कोरियामा कमाउने सपनाको अवसान
१४ पौष २०८०
•
६ मिनेट पाठ
कोरियामा कमाउने सपनाको अवसान
ररर  




अरूण बम

काठमाडौं, पुस १३  

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको छ। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य भड्किएका थिए। भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबीच झडप हुँदा दुईजनाको ज्यान गएको हो।  

झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका–६, रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका–१, सिउडीका २२ वर्षीय वीरेन्द्र शाह छन्। घाइते भएका राउतको इमाडोलस्थित किस्ट अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका सिइओ अमिस पाठकका अनुसार मृतक राउतको छातीमा नीलडाम थिए। सडकमा अचेत अवस्थामा भेटिएका राउतलाई आन्दोलनरत युवाले नै उठाएर अस्पताल पु¥याएका थिए। अस्पताल पु¥याएको ३७ मिनेटमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै झडपकै क्रममा घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ।  

इपिएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा काम गर्न १५ हजार आठ सय कामदारलाई कोरिया पठाउन भाषा परीक्षाका लागि मंसिर १९ गते आवेदन मागेको थियो। आवेदनका लागि सन् २०२३ भित्र दक्षिण कोरियाका लागि आवेदन नदिएको हुनुपर्ने मापदण्ड तोकिएको थियो। जसअनुसार यसअघि साउनमा इपिएस शाखाले नै आह्वान गरेको पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ सेक्टर) मा आवेदन दिएका झन्डै २८ हजार दक्षिण कोरिया जान चाहने युवा आवेदनका लागि अयोग्य भएका थिए।

इपिएस शाखाको यही मापदण्डले आवेदन दिनबाट वञ्चित युवा मंसिर १९ गतेदेखि आन्दोलित थिए। तीनैमध्ये सुरज पाठकसहितका १८ जना आफूले पनि आवेदन दिन पाउनुपर्ने माग राखेर इपिएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयविरुद्ध रिट निवेदन बोकेर उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालत पाटनले पुस ५ गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मंसिर १९ को सूचना

बमोजिम खोलिएको ‘आवेदन फाराम भर्न रोक नलगाउनु र रिट निवेदकलाई पनि आवेदन भर्न दिनू’ भनेर विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो। यो आदेशपछि इपिएस कोरिया शाखाले उक्त मापदण्डले अयोग्य ठहरिएका सबैलाई आवेदन भर्न दिनुपर्नेमा अदालत पुगेका १८ जनालाई मात्रै शुक्रबार आवेदन दिन बोलाएको थियो। यसबाट आन्दोलनरत बाँकी युवा झन् आक्रोशित भए।

आक्रोशित युवाले शुक्रबार बिहानैदेखि ग्वार्कोस्थित इपिएस कोरिया शाखामा पुगेर प्रदर्शन गरिरहेका थिए। कार्यालय घेरेर सुरु भएको आन्दोलन उत्तेजित बन्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार ग¥यो। त्यसपछि प्रदर्शनकारी ग्वार्को, बालकुमारी, सातदोबाटो क्षेत्रमा जम्मा भए। भिडले सार्वजनिक गाडीमा तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति थप तनावग्रस्त बन्न पुग्यो।  

बाँकी पृष्ठ २

‘बिहान १० बजेदेखि नै तनाव सुरु भइसकेको थियो। ललितपुर प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप जनशक्ति परिचालन गरेका थियौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले भने, ‘एक त नेतृत्वविहीन भिड त्यसमा पनि बेरोजगार युवा ! निकै सास्ती भयो।’

मन्त्रीको गाडीमा आगजनी र गोली !

स्थिति तनावग्रस्त बन्दै गएका बेला भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो भएर कोटेश्वर जान थालेका थिए। उनी कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय (नेकपा एकीकृत समाजवादी) मा आयोजित केन्द्रीय समिति बैठकमा जान लागेका थिए। मन्त्री ज्वाला बालकुमारी क्षेत्र पुग्दा प्रदर्शनकारीले सडकमा थिए। प्रदर्शनकारीले मन्त्रीको गाडी देखेपछि रोके। प्रदर्शनकारीले मन्त्री ज्वाला र उनको टोलीलाई गाडीबाट ओरालेर टायरको हावा फुस्काउन थाले। यसैक्रममा केही प्रदर्शनकारीले गाडीमा आगो लगाएको प्रहरीले जनाएको छ। आगोले मन्त्री ज्वाला चढ्ने गरेको बा२झ ५८६१ नम्बरको गाडी पूर्णरूपमा जलेको छ।

प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाएपछि प्रहरीले गोली चलाएको थियो। ‘अकस्मात् मन्त्रीज्यू त्यहाँ पुग्नुभयो। आन्दोलनकारीले उहाँकै गाडीमा आगो लगाउन थालेपछि भिआइपीको सुरक्षा गर्नु प्रहरीको मुख्य दायित्व हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘त्यसपछि नजिकै रहेको प्रहरीले गोली चलाउँदा दुखद घटना भयो।’

प्रहरीले चरणबद्ध रूपमा बल प्रयोग गर्दा पनि भिड नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको एआइजी थापाले बताए। ‘अश्रुग्यास, हवाईफायरले पनि भिड नियन्त्रणमा नआएपछि घुँडामुनि गोलीसम्म प्रहार गर्नुपर्ने स्थिति बनेको हो,’ उनले भने। उनका अनुसार प्रहरीले हवाईफायर र घुँडामुनि गरी १६ राउन्ड गोली प्रहार गरेको थियो। यस्तै २२ सेल अश्रुग्यास प्रहार गरिएको थियो। यसैक्रममा भएको झडपमा राउत र शाह घाइते भएका हुन्। प्रहरीले गोली चलाएपछि भागदौड चल्दा राउतको घाइते भएको प्रहरी अनुमान छ। ‘उनी भागदौड चल्दा लडे, त्यसपछि अन्यले कुल्चिँदा छातीमा चोटपटक लागेको देखिन्छ,’ एआइजी थापाले भने, ‘तर अर्का मृतक शाहको घुँडामा गोली लागेको देखिन्छ। विस्तृतमा मेडिकल रिपोर्ट आएपछि थाहा होला।’ झडपमा प्रदर्शनकारीतर्फ अर्का एक युवक पनि घाइते भएका छन्। उनी उपचारपछि फर्किसकेको प्रहरीले जनाएको छ। प्रहरीतर्फ सातजना घाइते भएको एआइजी थापाले बताए।

यसैबीच प्रहरीले मन्त्री ज्वालाको गाडी जलाउने, सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र अराजक शैलीमा सडकमा उत्रिएको आरोपमा ७३ जनालाई पक्राउ गरेको छ। ‘उनीहरूको कसुर स्क्रिनिङ भइरहेको छ। कसुरको प्रकारअनुसार केही तत्कालै छुट्न पनि सक्छन्,’ एआइजी थापाले भने।

इपिएस कोरिया शाखाको कमजोरीले अप्रिय घटना हुन पुगेको ललितपुरका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए। ‘हुन त एउटा निकायले अर्को निकायमाथि दोषारोपण गर्ने समय होइन। तैपनि इपिएस शाखाले बुद्धिमत्ता देखाएको भए यत्रो घटना हुने थिएन,’ उनले भने, ‘उच्च अदालत पाटनले १८ जनालाई आवेदन दिन देऊ भनेपछि त्यही प्रकृतिको योग्यताका सबैलाई आवेदन देऊ भनेको बुझ्नुपर्ने हो। तर शाखाले १८ जनालाई मात्रै आवेदन दिन बोलायो।’ सबैलाई आवेदन दिन लगाएको भए यस्तो दुर्घटना नहुने उनी बताउँछन्। ‘आखिर आज (शुक्रबार) अदालतले नै सबैको आवेदन लिने आदेश दिइहाल्यो,’ पण्डितले भने।

छानबिन समिति गठन

ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको हो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन्। समितिलाई सातदिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

घटनाको भत्र्सना

दुई युवकको ज्यान जानेगरी भएको घटनाको विपक्षी दलहरूले भत्र्सना गरेका छन्। प्रमुख प्रतिपक्षी एमालेले प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडको भत्सर्ना गरेको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा परीक्षामा सामेल हुन पाउनुपर्ने युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारसँग माग गरिएको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घटना हुनुमा सरकार दोषी रहेको आरोप लगाएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।  
अर्को समाचार
कोरियामा कमाउने सपनाको अवसान
१४ पौष २०८०
•
६ मिनेट पाठ
कोरियामा कमाउने सपनाको अवसान
कोरिया जान इपिएस परीक्षाका लागि आवेदन दिन नपाएपछि आक्रोशित युवाले ललितपुरको बालकुमारीमा जलाएको गाडी । उक्त गाडी यातायातमन्त्री प्रकाश ज्वालाले चढ्थे। तस्बिर: विजय राई/नागरिक
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको छ।




मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य भड्किएका थिए। भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबीच झडप हुँदा दुईजनाको ज्यान गएको हो।

झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका–६, रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका–१, सिउडीका २२ वर्षीय वीरेन्द्र शाह छन्। घाइते भएका राउतको इमाडोलस्थित किस्ट अस्पतालमा मृत्यु भएको थियो।

अस्पतालका सिइओ अमिस पाठकका अनुसार मृतक राउतको छातीमा नीलडाम थिए। सडकमा अचेत अवस्थामा भेटिएका राउतलाई आन्दोलनरत युवाले नै उठाएर अस्पताल पुर्‍याएका थिए।
अस्पताल पुर्‍याएको ३७ मिनेटमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै झडपकै क्रममा घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ।

इपिएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा काम गर्न १५ हजार आठ सय कामदारलाई कोरिया पठाउन भाषा परीक्षाका लागि मंसिर १९ गते आवेदन मागेको थियो।

आवेदनका लागि सन् २०२३ भित्र दक्षिण कोरियाका लागि आवेदन नदिएको हुनुपर्ने मापदण्ड तोकिएको थियो। जसअनुसार यसअघि साउनमा इपिएस शाखाले नै आह्वान गरेको पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ सेक्टर) मा आवेदन दिएका झन्डै २८ हजार दक्षिण कोरिया जान चाहने युवा आवेदनका लागि अयोग्य भएका थिए।

इपिएस शाखाको यही मापदण्डले आवेदन दिनबाट वञ्चित युवा मंसिर १९ गतेदेखि आन्दोलित थिए। तीनैमध्ये सुरज पाठकसहितका १८ जना आफूले पनि आवेदन दिन पाउनुपर्ने माग राखेर इपिएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयविरुद्ध रिट निवेदन बोकेर उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालत पाटनले पुस ५ गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मंसिर १९ को सूचनाबमोजिम खोलिएको ‘आवेदन फाराम भर्न रोक नलगाउनु र रिट निवेदकलाई पनि आवेदन भर्न दिनू’ भनेर विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो।

यो आदेशपछि इपिएस कोरिया शाखाले उक्त मापदण्डले अयोग्य ठहरिएका सबैलाई आवेदन भर्न दिनुपर्नेमा अदालत पुगेका १८ जनालाई मात्रै शुक्रबार आवेदन दिन बोलाएको थियो। यसबाट आन्दोलनरत बाँकी युवा झन् आक्रोशित भए।
आक्रोशित युवाले शुक्रबार बिहानैदेखि ग्वार्कोस्थित इपिएस कोरिया शाखामा पुगेर प्रदर्शन गरिरहेका थिए। कार्यालय घेरेर सुरु भएको आन्दोलन उत्तेजित बन्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्‍यो। त्यसपछि प्रदर्शनकारी ग्वार्को, बालकुमारी, सातदोबाटो क्षेत्रमा जम्मा भए। भिडले सार्वजनिक गाडीमा तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति थप तनावग्रस्त बन्न पुग्यो।

‘बिहान १० बजेदेखि नै तनाव सुरु भइसकेको थियो। ललितपुर प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप जनशक्ति परिचालन गरेका थियौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले भने, ‘एक त नेतृत्वविहीन भिड त्यसमा पनि बेरोजगार युवा ! निकै सास्ती भयो।’

मन्त्रीको गाडीमा आगजनी र गोली!

स्थिति तनावग्रस्त बन्दै गएका बेला भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो भएर कोटेश्वर जान थालेका थिए। उनी कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय (नेकपा एकीकृत समाजवादी) मा आयोजित केन्द्रीय समिति बैठकमा जान लागेका थिए।

मन्त्री ज्वाला बालकुमारी क्षेत्र पुग्दा प्रदर्शनकारीले सडकमा थिए। प्रदर्शनकारीले मन्त्रीको गाडी देखेपछि रोके। प्रदर्शनकारीले मन्त्री ज्वाला र उनको टोलीलाई गाडीबाट ओरालेर टायरको हावा फुस्काउन थाले। यसैक्रममा केही प्रदर्शनकारीले गाडीमा आगो लगाएको प्रहरीले जनाएको छ। आगोले मन्त्री ज्वाला चढ्ने गरेको बा२झ ५८६१ नम्बरको गाडी पूर्णरूपमा जलेको छ।

प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाएपछि प्रहरीले गोली चलाएको थियो। ‘अकस्मात् मन्त्रीज्यू त्यहाँ पुग्नुभयो। आन्दोलनकारीले उहाँकै गाडीमा आगो लगाउन थालेपछि भिआइपीको सुरक्षा गर्नु प्रहरीको मुख्य दायित्व हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘त्यसपछि नजिकै रहेको प्रहरीले गोली चलाउँदा दुखद घटना भयो।’

प्रहरीले चरणबद्ध रूपमा बल प्रयोग गर्दा पनि भिड नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको एआइजी थापाले बताए।

‘अश्रुग्यास, हवाईफायरले पनि भिड नियन्त्रणमा नआएपछि घुँडामुनि गोलीसम्म प्रहार गर्नुपर्ने स्थिति बनेको हो,’ उनले भने। उनका अनुसार प्रहरीले हवाईफायर र घुँडामुनि गरी १६ राउन्ड गोली प्रहार गरेको थियो।

यस्तै २२ सेल अश्रुग्यास प्रहार गरिएको थियो। यसैक्रममा भएको झडपमा राउत र शाह घाइते भएका हुन्। प्रहरीले गोली चलाएपछि भागदौड चल्दा राउतको घाइते भएको प्रहरी अनुमान छ। ‘उनी भागदौड चल्दा लडे, त्यसपछि अन्यले कुल्चिँदा छातीमा चोटपटक लागेको देखिन्छ,’ एआइजी थापाले भने, ‘तर अर्का मृतक शाहको घुँडामा गोली लागेको देखिन्छ। विस्तृतमा मेडिकल रिपोर्ट आएपछि थाहा होला।’

झडपमा प्रदर्शनकारीतर्फ अर्का एक युवक पनि घाइते भएका छन्। उनी उपचारपछि फर्किसकेको प्रहरीले जनाएको छ। प्रहरीतर्फ सातजना घाइते भएको एआइजी थापाले बताए।

यसैबीच प्रहरीले मन्त्री ज्वालाको गाडी जलाउने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र अराजक शैलीमा सडकमा उत्रिएको आरोपमा ७३ जनालाई पक्राउ गरेको छ। ‘उनीहरूको कसुर स्क्रिनिङ भइरहेको छ। कसुरको प्रकारअनुसार केही तत्कालै छुट्न पनि सक्छन्,’ एआइजी थापाले भने।

इपिएस कोरिया शाखाको कमजोरीले अप्रिय घटना हुन पुगेको ललितपुरका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए।

‘हुन त एउटा निकायले अर्को निकायमाथि दोषारोपण गर्ने समय होइन। तैपनि इपिएस शाखाले बुद्धिमत्ता देखाएको भए यत्रो घटना हुने थिएन,’ उनले भने, ‘उच्च अदालत पाटनले १८ जनालाई आवेदन दिन देऊ भनेपछि त्यही प्रकृतिको योग्यताका सबैलाई आवेदन देऊ भनेको बुझ्नुपर्ने हो। तर शाखाले १८ जनालाई मात्रै आवेदन दिन बोलायो।’

सबैलाई आवेदन दिन लगाएको भए यस्तो दुर्घटना नहुने उनी बताउँछन्। ‘आखिर आज (शुक्रबार) अदालतले नै सबैको आवेदन लिने आदेश दिइहाल्यो,’ पण्डितले भने।

छानबिन समिति गठन

ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको हो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन्। समितिलाई सातदिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

घटनाको भर्त्सना

दुई युवकको ज्यान जानेगरी भएको घटनाको विपक्षी दलहरूले भत्र्सना गरेका छन्। प्रमुख प्रतिपक्षी एमालेले प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडको भत्सर्ना गरेको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा परीक्षामा सामेल हुन पाउनुपर्ने युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारसँग माग गरिएको छ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घटना हुनुमा सरकार दोषी रहेको आरोप लगाएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।  
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस