स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) को नजिता सार्वजनिक गर्ने कपिलवस्तुको बुद्धभूमि नगरपालिका मुलुकमै प्रथम भएको छ।
लिजाअनुसार गत वर्षको कामको स्वमूल्यांकन चालु आर्थिक वर्षको पुस मसान्तभित्र गर्नुपर्ने प्रावधान छ। सोही आधारमा यस नगरपालिकाले पुस २७ गते स्वमूल्यांकन नतिजा सार्वजनिक गरेर पहिलो पालिका बनेको जिल्ला समन्वय अधिकारी भूमिराम पोख्रेलले बताए। देशमा सात सय ५३ पालिका रहेका छन्।
बुद्धभूमि नगरपालिकाले पुस २७ मा लिजाको नतिजा प्रकाशन गरेर आफूहरूलाई जानकारीसमेत पठाएको उनले बताए। मुलुकभरका स्थानीय तहले गत आवमा गरेको कामको मूल्यांकन पुस मसान्तभित्र स्वमूल्यांकनका रूपमा नतिजा पठाउनुपर्ने संवैधानिक नियम छ।
सार्वजनिक भएको स्वमूल्यांकनमा बुद्धभूमि नगरपालिकाले विगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय अधिकारी पोख्रेलले बताए। गत वर्षभन्दा यस वर्ष भने बुद्धभूमिले नम्बरमा समेत सुधार गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव नेपालले बताए। गत वर्ष गरेको कामको स्वमूल्यांकन गर्न विभिन्न १० वटा क्षेत्रका कुल सय वटा सूचक रहेका छन्। त्यही आधारमा नम्बर दिन पाइन्छ।
बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले यस पालिकामा जनतालाई प्रभावकारी सेवा दिन र उत्कृष्ट बनाउन आफूहरू लागिपरेको बताए। उनले स्वमूल्यांकन नतिजा प्रकाशन गर्ने आफ्नो पालिका मुलुकमै प्रथम भएकोमा खुसी व्यक्त गरे। उनले आफ्नो पालिकालाई खुसी र समृद्ध पालिका बनाउन लागिपरेको बताए।