वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला
०६ फागुन २०७४
•
६ मिनेट पाठ
वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला
खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।




आक्षेप र पारिवारिक समस्याका कारण अप्ठ्यारोमा परेका महिलाले मनोसामाजिक परामर्श लिएर तनाव व्यवस्थापनमा लागेको बताएका छन् । वैदेशिक रोजगारीका कारण निम्तिएको समस्याले अप्ठ्यारोमा परेका बेलामा परिवारकै साथ नपाउँदा कतिपय महिला डिप्रेसनको सिकार भएका, कतिपय महिलाले ज्यान नै गुमाएको र परिवार विखण्डन भइरहेको तथ्यलाई ध्यानमा राखेर सुरक्षित आप्रवासन परियोजना (सामी) र बाल सेवा समाज नेपाल खोटाङले विभिन्न गाउँमा मनोसामाजिक परामर्श कक्षा चलाएका छन् ।

वैदेशिक रोजगारीमा संलग्न दिक्तेलबारीका १२ महिलालाई ७ सेसनसम्म सञ्चालन हुने मनोसामाजिक परामर्शको व्यवस्था मिलाइएको जनाइएको छ । वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव कम गर्दै सुखी र उत्साहपूर्ण जीवन जिउने वातावरण निर्माणका लागि मनोसामाजिक परामर्शको व्यवस्था गरिएको बाल सेवा समाजकी मनोसामाजिक परामर्शकर्ता गायत्री तामाङले बताइन् ।

वैदेशिक रोजगारमा संलग्न परिवारका महिला सहभागीलाई मनोसामाजिक परामर्शका क्रममा अरुको कुरा काट्न नहुने, परिवारका सदस्यसँग मिलेर बस्ने, पतिले पठाएको पैसाको हिसाब पारदर्शी राख्ने, घरको काम बाँडफाँट गरेर गर्ने, तनाव हुँदा पानी पिउनेलगायतका विषयमा जानकारी दिइन्छ । यस्तै, सहभागीलाई तनाव व्यवस्थापनका लागि महिलालाई तनावरहित व्यायम गर्न समेत सिकाउने गरिएको मनोसामाजिक परामर्शकर्ता तामाङले बताइन् ।

‘आपसमा वैदेशिक रोजगारीका कारण खेप्नुपरेको समस्याका विषयमा छलफल गर्छन्, कारण पहिल्याउँछन् र समाधानको उपाय खोज्ने गरेका छन्,’ तामाङले भनिन्, ‘महिलाले कुरा काट्ने बानी छाडे, परिवारका हरेक सदस्यसँग सुमधुर सम्बन्ध कायम गरेर सुखदुःख साटासाट गर्ने थाले, निराशा त्यागेर जीवनलाई सुखी बनाउने आँट कस्छन् ।’

मनोसामाजिक परामर्श प्राप्त भएपछि बालबच्चालाई कुटपिट गर्ने, गाली गर्ने, एकअर्काको कुरा काट्ने बानीमा सुधार आएको सहभागी महिला बताउँछन् । मनोसामाजिक परामर्शका क्रममा घरको काम बाँडेर गर्ने, सुखदुःख मिलेर साटासाट गर्ने, पतिलाई पोल सुनाउन नहुनेलगायतका विषयमा जानकारी हासिल गरेको स्थानीय सरिता आचार्यले बताइन् । ‘खुकुरीले काटे औषधि हुन्छ, तर कुराले काटे मान्छे मार्दो रहेछ,’ आचार्यले भनिन्, ‘धेरै टेन्सन भएपछि मरौं कि के गरौं हुन्थ्यो । अहिले सोच फेरिएको छ । टेन्सन हटाउन सकिँदो रहेछ ।’

वैदेशिक रोजगारीका कारण अनावश्यक तनाव झेल्न बाध्य महिलाका लागि रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेलबारी, पाथेका, दोर्पाचिउरीडाँडा र निर्मलीडाँडामा मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारीका कारण तनाव खेपिरहेका नगरपालिकाभित्र १६ समूहमा आबद्ध महिलालाई तनाव व्यवस्थापनका विषयमा कार्यक्रम चलाइएको सामीले जनाएको छ ।

सम्पत्ति भित्र्याउने सपनामा पति ऋणको भारी बोकेर परिवार त्यागेर कतार, मलेसिया, दुबईलगायतका मुलुक पुग्छन् । यता, घर व्यवहार सम्हाल्न बसेकी पत्नीले मेलापात र अर्मपर्मका लागि वरपरका आफन्तकै साहरा लिनुपर्ने अवस्था हुन्छ । यो क्रम बढ्दै गएपछि महिलामाथि शंकालु नजरले हेर्न सुरु गरिन्छ, कुरा काट्न सुरु गरिन्छ । पति साथमा नभएकै आधारमा उठाइने प्रश्नको प्रतिरोध गर्न नसक्दा सुन्दर सपना बोकेका कतिपय परिवार विखण्डनको सिकार भइरहेका छन् ।

कतिपय महिला अनावश्यक तनाव झेल्न बाध्य छन् । त्यही तनावका बीचमा उनीहरुका परिवारका सदस्यसँग झगडा हुने, पतिसँग फोनमै बाझाबाझ चल्ने, बालबच्चालाई कुटपिट गर्ने, डिप्रेसन हुने र कतिपयले आत्महत्यासमेत गर्ने गरेका छन् । वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव बढ्दै जाँदा कतिपय महिलाले डिप्रेसनको औषधि सेवन गर्ने गरेको पाइएको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस