गण्डकीमा हालसम्म १४.३५ प्रतिशत धान रोपाइँ सम्पन्न
०९ असार २०८३
•
२ मिनेट पाठ
गण्डकीमा हालसम्म १४.३५ प्रतिशत धान रोपाइँ सम्पन्न
गण्डकी प्रदेशमा असारको पहिलो सातासम्म करिब साढे १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।




गण्डकी प्रदेशमा असार ५ गतेसम्ममा १४.३५ प्रतिशत मात्र धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ। अघिल्लो वर्ष पनि यो समयमा १४ प्रतिशत नै रोपाइँ भएको थियो।

गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म १३ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको महाशाखाकी कृषि प्रसार अधिकृत बिना पराजुलीले जानकारी दिइन्।

गण्डकीमा बागलुङमा सबैभन्दा धेरै र नवलपुरमा सबैभन्दा कम धान रोपाइँ भएको छ। बागलुङमा ३५ प्रतिशत र नवलपुरमा ४ प्रतिशत धान रोपाइँ भएको पराजुलीले जानकारी दिइन्।

उनका अनुसार कास्कीमा २५ प्रतिशत, म्याग्दीमा २२ प्रतिशत, पर्वतमा १६ प्रतिशत र स्याङ्जामा १२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। लमजुङमा ६.०५ प्रतिशत, तनहुँमा ४.७९ प्रतिशत र गोरखामा ४.३ प्रतिशत रोपाइँ सम्पन्न भएको पराजुलीले बताइन्।

मनसुनको ढिलाइले गण्डकीमा रोपाइँ कम भएको पराजुलीले बताइन्। ‘मनसुन ढिलो भित्रिदा त्यसको प्रभाव रोपाइँमा परेको हो। ‘मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मनसुन ढिलाइ हुने प्रक्षेपण गरेको थियो’,उनले भनिन्,‘सोही अनुसार कृषकहरूले पनि रोपाइँको तयारी ढिलाइ गर्दा अहिलेको रोपाइँ कम देखिएको हो।’  

यस्तै, तोकिएको मितिमा पनि मनसुन नभित्रिनु र भित्रिएको मनसुन पनि कमजोर बन्दा त्यसको प्रभावमा रोपाइँमा परेको उनले बताइन्। यस वर्ष ६ दिन ढिला गरेर असार ५ गते मनसुन भित्रिएको तर अहिले पनि मनसुन कमजोर रहेकाले पर्याप्त पानी नपरेकाले रोपाइँमा असर परेको उनको भनाई छ।

पराजुलीले पछिल्ला वर्षहरूमा रोपाइँको समय पनि पछि सर्दै गएको बताइन्। ‘जलवायु परिवर्तनले पनि रोपाइँमा प्रभाव पार्ने गरेको छ’,उनले थपिन्,‘यसमा किसानले अनुकूलन (एडप्ट) गर्दै जाँदा रोपाइँको समय पछि सर्दै गएको पनि देखिन्छ।’

त्यसबाहेक किसानले रैथाने बालीभन्दा अन्य बालीहरू लगाउन थालेकाले पनि रोपाइँको समय पछि सर्दै गएको हुनसक्ने उनको आँकलन छ। ‘क्रपिङ सिजन पनि पछाडि धकेलिएको छ र क्रपको म्याचुरिटी पिरियड पनि पछि सरेको छ,’उनले भनिन् ।

गण्डकीका धान रोपाइँ हुने जिल्लाहरू मध्ये नवलपुरमा गोरखामा १० हजार ५ सय हेक्टर, लमजुङमा ९ हजार २ सय ९९ हेक्टर, तनहुँमा ८ हजार ५ सय १५ हेक्टर, कास्कीमा १६ हजार २ सय १० हेक्टर, पर्वतमा ७ हजार १ सय ६० हेक्टर, स्याङ्जामा १३ हजार ६ सय ८५ हेक्टर, म्याग्दीमा ३ हजार ८ सय हेक्टर, बागलुङमा ५ हजार ७ सय १० हेक्टर र नवलपुरमा १८ हजार ७ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको उनले जानकारी दिइन्। 

गण्डकीका ११ जिल्लामध्ये हिमालपारिका जिल्लाहरू मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन।
अर्को समाचार
गण्डकीमा २५ प्रतिशत रोपाइँ
१३ असार २०८३
•
२ मिनेट पाठ
गण्डकीमा २५ प्रतिशत रोपाइँ
फाइल तस्वीर
गण्डकी प्रदेशमा हालसम्म करिब २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। असार १२ गते शुक्रबारसम्ममा गण्डकीका ११ जिल्लामध्ये नौ जिल्लामा २४.८६ प्रतिशत धान रोपाइँ सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब तीन प्रतिशतले कम हो। अघिल्लो वर्ष यही समयमा २८.६२ प्रतिशत रोपाइँ भएको थियो।




गण्डकीमा ९३ हजार ६०६ हेक्टर जमिन धान रोपाइँ गर्न योग्य रहेकोमा हालसम्म १३ हजार ४३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको महाशाखाकी कृषि प्रसार अधिकृत बिना पराजुलीले जानकारी दिइन्।

कास्कीमा सबैभन्दा धेरै ४७ प्रतिशत र लमजुङमा सबैभन्दा कम ११ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। बागलुङमा ३८ प्रतिशत, म्याग्दीमा ३५ प्रतिशत, पर्वतमा २१ प्रतिशत, नवलपुरमा २०.९० प्रतिशत, स्याङजामा १९.३६ प्रतिशत, तनहुँमा २० प्रतिशत र गोरखामा ११.५ प्रतिशत रोपाइँ भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कास्कीमा १६ हजार २१० हेक्टर क्षेत्रफलमा धान लगाउने अनुमान गरिएकोमा हालसम्म सात हजार ६१८ हेक्टर जमिनमा धान रोपाइँ भएको छ।

बागलुङमा पाँच हजार ७१० हेक्टरमध्ये दुई हजार १६९ हेक्टर, म्याग्दीमा तीन हजार आठ सय हेक्टरमध्ये एक हजार ३३० हेक्टर, पर्वतमा सात हजार १६० हेक्टरमध्ये एक हजार ५०३ हेक्टर, नवलपुरमा १८ हजार ७२३ हेक्टरमध्ये तीन हजार ९१४ हेक्टर, स्याङ्जामा १३ हजार ६८५ हेक्टरमध्ये दुई हजार ६५० हेक्टर, तनहुँमा आठ हजार ५१५ हेक्टरमध्ये एक हजार ७०३ हेक्टर, गोरखामा १० हजार पाँच सय हेक्टरमध्ये एक हजार २०८ हेक्टर र लमजुङमा नौ हजार २९९ हेक्टरमध्ये एक हजार २२ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको जानकारी महाशाखाकी कृषि विकास अधिकृत बिनाकुमारी पराजुलीले दिइन्।

उनका अनुसार कास्कीमा आठ हजार ५९२ हेक्टर, बागलुङमा तीन हजार ५४१ हेक्टर, म्याग्दीमा दुई हजार ४७०, पर्वतमा पाँच हजार ६५७ हेक्टर, नवलपुरमा १४ हजार ८०९ हेक्टर, स्याङ्जामा ११ हजार ३५ हेक्टर, तनहुँमा ६ हजार ८१२ हेक्टर, गोरखामा नौ हजार २९३ हेक्टर र लमजुङमा आठ हजार २७६ हेक्टर जमिनमा रोपाईं हुन बाँकी छ।

अघिल्लो वर्षको तुलनामा हालसम्म कास्कीमा रोपाइँ केही कम भएको देखिएको छ। यसमा मनसुन भित्रिन ढिलो हुनु, भित्रिएको मनसुन प्रभावकारी नहुनुलगायतका कारण रहेको पराजुलीले बताइन्।

त्यसबाहेक जलवायु परिवर्तनको प्रभाव र त्यसमा किसानले अनुकूलन खोज्दा रोपाइँ तुलनात्मक रूपमा पछि सर्दै गएको उनको दाबी छ। एक त मनसुन भित्रिन ढिलो भएको छ, भित्रिएको मनसुन पनि कमजोर हुँदा पर्याप्त पानीको अभावले गर्दा रोपाइँ ढिलो भएको देखिन्छ।

उनले भनिन्, ‘अर्कोचाहिँ जलवायु परिवर्तनको असरले मनसुनमा पारेको प्रभावप्रति किसान सजग भएर अनुकूलन खोज्ने प्रवृत्ति पनि देखिएको छ। यसले गर्दा किसानले नै रोपाइँ ढिलो गरेको पनि देखिन्छ।’

उनले किसानले रैथाने बालीभन्दा अन्य बाली लगाउन थालेकाले पनि रोपाइँको समय पछि सर्दै गएको हुनसक्ने उनको आकलन छ। ‘बाली काट्ने समय पनि पछाडि धकेलिएको हुँदा बाली पाक्ने समय पनि पछि सरेको छ’, उनले भनिन्।

गण्डकीका ११ जिल्लामध्ये हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस