हिन्दुहरूको पवित्र धार्मिक स्थल बाणगंगा नदीको रामघाटमा चेत्रादेई र त्यस आसपासका युवाहरुले विष हालेर माछा मार्ने गरेका छन्।
आइतबार मध्यरातमा युवाहरुले थायोडान र ईन्डुसेल नामक कडा विषादी हालेर माछा मारेका हुन्। विषादीले गर्दा अहिले रामघाट नदीको पानी नै दूषित बनेको छ।
रामघाटमा भक्तजनहरु स्नान र पूजा गर्न आउने गर्छन्। यस्तै शवको समेत यही दाहसंस्कार गर्ने गरिएको छ। थायोडान धमिरा र ईन्डुसेल तरकारीमा लाग्ने किरामा मार्न प्रयोग गरिने कृषि प्राविधिकहरू बताउँछन्।
यी कडा विषादीले माछाको आँखामा असर पुग्ने र जहाँ सम्म विषको बहाव पुग्छ त्यस सम्मका माछा र जीवजन्तुलाई असर गर्ने कृषि प्राविधिक महेन्द्र ओझाले बताए। ती दुई विषादी माथि सरकारले समेत प्रतिबन्ध लगाएको छ।
आफ्नै गाउँ ठाउँमा युवाहरुले राति विषय हालेर माछा मारेको धनकौली कै एक जना सरकारी शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा बताए। उनले रामघाट नदीको सय मिटर पूर्व तर्फ नदीमा विष हालेर माछा मारेको बताए। राति नै युवाहरुले २ देखि ३ किलो सम्मका माछा समातेको र आफ्नो फेसबुकमा समेत हालेको बताए।
‘रात भरी युवाहरुको रामघाट नदीमा माछा समात्नेको जमघट थियो ’ उनले भने। विषको असरले नदीमा रहेको माछाहरु धमाधम मरेका छन्। माछा समात्नेको सोमबार दिउँसो सम्म नै भीड थियो। युवाहरुले हरेक वर्ष यसरी नै विष हालेर माछा मारे पनि त्यसलाई नियन्त्रण गर्न कसैले चासो नदिएको युवा नेता प्रकाश घिमिरेले बताए।
‘पवित्र स्थलमा विष हालेर माछा मार्ने कार्य गलत हो, यसलाई नियन्त्रण गर्नु पर्छ ’ उनले भने। विष हाल्ने युवाहरुलाई पक्राउ गरी कारबाही गर्न उनले माग गरे।
बुद्धभुमी नगरपालिकाका वडा नम्बर-१० का अध्यक्ष संदीप पाण्डेयले युवाहरुले रामघाट नदीमा विष हालेर माछा मारेको आफुहरुलाई समेत खबर आएको बताए।
उनले विष हाल्ने युवाहरुको खोजी गरी कारबाही गरिने बताए। रामघाट नदी कै किनारमा प्रहरी बिट भए पनि प्रहरीले समेत त्यस विषयमा कुनै चासो नदिएको स्थानीवासीकाे गुनासो छ।
प्रहरी उपरिक्षक नवरत्न पौडेलले नदीमा विष हालेको विषयमा जानकारी आए लगत्तै त्यहाँ प्रहरी पठाएको बताए। उनले विष हालेको युवाहरुको पहिचान गरी पक्राउ नर्ग आफूले बिहानै वडा प्रहरी कार्यालय तौलिहवालाई निर्देशन दिएको समेत उनकाे भनाइ थियाे।