कवाडी सङ्कलनकर्ताका कारण सहज बन्दै छ काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन
०७ पौष २०८०
•
६ मिनेट पाठ
कवाडी सङ्कलनकर्ताका कारण सहज बन्दै छ काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन
सङ्घीय राजधानी काठमाडौं उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ। यहाँ फोहर व्यवस्थापन सधैं चुनौती बन्दै आएको छ।




फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ। हाल उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबँेसी र ककनी गरी २३ नगरपालिकाको फोहर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ।

काठमाडौँ महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय टनसम्म फोहर सङ्कलन हुने गरेको छ।

दैनिक करिब दुई सय सवारी साधनमा राखेर फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ। सङ्कलित फोहरबाट पुनः प्रयोगीय वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा पुनः प्रयोगीय वस्तु न्यूनतम मूल्यका किनेर सङ्कलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहर व्यवस्थापनमा सहयोग पुगेको छ। त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगञ्ज, हेटाैंडा, नवलपरासी, जनकपुर लगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चा पदार्थका रुपमा प्रयोग गर्ने गरेका छन्।

नेपाल पुनः प्रयोगीय वस्तु व्यवसायी सङ्घका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा पुनः प्रयोगीय वस्तु (कवाडी) दैनिक ३५ गाडी सङ्कलन हुने गरेको बताए।
सङ्कलनकर्ताले स्वतः गर्ने कामका कारण लगभग तीन सय ५० टन पुनः प्रयोगीय वस्तु दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उनको भनाइ।

“यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चापदार्थका रुपमा पुनः प्रयोगीय वस्तु आपूर्ति गर्दै आएका छौं। यस्तो कच्चापदार्थ पहिला सिङ्गापुर वा अन्य विदेशबाट ल्याउनुपथ्र्याे तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,” अध्यक्ष पाठकले भने।

सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब पुनः प्रयोगीय वस्तु सङ्कलनकर्ता  सात हजार छन्। उनीहरू दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुनः प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन्।

यसरी पुनः प्रयोगीय वस्तु किनेर कवाडीखानामा बेच्दा मासिक रु २० हजारदेखि रु ३० हजार आफ्नो कमाइ हुने गरेको काठमाडौँको बुद्धनगरका कवाडी सङ्कलनकर्ता अजय यादवले बताए।
उनले कामका सिलसिलमा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने समस्या रहेको गुनासो गरे।

त्यसैगरी, उपत्यकामा एक हजार सात सय  पुनः प्रयोगीय वस्तु सङ्कलन स्थल (कवाडीखाना) रहेका छन्। ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ।

विश्वमा फोहर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको गुनासो गर्दै अध्यक्ष पाठकले भने, “यो पेसा हेपिएको अवस्थामा रहेको छ, कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ। सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटकपटक आग्रह गर्याै तर कुनै सुनुवाइ भएको छैन्।”
विसं २०३८ देखि यो पेसामा आबद्ध भएका अध्यक्ष पाठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गरे।

काठमाडौँ महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन सुरु गरेको छ। यद्यपि सङ्घको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातच्यूत गरी पुनः प्रयोग गर्न सुरु गरिएको उनले बताए।

फोहरलाई मुख्य गरी पुनः प्रयोग नहुने र पुनः प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ। त्यसमध्ये पुनः प्रयोग नहुने फोहरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन्। भान्साजन्य र अन्य फोहर सड्ने फोहर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुनः प्रयोग पनि नहुने र नसड्ने फोहर हुन्।

त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजन्य र सिसाजन्य वस्तु पुनः प्रयोग हुने वस्तु हुन्। पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलनकर्ताहरुले यी वस्तुमात्र सङ्कलन गर्ने गर्छन्।

निजी संस्थाद्वारा ९० प्रतिशत फोहर व्यवस्थापन यसैगरी, फोहर सङ्कलन गर्ने निजी संस्थाको साझा युनियन ‘फोहरमैला व्यवस्थापन सङ्घ नेपाल’का अनुसार उपत्यकामा मात्र फोहर सङ्कलन गर्ने ५८ निजी कम्पनी छन्। ती कम्पनीमा तीन हजारभन्दा बढी कुचिकार, सङ्कलक र व्यवस्थापक कार्यरत रहेको सङ्घका महासचिव मित्रप्रसाद घिमिरेले बताए।

उपत्यकाको फोहरमध्ये ९० प्रतिशत ती कम्पनीले र बाँकी १० प्रतिशतमात्र महानगरपालिकाले सङ्कलन गर्ने गरेको उनले बताए।

काठमाडौँ महानगरपालिकाले १२, १८, १९, २०, २१, २३, २४ र २५ वडाको सम्पूर्ण फोहर सङ्कलन गर्ने गर्छ भने बाँकी वडाको फोहर निजी संस्थाबाट सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ।
“कम्पनीले दैनिक घरघरबाट रिक्सा तथा ट्र्याक्टरबाट फोहर सङ्कलन गरेर आआफ्नो सङ्कलन केन्द्रमा राख्छन् र त्यही मजदुरले पुनः प्रयोग हुने वस्तु छनौट गर्ने गर्छन्। बिग्रेको खाद्यान्न बङ्गुर लगायत जनावरका लागि दानाका रुपमा पनि प्रयोग हुन्छ।

यसरी करिब २५ प्रतिशत वस्तु छुट्यान्छ र बाँकी ल्यान्डफिल साइट लगिन्छ,” उनले भने। तर जुन कम्पनीको फोहर छुट्याउने केन्द्र हुँदैन ती कम्पनीले फोहर सिधै बञ्चरेडाँडा लैजान्छन् र त्यहीँ कुहिने तथा पुनः प्रयोग हुने वस्तु छुट्याइन्छ।

फोहर लैजाने कम्पनीले बञ्चरेडाँडा प्रत्येक गाडीको रु चार सय प्रवेश शुल्क तिर्ने गरेका छन्। एक सर्वेक्षणअनुसार उपत्यकाको कूल फोहरबाट छुट्याइने पुनः प्रयोग हुने वस्तुको बिक्रीबाट मात्र दैनिक रु २० लाखदेखि रु ३० लाख आम्दानी हुने गरेको छ।

यसरी हुने छनौटले एकातिर आम्दानी हुने र अर्काेतिर फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने महासचिव घिमिरेले बताए। यसले फोहर ढुवानीको खर्च पनि बचत हुने गरेको छ।

त्यस्ता कम्पनीले फोहरमैलाको मात्राका आधारमा प्रत्येक घर र व्यवसायबाट लिने शुल्कमा विविधता रहेको उनले बताए। तर घरायसीका लागि न्यूनतम मासिक रु चार सय रहेको छ। उपत्यकामा करिब चार लाख घर रहेका अनुमान छ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार बञ्चरेडाँडामा लैजाने फोहरमध्ये ६० देखि ७० प्रतिशत कुहिने फोहर हुन्छ भने बाँकी धातु, कागज, प्लास्टिक, सिसालगायत वस्तु हुन्छन्।
दैनिक लैजाने दुई सय गाडीका फोहरमा अनौपचारिक काम गर्ने व्यक्तिले स्वतः रुपमा पुनः प्रयोग हुने वस्तु छुट्याउने गरेका छन्। त्यसमध्ये दैनिक पाँचदेखि १० गाडी पुनः प्रयोग हुने वस्तु फिर्ता हुने गरेकोे उनले बताए।

उनले कवाडी सामग्री सङ्कलनकर्ताले आफ्नो रोजगारी र आम्दानीका सिलसिलामा स्वतः रुपमा पुनः प्रयोग गर्ने वस्तु सङ्कलन गर्दा फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने गरेको उल्लेख गरे।

“यस पेसालाई सरकारले नियमन गर्नका लागि कहीँ न कहीँ औपचारिक रुपमा ल्याउन आवश्यक छ,” प्रमुख श्रेष्ठले भने।

महानगरपालिकामा सरसफाइ तथा उद्यान सहायकका रुपमा ३२ वडामा तीन सय ९७, विभागमा एक सय आठ, रत्नपार्क रानीपोखरीमा छ, बालाजु बाइसधारामा १०, वसन्तपुरमा आठ, बागदरबारमा १३, शङ्खपार्कमा पाँच, राष्ट्रिय सभागृहमा नौ, सिसडोल ल्यान्डफिल साइटमा नौ, सिसडोल ल्यान्डफिल साइटमा लेन्थ वर्कर सात, सिसडोल बञ्चरेडाँडा सडकमा ‘लेन्थ वर्कर’ पाँच गरी कूल पाँच सय ७७ जना कार्यरत छन्।
अर्को समाचार
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
१ घण्टा अघि
•
१ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
काठमाडौं। जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरेको छ।




जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणलाई केन्द्रमा राखेर महानगरपालिकाले आइतबार एक सातादेखि सञ्चालन भइरहेको काठमाडौं जलवायु कार्य सप्ताहको समापनका अवसरमा उक्त घोषणा सार्वजनिक गरेको हो।

मंसिर ७ देखि १३ गतेसम्म आयोजित सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले घोषणा जारी गरिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।

घोषणामा जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता आवश्यक रहेको औँल्याइएको छ।

जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्दै विकसित राष्ट्रको जिम्मेवारी तथा विकासशील राष्ट्र र जोखिममा रहेका समुदायका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

घोषणापत्रले सात क्षेत्रमा प्रतिबद्धता जनाएको छ। यी प्रतिविद्धतामा, पहिलो, जलवायु परिवर्तनलाई साझा चुनौतीका रूपमा स्वीकार गर्दै साझा समाधानको प्रयास गर्ने रहेको छ भने दोस्रोमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई नयाँ पुस्ताको सरोकार बनाउने विषय समावेश छ।

यसैगरी, तेस्रोमा  प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने तथा चौथोमा , काठमाडौं उपत्यकाको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने विषय समावेश छ।

यसैगरी पाँचौँ प्रतिविद्धतामा जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रममा नागरिक तथा समुदायको सहभागिता बढाउने र  छैटौँमा जलवायु न्यायको केन्द्रमा नागरिक र जोखिममा रहेका समुदायलाई राख्ने विषय समावेश छ। सातौँ तथा अन्तीम वुदामा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा समेटिएको छ।

महानगरपालिकाले विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो विकाससम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने जनाएको छ।

बालबालिका, युवा तथा नयाँ पुस्तालाई जलवायु परिवर्तनका असर र समाधानका विषयमा सचेत बनाउँदै निर्णय प्रक्रियामा समेत सक्रिय सहभागी गराउने घोषणा गरिएको छ।

त्यस्तै, विकासका नाममा प्रकृति, नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब घटाउन रैथाने ज्ञान, स्थानीय सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेटिने घोषणामा उल्लेख छ।

काठमाडौं उपत्यकाको भौगोलिक बनावट, वन तथा जलाधार क्षेत्र, परम्परागत पानीका स्रोत र नदी सभ्यतासहितको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धता पनि गरिएको छ।

यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, वायु प्रदूषण नियन्त्रण, आकाशे पानी तथा वर्षाको पानी सङ्कलन, रिचार्ज काठमाडौं अभियान, नदी तथा खोलाको पुनर्जीवन र हरित क्षेत्र विस्तारलाई प्राथमिकता दिइनेछ।

हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा बिजुली बसजस्ता विद्युतीय सार्वजनिक यातायातको प्रवद्र्धन पनि घोषणामा समेटिएको छ।

जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई सम्मेलन र नीतिमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने महानगरको प्रतिबद्धता छ। सहरी नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई प्राथमिकता दिइनेछ। विपद् आउनुअघि तयारी गर्ने, जोखिम घटाउने र क्षति भएपछि पुनःस्थापना गर्ने क्षमता पनि संस्थागत गरिनेछ।

घोषणाले जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहलाई राखेको छ।

स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना र दिगो खाद्य प्रणालीलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। जलवायु सुरक्षा सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणामा उल्लेख छ।

घोषणा सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले जलवायु सप्ताहबाट प्राप्त ज्ञान, अनुभव र सुझावलाई कार्यान्वयनमा रूपान्तरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्।

उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्दै काठमाडौंलाई उत्थानशील सहर बनाउने अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

‘जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्दै जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्नेछौँ,’ उनले भनिन्।

जलवायु सप्ताहमा उठेका विषय, छलफल र निष्कर्षलाई कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ।

यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिनेछ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणामा गरिएको छ।

घोषणापत्रमा प्रतिबद्धता कार्यान्वयन गर्नु साझा दायित्व भएको उल्लेख गर्दै बहुक्षेत्रीय समन्वय, संस्थागत साझेदारी, स्रोत परिचालन र नियमित अनुगमनमार्फत काठमाडौं जलवायु घोषणा, २०८३ कार्यान्वयन गर्ने सङ्कल्प व्यक्त गरिएको छ।
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
यो पनि पढौँ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस