चुरे तथा वन क्षेत्रमा दोहन गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष छुटाउन सिरहाको कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेलसहितका जनप्रतिनिधिले पूर्वपश्चिम राजमार्गको बन्दिपुर खण्ड अवरुद्ध पारेका छन्।
चुरे संरक्षित क्षेत्रमा अवैध उत्खनन गर्न सहयोग गरेको आरोपमा डिभिजन वन कार्यालय लहानले शुक्रबार साँझ कर्जन्हा नगरपालिका वडा नम्बर-१ का अध्यक्ष फणिन्द्र पोखरेललाई पक्राउ गरेको थियो।
पक्राउ गरिएका वडा अध्यक्षलाई अनुसन्धान अधिकृतले शुक्रबार राती छोड्न मानेनन्। त्यसपछि मेयर पोखरेलकै नेतृत्वमा शनिबार बिहान १० बजेदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारियो। बन्दिपुरमा रहेको इलाका वन कार्यालयबाट कर्मचारीलाई हटाएर मेयर नेतृत्वको टोलीले ताल्चा लगायो।
मेयर नेतृत्वमा भएको राजमार्ग बन्दका कारण थुप्रै यातायातका साधनहरु बीच बाटोमै रोकिए। हजारौं यात्रुहरू अलपत्र परे। वडा अध्यक्ष नछुटेसम्म राजमार्ग बन्द नखोल्ने अडान लिएपछि वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई मेयर भोला पोखरेलको जिम्मामा छोडेको सूचना अधिकारी राधेश्याम चौधरीले बताए।
‘यो मुद्दाको अनुसन्धान रोकिएको छैन’ सूचना अधिकारी चौधरीले भने,‘मेयरको जिम्मामा लगाए पनि वडा अध्यक्षमाथि प्रतिवादीकै रुपमा अनुसन्धान हुन्छ।’
डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले कानून बमोजिम अनुसन्धान प्रक्रियालाई उत्तेजना बढाएर प्रभावित पार्न खोजिएको बताए।
‘दबाब दिएर अनुसन्धानलाई प्रभावित गर्ने र गैर कानुनी कार्यलाई प्रश्रय दिएर दण्डहीनताले मात्र बढावा पाउँछ। हामीले गैरकानुनी कामलाई नियन्त्रण गर्न खोजेका हौं’ उनले भने,‘अनुसन्धानमै हस्तक्षेप गर्नु अनुचित हो।’
कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेलका अनुसार वडाध्यक्षलाई गैर कानुनी थुनामा राखिएको छ। ‘त्यसकारण हाम्रो नगरपालिकाको जग्गामा रहेको इलाका वन कार्यालय कर्जन्हालाई हटाउँछौं’, उनले भने।