चाँगुनारायण नगरपालिकाको भव्य कार्यालय भवन तयार भएको छ। झण्डै ३३ करोडको लागतमा उक्त भवन तयार भएको हो। नगरपालिकाले आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु गर्ने जनाएको छ।
नगरपालिकाको वडा नं ५ छालिंग घुमाउने खरिपाटीमा बनाइएको भवन सबै वडाहरुको केन्द्रमा रहेको छ। जसले सबै क्षेत्रका सेवाग्रहीहरुलाई आवतजावत गर्न सहज हुने बताइएको छ।
२१ रोपनी ३ आनाको पर्ति जग्गामा बनाइएको भवन कुल ३२ करोड ७३ लाख सालाखालामा बनाइएको नगरपालिकाले जनाएको छ। जसमा जिल्ला समन्वय समिति भक्तपुरबाट ३ करोड र संघीय सरकारबाट दुई करोड प्राप्त भएको जनाइएको छ। बाँकी खर्च भने नगरपालिका आफैले गरेको हो।
ठूलो क्षेत्रफलमा सानाठूला गरी ६ वटा भवनहरू निर्माण गरिएको छ। मुख्य भवन भने साढे तीन तल्लाको रहेको छ। स-साना भवनहरू क्यान्टिन, विपत्कालीन केन्द्र, नगर प्रहरी क्वाटर र अर्को एक भवन कार्यालयकै प्रयोजनका लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ।
चाँगुनारायण नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर विश्वजीत होनाका अनुसार भवनको प्रत्येक तल्लामा सेमिनार हल रहेको छ। उक्त हलको क्षमता झण्डै दुई सय जनासम्मको रहेको उनले बताए। ‘योसँगै एउटा मुख्य नगरसभा हल पनि रहेको छ’ इन्जिनियर होनाले सुनाए।
२०७७ फागुन ७ गते शिलान्यास गरिएको भवन साढे दुई वर्षपछि तयार भएको हो। नवनिर्मित कार्यालय भवनको शुक्रबार एक भव्य समारोहबिच नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरे।
चाँगुनारायण नगरपालिका वडा नं ५ परिपाटी आर्मी ब्यारेक नजिकैको तीन तल्ले घरको भाडामा रहेको नगरपालिका आइतबार देखि आफ्नै भवनमा सर्नेछ। चार नगरपालिका रहेको भक्तपुरमा आफ्नै भवन बनाउने चाँगुनारायण तेस्रो नगरपालिका हो।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...