धनगढीको धर्मशालाबाट सुरु गरे डा.केसीले सत्याग्रह
२९ मंसिर २०८०
•
३ मिनेट पाठ
धनगढीको धर्मशालाबाट सुरु गरे डा.केसीले सत्याग्रह
डा. गोविन्द केसीले सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गरेका हुन्।




गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन्।

सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि तीन दिने सत्याग्रह सुरु गरेका हुन्। सत्याग्रह सुरु गर्न शुक्रबार नै श्री एयरलाइन्सको जहाजबाट डा. केसी धनगढी आएका थिए।

स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क÷सस्तो सुलभ स्वास्थ्य  सेवा तथा शिक्षामा समान पहुँचका तथा  सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफूसँग गरेको कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको डा . केसिले बताएका छन्। बारम्बार धोका दिई रहेको उनको भनाई छ। देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको, दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरू आफैँ दलीय भागबन्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगजस्ता संस्थाहरू पार्टी कार्यकर्ताहरूका भर्ती केन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्य च्युत बनाएको उनले उल्लेख गरेका छन्।

राज्यका हरेक अं गमा दलीय करण भएको, नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरूलाई डुबाएर नेताहरु आफैँ  व्यवसाय गर्नमा लिप्त भएको र नयाँ सरकारी संस्थाहरू खोल्न नदिइरहेको केसीको भनाई छ।

धेरैको रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ  भने केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था रहेको उनले भनेका छन्। डा. केसीले मुख्य २ बुँदामा आफ्ना माग उल्लेख गरेका छन्। सशस्त्र द्वन्द्व कालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्।

डा. केसीलाई गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह बस्न स्थानीयले दिएनन्। स्थानीयले मेडिकल विश्वविद्यालयको माग गरिरहेका बेला डा. केसीको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनु पर्ने माग राखेकाले संघर्ष समितिले गेटामा अनसन बस्न नदिएको हो। उनलाई गेटाको मूल गेट भित्रै प्रवेश गर्न दिएका थिएनन्। गेटामा प्रवेश नपाएपछि उनी धनगढी फर्केका हुन्। गेटामा उनलाई अवरोध भएपछि निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी डा. केसीले धर्मशालामा अनसन सुरु गरेका हुन्। 

सत्याग्रहका मागहरू

सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने उनको माग छ।

यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने।

गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने, एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने,  विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने,  एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने माग रहेका छन्।
अर्को समाचार
डा.केसी भन्छन्: म मरिदिए हुन्थ्यो भएको छ, स्वास्थ्य सुधार भएपछि पुन अनसन बस्छु
०२ पौष २०८०
•
४ मिनेट पाठ
डा.केसी भन्छन्: म मरिदिए हुन्थ्यो भएको छ, स्वास्थ्य सुधार भएपछि पुन अनसन बस्छु
स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार र सबैको समान पहुँच हुनुपर्ने माग सहित धनगढीमा सत्याग्रह सुरु गरेका अभियन्ता डा. गोविन्द केसीले तीन दिन पछि अनसन तोडेका छन्।




धनगढी उपमहानगरपालिका वडा नं १ कि अन्जली नेपाली र वडा नं ७ कि रेनुका चौधरीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन्। शुक्रवार साँझ देखि धनगढी एल एन चोक स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका डा. केसीले तीन दिन (७२ घण्टा) मा अनसन तोडेका हुन्।

११ दिन अघि पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरेका कारण यस पटक तीन दिन मात्र सत्याग्रह बसेको उनले बताए।

दोश्रो पटकको अल्टिमेटम गत भदौ २९ गते सकिनु अघि मन्त्रालयका सचिवले ३ महिनाको समय माग गरेको र उक्त ३ महिनाको अवधि पुरा भएकाले शल्यक्रिया गरेको भएपनि मंसिर महिनामै अनसन बस्नुपरेको उनले बताए। आफ्ना माग नपुरा नभएसम्म अन्तिम सम्म लडिराख्ने उल्लेख गर्दै डा. केसीले स्वास्थ्य सुधार हुने बित्तिकै अनसन बस्ने बताएका छन्।

नेताहरुलाई आफू मरिदिए हुन्थ्यो भन्ने भएको उनले बताए। ‘नेताहरुलाई म मरिदिए हुन्थ्यो भएको छ, तर म स्वास्थ्यले साथ दिएसम्म लडिरहन्छु’ उनले भने। नेता नजिकका मेडिकल व्यवसायी, माफिया, तस्कर र आपराधिक गिरोहले गेटामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा र पठनपाठन हुन नदिन लागिपरेको डा. केसीको भनाई छ। आफू सँग सम्झौता भएबमोजिम गत फागुन महिनामै ३ सय शय्याको अस्पताल  र एम वि वि एसको पढाई सुरु हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले रोकेर राखेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

मेडिकल विश्वविद्यालय बनाउनका लागी नभई नेता नजिकका मेडिकल व्यवसायी र मेडिकल माफियाको स्वार्थ अनुकूल गेटामा वर्षों सम्म श्वास्थ्य उपचार र पठनपाठन रोकेर राख्नका लागी मेडिकल विश्वविद्यालयको कुरा अघि ल्याएको उनको भनाई छ। गेटालाई रोकेर राखेमा निजी अस्पतालले बिरामी पाउने उनले बताए।

‘गेटामा मेडिकल विश्वविद्यालय हुन नै सक्तैन, यो फेल हुन्छ, बर्छौ अलमल्याएर हुन नदिने यो जनतालाई धोका हो।’ गेटामा जनताले छाक काटेर तिरेको अर्बौंको संरचना खेर गइरहेको उल्लेख गर्दै आफ्नो उद्देश्य सुदूरपश्चिमका जनताले छिटोभन्दा छिटो विशेषज्ञ स्वास्थ्य सेवा र मेडिकल शिक्षा पढ्न पाउन भन्ने मात्र रहेको उनले स्पष्ट पारेका छन्।

मेडिकल विश्वविद्यालय भनेर बर्छौ सम्म अस्पताल र पठनपाठन सञ्चालन हुन नदिई अलमल्याएर राख्ने र पछि यो संभव भएन भनेर हुन नदिई जनतालाई धोका दिइन लागेको उनको भनाई छ।

दुर्गा प्रसाईँको गिरोहको पनि गेटामा स्वास्थ्य सेवा र पठनपाठन हुन नदिई अलमल्याई राख्नमा हात रहेको डा. केसीको भनाई छ। ठगी र अपराधी काण्डमा जेल जानुपर्ने प्रसाईँलाई आफू पनि भ्रष्ट्राचारी र अपराधी भएकाले शीर्ष नेताहरुले संरक्षण गरेको उनले बताए।

स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क÷सस्तो सुलभ स्वास्थ्य  सेवा तथा शिक्षामा समान पहुँचका तथा  सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफू सँग गरेको कार्यान्वयन नगरेर धोका दिएको उनले बताएका छन्।

कयौँ जनताले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परको, कयौँ अपांग हुनुपरेको उल्लेख गर्दै सबै जनताको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच हुनुपर्ने उनको भनाई छ।

डा. केसीले मुख्य २ बुँदामा आफ्ना माग उल्लेख गरेका छन्। सशस्त्र द्वन्द्व कालका जघन्य तथा मानबताविरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्।

सत्याग्रहका मागहरू

सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने उनको माग छ।

यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गरिनुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने , एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने,  विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने,  एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र  सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने माग रहेका छन्।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस