रोगले थलिएर स्वदेश फर्कनेहरू भन्छन्...
०१ माघ २०८०
•
७ मिनेट पाठ
रोगले थलिएर स्वदेश फर्कनेहरू भन्छन्...
‘छोरी वर्ष दिन पनि पुगेकी छैन, बिहे भाकोे दुई वर्ष हुँदै छ। परिवारकै लागि विदेश गएको थिएँ’, रोग लागेर स्वदेश फर्किएका एक युवाले भने, ‘म घरको एक्लो छोरा हुँ। बुढी आमालाई मेरै चिन्ताले चितामा पुर्‍याउला भन्ने ठुलो डर छ। हरेस् नखाएकी श्रीमती नआत्तिनु म छु नि भन्छिन्, तर डाक्टर साब हार मानिसके।’

स्वदेशमा रोजगार नभएपछि मलेसिया पुगेको पाँच महिना नपुग्दै देश फर्किएका संखुवासभाका २५ वर्षीय योगेन्द्र रोका हुन्। सानै उमेरमा रोगसँग लडिरहेका उनी अहिले शिक्षण अस्पतालको शय्यामा लडिरहेका छन्। उनलाई बोनम्यारो सुक्ने रोग लागेको छ।

गत वर्षको फागुनमा उनी १४ दिनकी छोरी छाडेर विदेश गएका थिए। उनी १८ वर्षकै उमेरमा दुई वर्ष कतार र २९ महिना साउदी अरेबिया बसेर स्वदेश फिर्ता भएका थिए। कमाउन बिदेसिएका रोका राम्रो आम्दानी नभएकै कारण कतार र साउदी अरेबियामा धेरै समय बस्न सकेका थिएनन्। परिवारमा चार दिदीबहिनीमध्ये उनी कान्छा भाइ हुन्। रोका परिवारमा सबै छोरीको घरबार भइसकेको थियो। परिवारको आर्थिक भार थेग्ने भनेकै उनी मात्रै थिए।

‘बुवा तारन्तार बिरामीकै कारण १८ वर्ष नलाग्दै विदेश जान बाध्य भए। सबै दिदीको बिहे भइसकेको थियो’, अस्पताल शय्यामा रहेका रोकाले भने, ‘कतार गएको केही समयमै बुबाको मृत्यु भयो। परिवार सबै शोकमा थिए। कमाई मेरो राम्रो थिएन। कतारबाट ल्याएको पैसा कजकिरियामै सकियो।’

नेपालमा केही काम नपाएपछि पुनः साउदी अरेबिया फर्किएका रोका भन्छन्, ‘घरमा आमा एक्लै भएकाले बिहे गरेको थिएँ। छोरी र श्रीमतीसँगै बस्ने राम्रो अवसर मिलेको पनि थिएन। मेलेसिया आएको केही महिनामै ठुलो रोग लाग्यो। शरीरमा रगत जम्न र दाग देखिन थाल्यो।’

परिवारको आर्थिक भार सम्हाल्न मलेसिया पुगेका उनले उपचारका दौरान पनि काम गर्न छाडेनन्। शरीरमा रगतको मात्रा कम भएपछि अस्पताल जाँदै रगत हाल्दै काम गरेको उनले बताए।

‘मलेसियामा जाली बनाउने काम थियो। राम्रो कम्पनी परेको थियो। काममा धेरै खट्नुपर्ने थिएन। कतार र साउदी अरेबियाभन्दा मलेसियामा राम्रो आम्दानी थियो’, उनले भने, ‘परिवारमा छोरी जन्मिएकोमा छुट्टै खुसी थियो। त्यो खुसी धेरै दिन रहेन। मलेसिया गएपछि राम्रो कमाइ भए पनि शरीरमा ठुलो रोग लाग्यो।’

गत भदौ २७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै अस्पतालमा भर्ना भएको उनले जानकारी गराए। ‘मलेसियाबाट नेपाल फर्किएपछि ६९ दिन अस्पतालनै बसें। डाक्टरले ४÷५ लाखको औषधी खाए हुन्छ भन्नुभएको थियो। तर ८-९ लाखको औषधी खाइसक्दा पनि निको हुन सकिनँ। फेरि १७ लाखको उपचार चलाउनुपर्छ भनेका छन्। त्यो पनि भएन भने बोनम्यारो नै परिवर्तन गर्नुपर्छ रे? त्यसका लागि अस्पतालले ३० लाख चाहिन्छ भनेको छ। कहाँबाट ल्याउनु त्यतिका पैसा ? ८-९ लाख सकिँदा जोगी भइसकियो’, शिक्षण अस्पतालको शय्यामा मृत्युसँग लडिरहेका रोकाले भने।  

अस्पतालमा आफूलाई लागेको रोगभन्दा पनि बढी चिन्ता परिवारको लागेको उनी बताउँछन्। वैदेशिक रोजगार बोर्डबाट अंगभंग तथा बिरामीका नाममा रोकाले सात लाख रुपैयाँ आर्थिक सहायता पाएका थिए। त्यो पैसा उनका लागि एक रात झैं भयो।

रोकाले लामो सास फेर्दै भने, ‘सानै उमेरमा कस्तो डरलाग्दो रोग लाग्यो ? घरमा कमाइधमाइ गर्ने आफू मात्र हो। मेरो ताल यस्तो छ। म निको हुने आशाले आमाले ऋणको चुली पार्नु भइसक्यो। बोर्डबाट आएको पैसा कता गयो पत्तै भएन। सरकारी अस्पताल भनेर पनि के गर्नु विभिन्न चेकजाँच भनेर पैसाको खोलो लागेको छ।’

साथीभाइ र गाउँघरमा सहयोग माग्दै करिब ६० हजार संकलन भएको उनले बताए। ‘पराइघरमा गएकी चेलीबेटीबाट पनि धेरै साथसहयोग पाएको छु। उनीहरू पनि आर्थिक अवस्थामा कमजोर नै छन्’, उनले भने, ‘पैसा भए उपचार छ। पैसा छैन भने मर्नुको विकल्प छैन। एकदुई लाख मात्रै हो र ? गाउँघरको सम्पत्ति बेचेमा दुईतीन लाखबाहेक अरु आउँदैन। परिवारको बासै के उठाउनु ? पैसा जुटाउने कुनै माध्यम नै छैन।’

गरिबका घरमा पहुना त आउँदैनन्। बीसौँ–तीसौँ लाख कसले सहयोग गर्छ र? हप्ता दिनमा ‘एक प्याकेट’ रगतको पोका हाल्नुपरेको उनी बताउँछन्। ‘ज्वरो आएपछि रगतको मात्रा ह्वात्तै घट्छ। यो रोग नै यस्तै रहेछ। यस्तो रोग शत्रुलाई पनि नलागोस्’, उनले सुनाए।

रोकाजस्तै वैदेशिक रोजगारीमा दुई वर्षपहिले कुबेत पुगेका मोरङका नाम बताउन नचाहने एक पुरुष थिए। उनी पनि कुबेत पुगेको ६ महिनामै ठुलो रोग लागेर स्वदेश फर्किए। ती ३६ वर्षीय पुरुषको दुवै मिर्गौला फेलका कारण स्वदेश फर्किएका हुन्।

उनी अविवाहित हुन्। उनको जीवनमा आफ्नो भन्ने आमाबाबुबाहेक कोही छैनन्। उनी मिर्गौला फेल भएर स्वदेश फर्किएलगत्तै काठमाडौंमा बहिनीज्वाइँको डेरामा बस्दै आएका छन्। उनको हेरचाह आमा र बहिनीले गरेका छन् भने अस्पतालको काममा ज्वाइँ खट्ने गरेको उनले बताए।

उनले विदेश जानुअघि स्वदेशमै लामो दूरीको बस चलाउने गरेका थिए। स्वदेशमा आम्दानी राम्रो भए पनि पैसा बचत नहुँदा बिदेसिनुपरेको तिनले बताए। ‘विदेश र स्वदेशमा उस्तै–उस्तै कमाइ थियो। नेपालमा हुँदा पैसा जोहो गर्नै नसकिने। विदेशमा त्यो पैसा बच्थ्यो’, उनले भने, ‘कहिल्यै औषधी नखाएको मान्छे एकैचोटि कुबेत पुगेको पाँच महिनापछि बिरामी पर्न थाले। पिसाब लागिरहने, खाना नरुच्ने, थकाइ मात्रै लाग्ने र धेरै गाह्रो भएपछि प्राइभेटमै उपचार गराउँदा त्यहाँको डाक्टर साबले दुवै मिर्गौलामा इन्फेक्सन छ भने। धेरै गाह्रो हुँदै गएपछि मिर्गौला फेल भएको थाहा पाउँदा आफैं होसमा रहिन।’

उनले भने, ‘कति दिन त्यहाँ बस्नु आफ्नो पैसाले उपचार गर्न पुग्दैनथ्यो। केही समय साथीभाइले सहयोग गरेका थिए। समयमै उपचार नहुँदा रोगले गलाइसकेको थियो। कि उपचार गर्दे कि त स्वदेश फर्काइ दे भनेर काम गर्ने कम्पनीसँग कराएँ पनि। कम्पनीले महिना लगाएर स्वदेश फर्कायो। तर मभित्रको रोगले मलाई लडाइसकेको थियो।’

ती पुरुषका पिता पनि मधुमेह र रक्तचापका बिरामी हुन्। परिवारका लागि विदेश गएका उनी आज ठाडै लडेका छन्। उनको परिवारमा ठुलो बज्रपात परेको छ। उनी २०६५ सालबाटै ड्राइभिङ गर्दै आएका थिए। उनले कुबेतमा पनि गाडी नै चलाउने गरेका बताए। एक्लैले परिवार धान्दै आएका उनलाई अहिले पूरै परिवारको साथ हुँदा पनि निको नहुने रोग लागेको छ।

अब केही दिनमै बिरामी पुरुषलाई उनकी आमाले एक मिर्गाैला दिने भएको उनले खुलाए। ‘दुवै मिर्गौला फेलका कारण डाक्टर साबले परिवारको एक सदस्यबाट मिर्गौला फेर्न मिल्छ भनेका छन्। फेरेको मिर्गौलामा मानिसको आयु १ वर्ष हुन्छ रे? आमाको मिर्गौला मेरो शरीरमा आउँछ। सानो छँदा त कति दुःख दिए होला? आमालाई ठुलो भएपछि पनि दुःख दिन छाडेको छैन। धेरै दुःख लाग्छ। के गर्नु अरू उपाए छैन’, ती पुरुषले भने।

उनले सिनामंगलस्थीत केएमसी अस्पतालमा उपचारसँगै हप्ताको दुई दिन आइतबार र बुधबार डायलासिस गर्दै आएका छन्। उपचारकै क्रममा ६-७ लाख खर्च भएको ती पुरुषले जानकारी गराए। रोकाजस्तै उनलाई पनि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताका लागि सात लाख प्रदान गरेको छ।

आर्थिक अवस्थाकै कारण बिदेसिएका उनीहरू मात्रै नभएर अरू थुप्रै युवाले वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएर स्वदेश फर्किनुपरेको छ। खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौला रोगको खतरा बढी हुने गरेको वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले जानकारी दिए।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार गर्मी ठाउँ, भवनबाहिर काम गर्ने र धुलोको सामना गर्नुपर्नेहरूमा पनि मिर्गौला रोगको जोखिम बढी देखिएको छ।

रोजीरोटीका लागि रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्। यसरी बिदेसिएका नेपालीमध्ये कडा खालको रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ।

मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी घाइते हुने गरेका छन्। कतिपयले ज्यानै गुमाएका छन्। विशेषगरी खाडी मुलुकमा गएका नेपालीले बढी सास्ती पाएका छन्।

वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेको उप्रेतीले बताए।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग भई स्वदेश फर्किएर बोर्डबाट आर्थिक सहायता पाएका संख्या मात्रै दुई सय २१ जना रहेको छ। 

वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएका व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्न श्रम स्वीकृत गरेको हुनुपर्ने, श्रम स्वीकृतिको नविकरण गरेसँगै बिरामी र मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने बोर्डको कानुनी प्रक्रिया रहेको छ। उक्त तथ्यांक बोर्डबाट आर्थिक सहायता पाएकाहरूको मात्र हो।
अर्को समाचार
राजकीय भ्रमण सकाएर फर्किए कतारका राजा थानी
१२ वैशाख २०८१
•
१ मिनेट पाठ
राजकीय भ्रमण सकाएर फर्किए कतारका राजा थानी
कतारका राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर आज स्वदेश फर्किएका छन्। उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित थिए।

कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी मङ्गलबार काठमाडौँ आइपुगेका थिए। कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेमन थिए। भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गरेका थिए।

आज प्रधानमन्त्री दाहाल र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदुतावास स्थापना गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस