इलामको प्रसिद्ध धार्मिक स्थल माइबेनीमा माघे सङ्क्रान्ति अवसरमा मेला लागेको छ। मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडी लगायत स्थानबाट समेत हजारौँ भक्तजन भेला भएका छन्।
माई, पुवामाई र जोगमाई खोलाको सङ्गम माइबेनीमा हरेक माघे सङ्क्रान्तिमा तीन दिन ठूलो धार्मिक मेला लाग्ने गरेको छ। आइतबारबाट सुरु भएको मेला माघ २ सम्म लाग्ने गरेको हो। माइजोगमाई गाउँपालिकाले मेला आयोजना गरेको हो।
माघे सङ्क्रान्तिको दिन वर्षाैंयता माइबेनीमा धूमधाम मेला लाग्न गरेको छ। ऐतिहासिक स्थल भएकाले माइबेनीमा स्थानीयले नै वर्षाैंदेखि मेला आयोजना गर्थे।केही वर्षयता माइजोगमाई गाउँपालिकाले नै मेला आयोजना गर्ने गरेको छ।माघे सङ्क्रान्तिका दिन जिल्लाका अरू मुख्य सहर नै सुनसान हुन्छन्। ती सहरका व्यापारी–ग्राहक सबै माइबेनी मेला झर्छन्।
माइबेनीमा मकर नुहाउँदा मनोकाङ्क्षा पूरा हुने विश्वास छ।नजिकै रहेको शिवालयमा सद्बीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुइँचो लाग्छ।मकर सङ्क्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ। माइखोलामा परेवा उडाउने भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन्।
धर्म सिन्धुका अनुसार यस दिनको नदी स्नान उत्तम मानिन्छ। मकर सङ्क्रान्तिमा सूर्योदय हुनु पूर्वको नदी स्नान अझ उत्तम मानिएको छ। यस दिनको नद स्नानले कर्म सिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने विश्वास गरिन्छ। मकर स्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ। यसैले मानिसहरू माघे सङ्क्रान्तिको अघिल्लै दिन माइबेनी पुगिसकेका हुन्छन्।
मौसम अनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ। तीन सयभन्दा बढी दोकान राखिने मेला हरेक वर्ष स्थानीय संघसंस्थाहरूले आयोजना गर्दै आएका छन्। मेलामा राडी पाखी, गलैँचा, लुगाफाटा, भाडा वर्तन, शृङ्गारका साधन र तरुलको व्यापार बढी हुन्छ।त्यसबाहेक कृषिजन्य उत्पादन पनि प्रदर्शनी र बिक्रीका लागि ल्याइएको हुन्छ।माइबेनीको अर्को आकर्षण भनेको धान नाच, चुड्केनाच, जुहारी गीत पनि हो। यी नाचहरू एक अर्काप्रति आत्मीयताको प्रतीक हुन्।
१९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको स्थानीय अग्रज बताउँछन्। पहिले महिना दिनसम्म लाग्ने मेला दुई साता, एक साता हुँदै अहिले तीन दिनमा झरेको छ।
पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्। उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए। परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो।
तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो। एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो’, सूचना अधिकारी कुशवाहाले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो।
गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए। रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...