रुपन्देहीको मर्चवारमा आठ वर्षीय बालिकाको हत्या भएको छ। मर्चवारी गाउँपालिका-१ इस्लामपुरमा हत्या गरिएको अवस्थामा स्थानीय ८ बर्षीया बालिका नन्दनी कुर्मीको शव फेला परेको हो। शुक्रबार देखि हराइरहेकी कुर्मीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट बालिका कुर्मीको हत्या भएको र हत्यामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए।
प्रहरीले बालीका हत्याको आरोपमा मर्चवारी गाउँपालिका-१ महाराजगन्ज बस्ने ३२ वर्षका अखबर अलीलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार स्कुलबाट घर आएर खाजा खाएपछि आफ्नै घर छेउमा खेल्दै गरेकी बालिकालाई अलीले बुवाले काम गर्दै गरेको खेतसम्म लगिदिने भन्दै फकाएर साइकलमा लगेका थिए। तर अलीले बालिकालाई बुवा भएको स्थानमा लगिदिएनन्। बालिकाका बुवा खेतबाट फर्किदा साँझ छोरीलाई घरमा नदेखेपछि सोधखोज गरेका थिए। राती अबेर सम्म पनि बालिका गाउँमा फेला नपरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
राती अबेर गाउँ पुगेको प्रहरीले स्थानीयसँग सोधपुछ गर्दा अलीले साँझ पख बालिकालाई साइकलमा राखेर लगेको बताए। अलिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले बालिकाको शव भएको स्थानका बारेमा जानकारी दिएको प्रहरी नायव उपरीक्षक भट्टले नागरिकलाई बताए। बालिकाको शव मर्चवारी-१ मा पर्ने खुरखुरे घाट नजिकैको पानी जम्ने खोल्सोमा हिलोमा फेला परेको थियो।
हिलोले लतपत अवस्थामा बालिकाको शव फेला परेको स्थानीयले बताएका छन्। जबरजस्ती करणी या करणी प्रयास पछि बालिकाको हत्या गरिएको आशंका स्थानीयले गरेका छन्।
प्रहरी नायव उपरीक्षक भट्टले अनुसन्धान भइरहेको र पोष्टमार्टम रिर्पोट पछि थप कुराहरु खुल्ने बताए। पोष्टमार्टमकालागि बालिकाको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ। बालिका स्थानीय मर्चवार चिल्ड्रेन फ्युचर इङ्गलिस बोर्डिङ स्कुलमा यु.केजी.मा अध्ययनरत थिइन।