दाङ बस दुर्घटनाका ९ जना घाइतेलाई बुटवल ल्याइएको छ। ८ जनाको बुटवल स्थित चौराह अस्पताल र १ जनाको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश कार्यालयका अनुसार दुर्घटनाका घाइतेहरू घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।
बुटवलको सुख्खानगर स्थित चौराहा अस्पतालमा दुर्घटनामा घाइते भएका काठमाडौंका सुभाष शाक्य, काठमाडौंकी ४५ वर्षीय राधा शर्मा पाण्डे र उनकी ११ वर्षकी छोरी आज्ञा पाण्डे, काठमाडौंकै ३८ वर्षीय मञ्जु शर्मा, काठमाडौंकै २३ बर्षीया सञ्जु बढुवाल, डोल्पाका धनकली बुढा, जुम्लाका १९ वर्षीय विशाल बोहोरा र ठेगाना नखुलेका मान बहादुर को उपचार भइरहेको छ।
रौतहटका २६ वर्षीय सञ्जय कार्कीको बुटवलकै सिटी अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये सञ्जु बढुवालको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको जानकारी अस्पतालले दिएको प्रहरीले बताएको छ।
भे १ ख ३९१२ नम्बरको बस हिजो राती दाङको भलुवाङस्थित राप्ती पुलबाट नदिमा खसेको थियो। दुर्घटनामा १२ को मृत्यु भएको छ। २२ जना घाइते भएका छन्।
घाइते मध्ये केही हाताहाती भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश कार्यालयका प्रमुख एसपी कृष्ण प्रसाईंले बताए। घाइते मध्ये १० जनालाई बुटवल ल्याइएको र केहीलाई नेपालगन्ज र सामान्य घाइते केहीको दाङमै उपचार भइरहेको एसपी प्रसाईंले जानकारी दिए।