पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खैयरकन्द्रा घरबास
२९ मंसिर २०८०
•
४ मिनेट पाठ
पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खैयरकन्द्रा घरबास
शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक छिन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण छिन्।पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छिन्।

एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा, सत्कार गर्ने बानी देखेर पुनः फर्केर आउने गरेका छन्। वसन्तीले घरबास सञ्चालनका लागि तालिम लिएपछि दक्ष बनेकी छिन्। उनीजस्तै खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरबास सञ्चालनबारे तालिम लिएका छन्।

सबै परिवारका सदस्यले पाहुनालाई सत्कार गर्ने, पाहुनाको चाहनाअनुसार मौलिक परिकार बनाएर खुवाउने, परम्परागत गीत र नृत्य देखाउने गर्दछन्। त्यो सबै कार्य तालिम लिएपछि सम्भव भएको सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर डगौरा बताउँछन्।

'धेरै पाहुना बाह्य जिल्लाबाट सामुदायिक घरबास हेर्नका लागि र यस क्षेत्रको मनोरम दृश्यसँगै थारू संस्कृति हेर्नका लागि पुग्ने गर्दछन्', उनले भने, 'थारू परिकारका पारखी पनि पुग्ने गर्दछन्।' कोरोना महामारीअघि घरबासमा पाहुना खचाखच भरिने गरेका थिए। 'महामारी फैलिएपछि घरबासमा पाहुना आएनन्', पुरनले भने, 'धेरै दिन बन्द नै गर्नुपर्यो, महामारीको अन्त्यपछि पुनः पाहुना फाट्टफुट्टरूपमा आउन थालेका छन्, अझै पहिलाझँै घरबासमा खचाखच पाहुना भरिने दिनको पर्खाइमा छौँ।'

उनका अनुसार घरबासमा आउने पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्ने गरिएको छ। स्वागत कार्यक्रमपछि पाहुनालाई घरबास सञ्चालकले पालो मिलाएर घर–घरमा बस्ने व्यवस्था मिलाउने गरेका छन्। पाहुनाको चाहनाअनुसारका परिकार खुवाइसकेपछि उहाँहरूकै इच्छामा परम्परागत नृत्य देखाउने गरिन्छ। नृत्यपछि पाहुना घरबासमा सुत्नका लागि जाने गरेका छन्। पाहुनाबाट परिकारअनुसारको शुःल्क लिइने गरिएको छ।

'पाहुनालाई थारू संस्कृति, रहनसहनबारे जानकारी दिनका लागि गाउँ डुलाउने व्यवस्था पनि गर्न थालेका छौँ', घरबास सञ्चालक टीकुराम दहितले भने, 'बूढापाकाबाट संस्कृतिबारे जानकारी दिन्छौँ, परम्परागत पहिरन, खानपान, रहनसहनबारे जानकारी दिन्छौँ, यस कार्यले थारू समुदायबारे सोध, अनुसन्धान गर्नेलाई सहयोग पुग्छ।'

गाउँ नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको खयरकन्द्रा तालको मनोरमदृश्य नियाल्नका लागि निकुञ्ज कार्यालयसँग समन्वय गरी घुमाउने प्रबन्धका लागि कार्य अगाडि बढाइएको उनी बताउँछन्। घरबास सञ्चालकले पहिला पाहुना भित्र्याएर महिनामा रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आएका थिए।

'कोरोनाका कारण घरबास सञ्चालकले निकै घाटा व्यहोर्नुपर्यो', गाउँका बडघर रामप्रसाद चौधरीले भने, 'कोरोनापछि हाल वर्षमा रु ५० हजार जति आम्दानी हुन थालेको छ, घरबास प्रवर्द्धनका लागि सरकारी निकायले अनुदानको व्यवस्थासँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ।' गतिलो सडक पूर्वाधार नहुँदा पर्यटकलाई यहाँसम्म पुग्न सकस हुने गरेको उनको भनाइ छ।

