पछिल्लो समय जाडोसँगै रौतहटमा आगलागीको घटना पनि क्रमशः वृद्धि हुँदै गएको छ।
सोमबार मात्र मौलापुर नगरपालिकाकाे दुई गाउँमा आगलागी हुँदा पाँच परिवारको बिचल्ली भएको छ। नगरपालिकाको गम्हरिया र पथरा बुधराममा एकै दिन दुई गाउँमा आगलागी भएको हो।
गम्हरियास्थित कामेश्वर प्रसाद साह, चौठी बैठा, साहेब बैठा र भरदुल बैठाको घरगोठ जलेर खरानी भएको छ। जाडाको समयमा आगलागीले घर खरानी भएपछि चारै परिवारको बिचल्ली भएको छ।
‘वस्तुलाई खुवाउने सामग्रीका साथै जाडोबाट जोगाउने घरको नहुँदा हाम्रो विचल्ली भयो, यस्तो जाडोमा कहाँ जानु ?’ अग्नि पीडित कामेश्वर प्रसाद साहले भने।
यसै गरी पथरा बुधरामका त्रिभुवन दासको गोठमा आगलागी हुँदा निकै क्षति पुगेको छ। गोठमा बाँधेर राखिएको अवस्थाका भैँसी तथा बाख्राहरु पनि जलेर मरेका छन्। आगलागीबाट दासलाई लाखौँको क्षति पुगेको छ।
दासलाई आवश्यक सहयोग गरिदिनको लागि रेडक्रससहितको संघसंस्थालाई आग्रह गरिएको नगर प्रमुख रिनाकुमारी साहले बताएकी छन्। नगर प्रमुख साहले आगलागी पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।