बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
त्यसैगरी दुर्घटनामा परी २७ जना घाइते भएका छन्।काकड्भिट्टाबाट काठमाडौँ आइरहेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडा निवासी बस चालक ४० वर्षीय हरि शमशेर थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। उनीहरूको हेटौँडाको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।