'सामुदायिक घरबाससम्म पुग्न सडक कालोपत्र गर्नका लागि नगरपालिकासँग माग गर्दै आएका हौँ', उनले भने, 'नगरप्रमुखलाई यसबारे अवगत गराउनुका साथै अवलोकन गराएका हौँ, अहिलेसम्म अश्वासनबाहेक अरु केही पाउन सकेको छैन।'

सामुदायिक घरबास सञ्चालक समितिका सचिव दानसिंह दहितका अनुसार हालसम्म घरबासको जग्गा खरिद र सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट रु दुई लाख, तारागाउँ विकास समितिबाट रु चार लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट रु १३ लाख र सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट रु ३० लाख सहयोग गरिएको छ।  

'जग्गा खरिद र भवन निर्माणकार्य पूरा भए पनि घेराबार, पर्खाल निर्माणका लागि रकम अभाव छ', उनले भने, 'परम्परागत नृत्य गर्ने महिलाका लुगा चाजाँपाजो मिलाउने कार्यसँगै फर्निचरको व्यवस्थापन गर्न आवश्यक रकमको अभाव छ।'

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घरबास सञ्चालनमा लागेकालाई गैससको सहयोगमा नगरपालिकाका तर्फबाट सातदिने तालिम दिइएको नगरउपप्रमुख कल्पना पन्तले बताइन्। 'तालिम दिएपछि घरबास सञ्चालकको कार्यक्षमतामा वृद्धि भएको छ', उनले भनिन्, 'घरबासमा पूर्वाधार निर्माण, सौन्दर्यकरण, पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढाएका छौँ।' पर्यटन बोर्डसँगको लागत साझेदारीमा पर्यटकीय क्षेत्रसँगै घरबास सञ्चालकलाई फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।

उनका अनुसार वडा नम्बर ३ मा खयरकन्द्रा सामुदायिक घरबास सञ्चालनमा रहेको छ भने वडा नं. ७ मा कृष्णसार सामुदायिक घरबास विधिवत रुपमा दर्ताभई सञ्चालनको तयारीमा छ। वडा नं ८ मा घरबास सञ्चालनको तयारी गरिएको छ। पर्या पर्यटन प्रवर्द्धनका लागि नगरपालिका क्षेत्रभित्रका दर्शनिय पर्यटकीय स्थलहरुको अबलोकन गराउने व्यवस्था गराइने उनको भनाइ छ। रासस
अर्को समाचार
गाउँ–सहर जोड्न ‘गाउँ पर्यटन मेला’ गरिँदै
०७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गाउँ–सहर जोड्न ‘गाउँ पर्यटन मेला’ गरिँदै
बागलुङको भकुण्डे होमस्टेमा विदेशी पर्यटकलाई स्वागत गर्दै स्थानीय महिलाहरु। फाइल तस्विरः नागरिक
गाउँ र सहरको पर्यटनलाई जोड्नेगरि पोखरामा गाउँ पर्यटन मेला आयोजना हुने भएको छ। पोखरामा तेश्रोपटक हुन थालेको यो मेलाले गाउँमा होमस्टे संचालन गरिरहेका पर्यटन व्यावसायीलाई सहरीया पाहुनासम्म पहुँच पुर्याउन सघाउने व्यावसायीको अपेक्षा छ।  

जेठ ९ र १० गते हुने मेलामा गण्डकी प्रदेशका विभिन्न नौवटा जिल्लाका होमस्टे संचालक पोखरामा भेला हुने आयोजक पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने बताउँछन। उनका अनुसार प्रदेशभित्रका म्याग्दी र गोरखाबाहेकका जिल्लाका होमस्टे व्यावसायी पोखराको यो मेलामा सहभागि हुन आउनेछन्। मेलाका लागि गाउँ पर्यटन प्रर्वद्धन मञ्ज (भिटोफ) गण्डकी प्रदेशले सहकार्य गरेको छ।  

‘यो मार्टले गाउँगाउँमा रहेका व्यावसायीलाई बजारसम्म जोड्ने काम गर्ने प्रयास गर्नेछ,’ लामिछानेले भने, ‘केही समयदेखि सुस्ताएको होमस्टेलाई उठाउनका लागि मेलाले सघाउनेछ।’ लामिछानेका अनुसार यसअघि पनि यस्तै मेला २०७३ र २०७६ मा पोखरामा आयोजना गरिएको थियो। लामिछानेका अनुसार पोखरा भेगका कतिपय होमस्टेमा अहिले पर्याप्त पाहुना पुग्ने गरेका छन भने कतिपयले पाहुना नपाएको अवस्था छ। यो मेलाले पाहुना नपाएको होमस्टेसम्म पाहुनाको पहुँच पुर्याउन सहयोग पुग्ने उनले बताए।  

‘होमस्टेका पाहुना सहरमा पनि छन्। पोखरामा विदेशी पाहुना पनि भेटिन्छन। त्यस्तै पोखरेली बजारबासीलाई पनि होमस्टेसम्म तान्नका लागि यो मेलाले पुलको काम गर्नेछ,’ लामिछानेले भने, ‘होमस्टेले गाउँको पर्यटन क्षेत्रलाई उकासेको छ। गाउँमा रोजगारी सिर्जना गर्न पनि होमस्टेले सघाएको छ।’ 
गाउँबाट विदेश पलायन भएका युवालाई आयका अवसर सिर्जना गरि गाउँ फर्काउने माध्यम होमस्टे बनेको पनि लामिछानेले बताए। ‘विदेश पलायन भएका युवालाई गाउँ फर्काउने माध्यम होमस्टे हो। गाउँमै आयआर्जनको बाटो खुलाउने हो भने युवा विदेश जानबाट रोकिनेछन,’ उनले भने, ‘पर्यटकको बसाई अवधि र उनीहरुको खर्च बढाउन पनि होमस्टेको योगदान रहेको छ।’ महोत्सवले सामुदायिक होमस्टे र सेवाको बारेमा जानकारी दिँदै बजारीकरण गर्न पनि सघाउने उद्देश्य लिएको छ। गाउँमा रहेका पर्यटन व्यावसायी र संभावित ग्राहकबीच सम्पर्क स्थापना गर्न पनि यसले सघाउनेछ। गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने पनि उनले बताए।  

भिटोफ गण्डकी प्रदेश अध्यक्ष सोभा सापकोटाका अनुसार यो मेलाले पर्यटकीय गाउँको प्रर्वद्धनमा सघाउ पुग्नेछ। त्यस्तै मेलाका सहभागिले आफुले संचालन गरेको होमस्टेको प्याकेजबारे जानकारी दिन सक्नेछन। गाउँमा उत्पादन हुने सामाग्री र सेवाको प्रर्वद्धन तथा सामुदायिक होमस्टेको व्यावसायिकता र बजार पहुँचको बिस्तारमा योगदान पुग्नेछ।  

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा होमस्टेमा मात्र ३० करोड रुपैयाँ अनुदान दिएको थियो। त्यसपछि पनि होमस्टेमा अनुदान निरन्तर रहँदा पाँचवर्ष अवधिमा भण्डै ५ सय ५० होमस्टेलाई करिब ५२ करोड रुपैयाँ अनुदान बाँडिएको थियो। अनुदान पाएपनि अधिक होमस्टेले गति लिन सकेका छैनन्। कतिपय होमस्टे त संचालन हुनै छाडेका छन्। सरकारी अनुदान पाएका होमस्टेले पनि गति लिन नसकेको र कतिपयले नवीकरण गर्न समेत छाडेका छन्। अनुदान पाएका होमस्टेको अवस्था के छ भन्ने बारेमा पनि अहिलेसम्म कुनै तथ्यांक प्रदेशको पर्यटन मन्त्रालयसँग छैन।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस