अहिले सहरिया बालबालिका र किशोरकिशोरीमा ‘बर्थडे’ मनाउनु, वनभोज जानु, साथीसँगी मिलेर रेस्टुरेन्ट जानु फेसनजस्तै भएको छ। हामीले आफ्ना नानीबाबुहरू कहाँकहाँ जान्छन्, केके खान्छन्, कसरी सेलिब्रेसन गर्छन् भन्नेबारे सोधीखोजी वा चियोचर्चो गरेका छौं त? सोधीखोजी गरेका छैनौं भने अब गर्नुपर्ने बेला आएको छ।
काठमाडौं उपत्यकामा गाँजामिश्रित ‘केक’को प्रयोग किशोरकिशोरीमा बढ्दै गइरहेको खुलासा प्रहरीले गरेको छ। ‘अनलाइन प्लेटफर्म’बाट किन्न पाइने गाँजामिश्रित केकका अम्मली विद्यालय र कलेजका छात्रछात्रा बढी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको एक अपरेसनले यस्तो तथ्य फेला पारेको हो।
‘पहिलो कुरा बालबालिका र किशोरकिशोरीले यसरी नशाजन्य पदार्थ सेवन गर्नु आफैंमा डरलाग्दो विषय हो, नशा सेवन गरेर अन्य डरलाग्दा गतिविधिमा लाग्न सक्ने खतरा पनि उत्तिकै हुन्छ,’ एसपी जोशीले भने।
‘डार्क वेब’ शैलीमा धन्दा
ब्युरोले करिब ६ महिनाअघि काठमाडौं उपत्यकामा ‘डार्क वेब’ शैलीमा केकमा लागुऔषध गाँजा राखेर कारोबार भइरहेको सूचना पाएको थियो। ‘डार्क वेब’ प्रविधिको विकाससँगै लागुऔषध बजार र उपभोक्ताले अपनाएको नवीन शैली हो। जसमा उत्पादक/कारोबारी र उपभोक्ताले एकदमै गोप्य अनलाइन प्लेटफर्ममा जोडिएर मोलमोलाइ गर्छन्। त्यसपछि रकम र पार्सल आदानप्रदान हुन्छ।
यो कारोबारलाई ‘ट्रेस’ गर्न नियामक निकायलाई अत्यन्त कठिन हुन्छ। काठमाडौं उपत्यकामा गाँजामिश्रित केकको कारोबार ‘डार्क वेब’ शैलीमा भएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले बताए।
उनले भने, ‘हामीले सूचना पाएपछि गम्भीर भएर अपरेसन थाल्यौं। लामै कसरतपछि बल्ल एउटा केस हात लागेको छ।’
मानन्धरले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ब्याम्ब-ओङग नेपाल’ नामक एकाउन्ट बनाएर ग्राहकसँग सम्पर्क गरेको पाइएको छ। यो एकाउन्ट उनले एकदमै गोप्य शैलीमा चलाएका थिए। त्यसको फलोअर्स ६१४ जना रहेको प्रहरीले जनाएको छ।
मानन्धरले सम्पर्कमा आएका ग्राहकलाई अनलाइनमार्फत अर्डर लिएर गाँजामिश्रित केक दिने गरेको ब्युरोको अनुसन्धानले देखाएको छ। केक पुर्याउँदा पनि उनले निकै सावधानी अपाउने गरेका थिए।
‘मानन्धरले पार्सल पुर्याउन जाँदा इन्ड्राइभर (राइडिङ सेवा प्लेटफर्म) को प्रयोग गर्ने र मागकर्ताकै हातमा नदिने रहेछन्। कहीं छाडेर अनलाइनमा कोड पठाएर लिन लगाउने रहेछन्,’ एसएसपी थपलियाले भने।
यसरी सकेसम्म मागकर्ता र आपूर्तिकर्ताबीच पनि भौतिक चिनजान नहुने तरिकाले कारोबार हुने गरेको उनले बताए।
एसएसपी थपलियाका अनुसार कलेज र होस्टेलबाट ब्याम्ब ओङग आइडीबारे शंकास्पद जानकारी आएपछि ब्युरोबाट अनुसन्धानमा खटिएको टोलीले आफैं एउटा आइडी बनाएर त्यसमा फलोअर्स बन्ने कोसिस गरेको थियो। तर मानन्धरले ‘इन्ट्री’ नै दिएनन्। त्यसपछि ब्युरोले नेपाल प्रहरीको साइबर ब्युरोको सहयोग लिन पुग्यो।
मानन्धर बिबिएस अध्ययनरत विद्यार्थीसमेत हुन। उनले एक वर्षदेखि यो कारोबार गरिरहेको बयान दिएका छन्। उनले ‘द इपिपह्यान्सी ब्रेड’, ‘ह्याप्पी कप्स’, ‘बज लाइट इयर’ ‘नास्टी क्यान्डी’ लगायत नामका केक बनाउने गरेको खुलेको छ। उनले यस्तो व्यापार योजना कहाँबाट सिके भन्ने अझै खुलेको छैन। उनी एक्लै हुन् वा अन्य सहयोगी छन् भन्ने पनि खुलेको छैन।

‘निकै डरलाग्दो तथ्य देखिएको छ। अनलाइन प्लेटफर्मबाट केकमै गाँजा मिसाएर कारोबार भइरहेको छ,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले भने, ‘प्रयोगकर्ता होस्टेलमा बस्ने, विद्यालय र कलेजमा पढ्ने बालबालिका र किशोरकिशोरी छन्।’केकमै लागुऔषध राखेर बिक्री गर्नु र प्रयोग हुनु डरलाग्दो विषय भएको उनले बताए।
‘पहिलो कुरा बालबालिका र किशोरकिशोरीले यसरी नशाजन्य पदार्थ सेवन गर्नु आफैंमा डरलाग्दो विषय हो, नशा सेवन गरेर अन्य डरलाग्दा गतिविधिमा लाग्न सक्ने खतरा पनि उत्तिकै हुन्छ,’ एसपी जोशीले भने।
‘डार्क वेब’ शैलीमा धन्दा
ब्युरोले करिब ६ महिनाअघि काठमाडौं उपत्यकामा ‘डार्क वेब’ शैलीमा केकमा लागुऔषध गाँजा राखेर कारोबार भइरहेको सूचना पाएको थियो। ‘डार्क वेब’ प्रविधिको विकाससँगै लागुऔषध बजार र उपभोक्ताले अपनाएको नवीन शैली हो। जसमा उत्पादक/कारोबारी र उपभोक्ताले एकदमै गोप्य अनलाइन प्लेटफर्ममा जोडिएर मोलमोलाइ गर्छन्। त्यसपछि रकम र पार्सल आदानप्रदान हुन्छ।
यो कारोबारलाई ‘ट्रेस’ गर्न नियामक निकायलाई अत्यन्त कठिन हुन्छ। काठमाडौं उपत्यकामा गाँजामिश्रित केकको कारोबार ‘डार्क वेब’ शैलीमा भएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले बताए।
उनले भने, ‘हामीले सूचना पाएपछि गम्भीर भएर अपरेसन थाल्यौं। लामै कसरतपछि बल्ल एउटा केस हात लागेको छ।’
ब्युरोले आइतबार यस्तो कारोबारमा संलग्न २६ वर्षीय विशन मानन्धरलाई सार्वजनिक गरेको छ। मानन्धरलाई शुक्रबार काठमाडौं महानगरपालिका-२९, घट्टेकुलोबाट बाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।उनले घरको कोठामा गाँजामिश्रित केक बनाउने उद्योग चलाएको प्रहरीले भेटाएको छ। मानन्धरको घरबाट प्रहरीले केकमा हाल्न तयार पारिएको गाँजाको धुलो, केकको झोल, चार किलोग्राम गाँजा, डिजिटल तराजु, इलेक्ट्रिक ओभनसहित केक बनाउन चाहिने सामग्री बरामद गरेको छ।
मानन्धरले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ब्याम्ब-ओङग नेपाल’ नामक एकाउन्ट बनाएर ग्राहकसँग सम्पर्क गरेको पाइएको छ। यो एकाउन्ट उनले एकदमै गोप्य शैलीमा चलाएका थिए। त्यसको फलोअर्स ६१४ जना रहेको प्रहरीले जनाएको छ।
‘ती पनि लगभग सहजै थाहा नपाइने किसिमका छन्। ग्राहक बन्दा पनि पूरै जाँचबुझ गरेर मात्र एकाउन्टमा जोडिने रहेछ,’ एसएसपी थपलियाले भने, ‘पुराना ग्राहकको माध्यमबाट विश्वास दिलाएर मात्र नयाँ ग्राहक थप्ने गरेको देखियो।’ब्याम्ब-ओङग नेपालको फलोअर्समध्ये धेरै बालबालिका र किशोरकिशोरी रहेको प्रहरीले पाएको छ।
मानन्धरले सम्पर्कमा आएका ग्राहकलाई अनलाइनमार्फत अर्डर लिएर गाँजामिश्रित केक दिने गरेको ब्युरोको अनुसन्धानले देखाएको छ। केक पुर्याउँदा पनि उनले निकै सावधानी अपाउने गरेका थिए।
‘मानन्धरले पार्सल पुर्याउन जाँदा इन्ड्राइभर (राइडिङ सेवा प्लेटफर्म) को प्रयोग गर्ने र मागकर्ताकै हातमा नदिने रहेछन्। कहीं छाडेर अनलाइनमा कोड पठाएर लिन लगाउने रहेछन्,’ एसएसपी थपलियाले भने।
यसरी सकेसम्म मागकर्ता र आपूर्तिकर्ताबीच पनि भौतिक चिनजान नहुने तरिकाले कारोबार हुने गरेको उनले बताए।
एसएसपी थपलियाका अनुसार कलेज र होस्टेलबाट ब्याम्ब ओङग आइडीबारे शंकास्पद जानकारी आएपछि ब्युरोबाट अनुसन्धानमा खटिएको टोलीले आफैं एउटा आइडी बनाएर त्यसमा फलोअर्स बन्ने कोसिस गरेको थियो। तर मानन्धरले ‘इन्ट्री’ नै दिएनन्। त्यसपछि ब्युरोले नेपाल प्रहरीको साइबर ब्युरोको सहयोग लिन पुग्यो।
‘त्यहाँ पुगेपछि बल्ल केही फलोअर्सबारे पत्ता लाग्यो। तीनै फलोअर्सको सहायतमा अर्डर लिएर मुख्य कारोबारीसम्म पुग्ने कोसिस गर्यौं,’ एसएसपी थपलियाले भने, ‘पहिलो प्रयास असफल भयो। डार्क वेब शैलीमा काम गर्ने उनले हामीलाई झुक्याए।’अर्को प्रयासमा बल्ल ब्युरो मानन्धरबारे सुराक पाउन सफल भयो। त्यसपछि उनलाई घरमै पुगेर पक्राउ गरिएको हो।
मानन्धर बिबिएस अध्ययनरत विद्यार्थीसमेत हुन। उनले एक वर्षदेखि यो कारोबार गरिरहेको बयान दिएका छन्। उनले ‘द इपिपह्यान्सी ब्रेड’, ‘ह्याप्पी कप्स’, ‘बज लाइट इयर’ ‘नास्टी क्यान्डी’ लगायत नामका केक बनाउने गरेको खुलेको छ। उनले यस्तो व्यापार योजना कहाँबाट सिके भन्ने अझै खुलेको छैन। उनी एक्लै हुन् वा अन्य सहयोगी छन् भन्ने पनि खुलेको छैन।
यसरी काठमाडौं उपत्यकामा ‘डार्क वेब’ शैलीमा लागुऔषध कारोबार गर्ने अरू पनि हुन सक्ने ब्युरोको अनुमान छ। ‘नेपालमा डार्क वेब शैलीमा कारोबार भएको यो पहिलो घटना हो। यस्ता कारोबारी अरू पनि हुन सक्छन्।समुदायले सचेत भएर प्रहरीलाई खबर गरे रोकथाममा सहज हुन्छ,’ एसएसपी थपलियाले भने। मानन्धरलाई ब्युरोले लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध कारोबार कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।