्ण रुपमा असफल भइसकेको दाबी गर्दै आइरहेका छन्।
चालू आर्थिक वर्षको पाँच महिना बित्न लाग्दासम्म चन्द्रनगरमा गाउँ परिषद् हुन सकेको छैन। जस कारण पालिकाका विकास निर्माण तथा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएका छन्।