काठमाडौं आइपुग्यो ६ लाख लाइसेन्स कार्ड
२७ पौष २०८०
•
२ मिनेट पाठ
काठमाडौं आइपुग्यो ६ लाख लाइसेन्स कार्ड
कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्न नसकिरहेको यातायात व्यवस्था विभागलाई राहत मिलेको छ। लाइसेन्स छाप्ने ६ लाख कार्ड काठमाडौँमा आइपुगेको छ। यसबाट विभागलाई राहत मिल्ने भएको हो। जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान काठमाडौँमा कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए। अहिले विभागसँग कार्ड करिब ४५ हजार मात्र कार्य छन्। तर परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेर लाइसेन्सको प्रतीक्षामा रहेकाको संख्या भने १४ लाख ५८ हजार छ।




म्युह्लवार कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा शुक्रबार नेपाल आइपुगेको हो। बाँकी ६ लाख कार्ड ४५ दिनभित्र अर्को चरणमा आउने विभागले जनाएको छ। रिजालका अनुसार माघ पहिलो साताबाट लाइसेन्स छपाइ सुरु हुनेछ। त्यस लगत्तै सेवाग्राहीहरूलाई लाइसेन्स वितरण सुरु गरिने विभागको भनाइ छ।

विभागसँग भएको मेसिनलाई चौबिसै घन्टा चलाए पनि विभागसँग एक दिनमा ७ हजार लाइसेन्स छाप्ने क्षमता रहेको रिजालले बताए। ‘कार्ड आउने बित्तिकै ल्याब टेस्ट गर्न फेरि जर्मनी नै पठाउँछौँ। कार्ड फेरि यहाँ आइपुग्न करिब एक साता लाग्छ,’ रिजालले भने, ‘त्यस लगत्तै छपाइ सुरु गर्छौँ।’ कार्डको ल्याब टेस्टको ठेक्का पनि जर्मनकै कम्पनीले पाएको छ।

पछिल्ला ६ महिनायता लाइसेन्स छपाइ ठप्प भएको छ। अहिले दैनिक ४ देखि ५ हजारसम्मले लाइसेन्स परीक्षा उत्तीर्ण तथा नवीकरण गर्ने गरेका छन्। विभागका अनुसार तत्कालै कार्ड छाप्न नयाँ मेसिन पनि खरिद गर्न लागिएको छ। अहिले त्यसका लागि ठेक्का मूल्याङ्कन भइरहेको विभागको भनाइ छ। आगामी वैशाखबाट लाइसेन्स वितरणको समस्या कम हुने रिजालको भनाइ छ। ‘वैशाखसम्म नयाँ मेसिनबाट छपाइ सुरु हुनेछ। त्यसबाहेक प्रदेश सरकारहरूले पनि कार्ड छपाइ सुरु गर्नेछन्,’ रिजालले भने।

अहिले विभागले निकै सीमित संख्यामा वैदेशिक रोजगारमा र विदेश अध्ययन गर्न जानेहरूलाई मात्र लाइसेन्स दिने गरेको छ। यो संख्या दैनिक साढे ३०० देखि ४०० सम्म हुने गरेको छ। यसमा पनि अनियमितता हुने गरेको पाइएको छ। विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै छ।
अर्को समाचार
जर्मनीबाट ६ लाख लाइसेन्स कार्ड आज आउँदै
२६ पौष २०८०
•
१ मिनेट पाठ
जर्मनीबाट ६ लाख लाइसेन्स कार्ड आज आउँदै
जर्मनीको म्युह्लवार कम्पनीले ६ लाख लाइसेन्स (चालक अनुमति पत्र) छाप्ने कार्ड बिहीबार काठमाडौँमा पठाउँदै छ। उक्त कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड बिहीबार पठाउन लागेको हो। बाँकी ६ लाख कार्ड ४५ दिन भित्र पठाउने भएको छ।




विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जर्मनीबाट ६लाख कार्ड कतार एयरलाइसेन्सबाट आउन लागेको बताए। उनका अनुसार माघ महिनाको पहिलो हप्ताबाट कार्ड छापिन सुरु गरिने छ। विभागसँग भएको मेसिनलाई चौबिसै घण्टा चलाए पनि विभागसँग एक दिनमा ७ हजार कार्ड छाप्ने क्षमता रहेको रिजालले जनाए। ‘कार्ड आउने बित्तिकै कार्डको ल्याब टेस्ट गर्न फेरि जर्मन पठाउँछौ। जर्मन पुगेर आउन करिब एक हप्ता लाग्छ’रिजालले भने,‘त्यसपछि लगत्तै छपाई सुरु गछौ।’ विभागका अनुसार अहिले कार्डको प्रतीक्षामा १४ लाख ५८ हजार सवारी चालक अनुमति पत्र पास भएका तथा नवीकरण गरेका  सवारी चालक छन्।

विभागका अनुसार पछिल्लो ६ महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको छ। अहिले विभागले निकै सीमित संख्यामा वैदेशिक रोजगारमा र विदेश अध्ययन गर्न जाने व्यक्तिहरूलाई लाइसेन्स दिने गरेको छ। यसमा पनि आर्थिक चलखेल हुने गरेको पाइएको छ।

यो संख्या दैनिक साढे ३सय देखि ४सय सम्म हुने गरेको छ। विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असार महिना देखि लाइसेन्स छाप्ने काम ठप्प भएको हो।

विभागसँग भएका सीमित कार्डबाट निकै थोरै संख्यामा कार्ड छाप्ने काम भइरहेको छ। विभागका अनुसार अहिले दैनिक ४ देखि ५ हजारसम्म व्यक्तिले लाइसेन्स पास तथा नवीकरण गर्ने गरेका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस