नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका पूर्वअध्यक्षहरूले प्रतिष्ठानलाई नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा गाभ्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिष्ठानका पूर्वअध्यक्षहरूले आज पत्रकार सम्मेलन गरी दुई संस्था फरक उद्देश्यले स्थापना भएकाले एकअर्कामा गाभ्नु उचित नहुने धारणा राखे।
दुई प्रतिष्ठान गाभिँदा पर्वतारोहण तथा साहसिक पर्यटन क्षेत्रका समुदाय, सरोकारवाला, अध्ययनरत विद्यार्थीलगायतमा नकारात्मक प्रभाव पर्ने उनीहरूको बुझाइ छ। हिमाल आरोहण, पर्वतारोहण तालिम तथा सो क्षेत्रको अनुसन्धानसहितको पर्वातारोहणसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका प्रतिष्ठान आपसमा गाभिँदा संस्थाको लक्ष्य तथा उद्देश्यमा असर पुग्ने उनीहरूको दाबी छ।
प्रतिष्ठानका पूर्वअध्यक्ष एवं कार्यकारी निर्देशक लाक्पाफुटी शेर्पाले पर्वतारोहणसम्बन्धी शिक्षा सञ्चालनमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै दुई प्रतिष्ठान गाभिँदा पर्वतारोहण क्षेत्रको विकास तथा संरक्षणमा असर पुग्ने धारणा राखे।
प्रतिष्ठानका पूर्वअध्यक्ष प्रेमकुमार श्रेष्ठले नेपालका हिमाल बचाउन प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै दुई प्रतिष्ठानको भूमिका भिन्न–भिन्न रहेकाले गाभिनु पर्वतारोहणको विकास अनुकूल नहुने दाबी गरे।
उनीहरुले दुई प्रतिष्ठान गाभ्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पटक–पटक कुरा राखे पनि सो प्रक्रिया अघि बढाइएकामा दुखेसो व्यक्त गरे। उनीहरूले उक्त निर्णय कार्यान्वयन भए करिब तीन सय विद्यार्थीको भविष्य अन्योलमा पर्ने दाबी गरेका छन्।
उनीहरूले प्रतिष्ठानलाई पर्वतीय क्षेत्रको अध्ययन प्रयोगशालाका रूपमा विकास गर्दै स्वायत्त संस्थाका रूपमा विकास गर्नुपर्ने भन्दै यसका लागि सम्बद्ध सबै सरकारवाला पक्षलाई अपिल गरे।
प्रतिष्ठानमा अध्ययन गरेका स्नातक तहका ३३ जना विद्यार्थीले ६ हजार चार सय ७० मिटरको मेरापिक, स्नातकोत्तर तहका १६ विद्यार्थीले ६ हजार एक सय २६ मिटरको चुलुपिक, १५ विद्यार्थीले ६ हजार एक सय १९ मिटरको लबुचेपिकको अध्ययन तथा अनुसन्धानसहित सफलतापूर्वक आरोहण गरिसकेका छन्।
साथै स्नातक तहका नौजना विद्यार्थीले सात हजार एक सय मिटरको हिमलुङ हिमाल र स्नातक तहका २८ विद्यार्थीले ६ हजार एक सय ४४ मिटरको थोरङ हिमालको अध्ययन अनुसन्धानसहित आरोहण गरिसकेको प्रतिष्ठानले जनाएको छ। –रासस