रौतहटमा ट्याङ्कर र अटो एक आपसमा ठोक्किँदा दुई भारतीय नागरिककाे ज्यान गएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका-५ चिडियादह चोक नजिकै पूर्वबाट आउँदै गरेको अटो र पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ट्याङ्कर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार दुई भारतीय नागरिक मृत्यु भएको हो।
मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय पिंकु सिंह र सोही गाउँका २२ वर्षीय अवधेश झा रहेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।
सोमबार राती बागमतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई बाराको अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा अटोमा सवार छ जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये दुई जना सिंह र झाको वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
मृतक दुवै जना भारतबाट अङ्ग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए। साँझ उनीहरु ट्याम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्याङ्करले ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते ट्याम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनी सहनी, चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका असगर देवान र उनका श्रीमती जवाहिर खातुनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरीले ट्याङ्कर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ। मृतक दुवै जनाको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको उनले बताए।