सर्लाहीको बरहथवामा झडपको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
बरहथवा नगरपालिका-६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर भएकाे प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु थियो।
यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गर्दै छानबिन समिति गठनको लागि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको हो।
यसै गरी घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।
छानबिन समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन्।
यसै बिच सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितको टोली घटनास्थल पुगेको छ। शुक्रबार दिउँसोदेखि मृतक साहको शव स्थानीयले उठ्न दिएका छैनन्। घटनास्थल पुगेका प्रजिअ धमलासहितको टोलीले स्थानीयसित वातावरण शान्त बनाउन पहल गरिरहेका छन्।
बरहथवाको स्थिति अझै तनावग्रस्त रहेको छ। प्रदर्शनकारीहरुले मृतक साहको शवसम्म प्रहरीलाई पुग्न दिएका छैनन्।