मंगलबार प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यकक्षको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधानका लागि बोलाइएको बैठक निष्कर्षविहीन टुङ्गिएको छ।
बिहीबार वीरगन्ज महानगरपालिकामा बसेको कार्यपालिकाको बैठक निष्कर्षविहीन टुङ्गिएको हो।
महानगरमा चलेको करिब डेढ घण्टा लामो बैठकमा आपसी सहमति नजुटेपछि समस्या समाधानका लागि सोमबारसम्म सुशासन समितिलाई निर्णय लिन जिम्मा दिइएको छ।
सुशासन समितिले नगरपालिकाभित्र खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठा कसलाई आवश्यकता छ भनेर अध्ययन गरी सोमबारसम्म प्रतिवेदन बुझाउने समय सीमा तोकिएको वडा अध्यक्ष जगत साह कानुले बताए।
वडा अध्यक्ष एवं सुशासन समितिका अध्यक्ष प्रदीप चौरसियाले ५ दिन अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पुनः खाली रहेको कोठाबारे निर्णय लिइने महानगरले तयारी गरेको स्रोतको दाबी छ।
बैठकमा सहभागी एक वडा अध्यक्षका अनुसार मेयर र उपमेयरबिच आपसी सहमति नजुटेपछि बैठक स्थगित भएकाे थियो।