सरकारले समयमा उखुको मूल्य निर्धारण नगरेको तथा भ्याट बापतको भुक्तानी नगरेको कारण किसानको खुँटी उखु खेतमै सुक्न थालेको छ। किसानको संलग्नताबिना उखुको एकतर्फी मूल्य तोकेर किसानलाई जसरी पनि उखु बेच्न बाध्य पार्ने नीतिको कारण खेतमै उखु सुक्न थालेको हो।
कात्तिकदेखि मंसिरसम्म खुँटी उखु बेचिसक्नु पर्ने किसानहरू सरकारी रवैयाको कारण चिन्तित देखिन थालेका छन्। वर्षभरिको समय र खेतीमा गरिएको लगानी नै उखु सुक्न थालेपछि खेर जाने डरले किसान चिन्तित बनेका हुन्।
रौतहटको गढीमाई नगरपालिका २ का उखु किसान भिखर सहनीले बागमती आसपासको जमिनमा लगाइएको खुँटी उखु सुक्न थालेको बताएका छन्। उखु सुक्न थालेपछि उखुको तौल कम हुने तथा चिनीको उत्पादन पनि घट्ने बताएका छन्। उखु सुक्न थालेपछि किसानलाई सबैतिरबाट मर्का परेको सहनीको भनाइ छ।
उखु विशेषज्ञ जगदीश झा भन्छन् – उखुलाई सबैले नगदे बाली भन्छन् तर यो उधारो बालीमा परिणत हुँदै गएको देखिन्छ । किसानप्रति जिम्मेवार राज्य जिम्मेवार नहुँदा किसान निराश भएको र हरेक वर्ष उखुको खेती घट्दै गएको झा बताउँछन्। किसानले उत्पादन गरेको उखुको मूल्य चिनीको बजार भाउको अनुपातमा सरकारले हस्तक्षेप गरेर निर्णय गर्नुपर्ने झाको तर्क छ।
उखु किन्ने चिनी उद्योगीहरू उद्योग चलाउन तयार अवस्थामा छन्। यता किसानको खेतमा उखु सुके पनि मूल्य निर्धारण हुन नसकेको कारण उद्योगलाई उखु बेच्न किसानहरूले असमर्थता जनाइरहेको अवस्था छ। सरकारले तत्काल उखुको मूल्यको कुरा नमिलाए किसान, उद्योगपति र राज्य सबै पक्षलाई घाटा हुने उखु विशेषज्ञ झाको दाबी छ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकार जहिले पनि किसानको पक्षमा नरहेको र चिनी उत्पादकसँग मिलेर किसानलाई वर्षौँदेखि मूल्य निर्धारणको नाउमा पेल्ने काम गरेको आरोप लगाएका छन्।
उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली अबको उखु किसानको आन्दोलन मूल्य निर्धारण र अनुदान रकम बक्यौताको सवालमा निर्णायक आन्दोलनबाहेक अरु विकल्प नरहेको बताउँछन्। सरकारले उखुको मूल्य निर्धारण गरेको छैन तर रौतहटको बैजु सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु खरिद गरिरहेको छ। उद्योगले भुक्तानी रसिदमा प्रति क्विन्टल पाँच सय ४० रुपैया तोकेर उखु किनेको देखिएको छ। मूल्य निर्धारण नभएको अवस्थामा उद्योगले सरकारकै मिलेमतोमा पाँच सय ४० रुपैया मूल्य निर्धारण गरी किसानसित ठगी गरिरहेको आरोप मैनालीको छ।
मूल्य निर्धारणको बिषयमा देश भर किसानहरू आन्दोलन गरिरहेको अवस्थामा चिनी उद्योगले पुरानो मूल्यमा उखु किन्नु किसानलाई ठग्ने काम गरेको अध्यक्ष मैनालीको आरोप छ।
खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।
सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए। उनले भने, 'घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।'
भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएकी थिइन्। सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी छिन्। सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेकी छिन्। सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्। उनले भनिन्, 'मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो।'
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्। उनले भने, 'सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।' उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए। उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ।
चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ। उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ। मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन्। चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ।
माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ। यो मकै जेठ–असारमा पाक्छ। वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ। यसलाई वर्षे मकै भनिन्छ। चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन–चैतमा पाक्छ। चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ।रासस
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...