६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा
०६ पौष २०८०
•
३ मिनेट पाठ
६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा
लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्। उनीहरूले लाइसेन्स पाउन सकेका छैनन्।




यातायात व्यवस्था विभागका अनुसार विगत १५ महिना देखि लाइसेन्स छाप्ने काम पूर्ण क्षमता अनुसार भएको थिएन। आंशिक छपाई भइरहेको थियो, त्यसमा पनि पछिल्लो ६ महिना देखि लाइसेन्स छाप्ने काम ठप्प झैँ छ।

अहिले विभागले निकै सीमित सङ्ख्यामा वैदेशिक रोजगारमा र विदेश अध्ययन गर्न जाने व्यक्तिहरूलाई लाइसेन्स दिने गरेको छ। यो संख्या दैनिक साढे ३सय देखि ४सय सम्म हुने गरेको छ।

विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असार महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको हो। विभागसँग भएका सीमित कार्डबाट निकै थोरै सङ्ख्यामा कार्ड छाप्ने काम भइरहेको छ। विभागका अनुसार अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्। उनीहरूले कहिले लाइसेन्स पाउँछन्, यसको टुङ्गो छैन।

सरकारले समयमा लाइसेन्स दिन नसक्दा छाप्नु पर्ने लाइसेन्सको संख्या अहिले महिनै पिच्छे थपिएको थपिएकै छ। यति बेलासम्म छाप्न बाँकी रहेका लाइसेन्सको संख्या झन्डै १४ लाख पुगिसकेको छ। विभागले अहिले लाइसेन्स पाउन नसकेका सवारी चालकहरूलाई अस्थायी प्रकृतिको लाइसेन्स दिने गरेको छ। यस्तो लाइसेन्स निकै कमजोर छ। केही दिनमै नष्ट हुने सम्भावना रहन्छ।

विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले पर्याप्त लाइसेन्स छाप्न नसक्दा पछिल्लो ५ महिना यता वैदेशिक रोजगार र विदेशमा अध्ययन गर्न जाने व्यक्तिहरूलाई मात्र लाइसेन्स दिन सकिएको बताए। उनका अनुसार आगामी माघ २ देखि ठुलो सङ्ख्यामा लाइसेन्स छाप्ने गरी तयारी अघि बढाइएको छ। ‘पुस महिना भित्रै पहिलो खेपमा झन्डै ६ लाख कार्ड आउने भनेको छ। कार्ड आउने बित्तिकै लाइसेन्स छाप्न सुरु गर्छ’रिजालले भने, ‘माघको २ गते देखि ठुलो परिणाममा लाइसेन्स छाप्ने गरी तयारी अघि बढाएका छौ।’ विभागले जर्मनीको म्युहलवार कम्पनीसँग १२ लाख कार्ड आपूर्ति गर्ने गरी सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार पुसमा पहिलो खेपमा कार्ड आउन लागेको उनले जनाए। ‘लाइसेन्स छाप्न अहिले प्रदेश सरकारहरूले पनि बजेट छुट्टाएका छन्। यसबाहेक हामीले पनि लाइसेन्स छाप्ने नयाँ मेसिन खरिद गर्न टेन्डर खालेका छौ’रिजालले भने,‘नयाँ मेसिन आए पछि लाइसेन्स छाप्ने समस्या हट्ने छ।’

विभागसँग लाइसेन्स छाप्न अहिले एउटा मात्र मेसिन छ। थप एउटा नयाँ एउटा मेसिन आए पछि लाइसेन्स छाप्ने समस्या पूर्ण रूपमा सुल्झने उनको बुझाई छ।

नेपालको लाइसेन्स प्रणालीमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नियन्त्रण चलाएको छ। तर विभागले कार्ड आपूर्ति गर्न जर्मनीको कम्पनीसँग सम्झौता गरेको छ। जर्मनी कम्पनीको कार्डसँग नेपालको लाइसेन्स प्रणाली फिट गर्नका लागि झन्डै ४ महिना लागेको थियो। यसबाट पनि समयमा लाइसेन्स छाप्ने काम प्रभावित भएको विभागको भनाइ छ। रिजालका अनुसार विभागसँग भएको एउटा मेशिनले एक घण्टामा ५सय लाइसेन्स छाप्न सक्छ। तर विभागसँग कार्डको अभाव हुँदा निकै थोरै सङ्ख्यामा लाइसेन्स छाप्ने काम भइरहेको छ।

लाइसेन्सको परीक्षा पास गरेका सवारी चालकहरूलाई तत्काल लाइसेन्स दिनु पर्ने जिम्मेवारी सरकारको हो। देश सङ्घीयतामा गए पछि यो अधिकार अहिले अहिले प्रदेश सरकारको जिम्मेवारीमा सरेको छ। तर सात वटै प्रदेश सरकारहरूले अहिलेसम्म लाइसेन्स छाप्ने र वितरण गर्ने काम गर्न सकेका छैनन्। त्यसैले केन्द्र सरकारले नै अहिलेसम्म लाइसेन्स छाप्ने र वितरण गर्ने जिम्मेवारी लिइरहेको छ।
अर्को समाचार
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
१२ वैशाख २०८१
•
१ मिनेट पाठ
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।




संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।

अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।

राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।

नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
यो पनि पढौँ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस