कपिलवस्तुमा खैरो हेरोइन, विभिन्न मालसामान र नगद सहित ६ जना युवकहरुकाे गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वाणगंगा नगरपालिका वडा नं-२ गोबडिहवाबाट लागु औषध (ब्राउन सुगर), चोरीका मालसामान सहित ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नम्बर-२ का २३ वर्षीय मुक्ति प्रसाद खनालकाे डेरामा बस्दै आएका उनीहरुलाई खैरो हेरोइन र चोरीका मालसामान सहित पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए।
२ वटा मोटरसाइकल, विभिन्न दरका नोट तथा सिक्का (डवल) गरी ३ लाख ४९ हजार २५५, मोबाइल नौ थान ,सुन/चाँदी जस्तो देखिने गहना बरामद भएको छ। यस्तै डेल कम्पनीको ल्यापटप, डिजिटल क्यामेरा, चक्कु, खोडा लगायतका सामान पनि बरामद भएका छन्।
पक्राउ पर्नेहरुमा नवलपरासी देवचुली नगरपालिका वडा नम्बर-२ का २३ वर्षीय मुक्ती प्रसाद खनाल, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं-२ का २६ वर्षीय विवेक थापा मगर, बाणगंगा नगरपालिका वडा नं-२ का २८ वर्षीय विनोद परियार र ३३ वर्षीय विष्णु श्रेष्ठ, रुपन्देही सैनामैना नगरपालिका वडा नं-९ का १८ वर्षीय मनोज दर्जी र १८ वर्षीय समीर परियार रहेका छन्।
जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक थापाले बताए।