प्रहरीसँग किन तर्सिन्छन् चालक ?
०२ माघ २०८०
•
४ मिनेट पाठ
प्रहरीसँग किन तर्सिन्छन् चालक ?
बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भयो।




बसका चालकले दुर्घटना स्थल नजिकै रहेको प्रहरी चेकिङलाई छल्न खोजे। प्रहरीले रोक्न खोजेपछि चालकले भगाउन खोजेको बस अनियन्त्रित बन्यो र पुलको रेलिङ भाँचेर पुलबाट सिधै तल नदीमा खस्यो।

उक्त बसका चालकले बसको इन्जिनमा प्रयोग हुने सापट बिग्रिएका कारण बस नमोडिएको र दुर्घटना भएको बयान दिएका छन्। तर प्रहरीको चेकिङ छलेर भाग्न खोज्दा दुर्घटना भएको प्रमुख कारण देखिन्छ।

‘प्रहरीको चेकिङ देखेपछि चालकहरुको रोक्नु पर्ने दायित्व हो, तर भाग्ने मनसाय राखेपछि गाडीको गति अस्वाभाविक हुन्छ, अनि अनियन्त्रित बनेर दुर्घटना हुन्छ,’ जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक किरण मल्लले भने ‘भालुवाङमा पनि प्रहरीले रोक्न खोज्दा बस रोकिएको भए, दुर्घटना हुने थिएन।’

जिल्लामा हुने धेरै दुर्घटनाको कारण चालकहरुले प्रहरी चेकजाँच छल्न खोज्नु पनि हो। प्रहरीका अनुसार चेकजाँच नआओस् भन्ने सोच धेरैजसो चालकहरुमा हुन्छ। चेकजाँचलाई चालकहरुले अनावश्यक झन्झटका रुपमा लिँदै आएको देखिने गरेको प्रहरी बताउँछ।

‘प्रहरीले गरेको चेकिङ अनावश्यक झन्झटका रुपमा चालकहरुले लिने गरेको पाइन्छ,’ प्रहरी निरीक्षक मल्लले भने ‘यो चालक र यात्रुहरुको सुरक्षित यात्राका लागि हो भन्ने बुझाई चालकहरुमा हुनुपर्छ।’
चेकिङमा पर्नु नपरोस् भन्ने सोचमा रहने कतिपय चालकहरु भने चेकिङ छलेर उम्कने दाउ रच्छन्। अनि गति तीव्र बनाएर गाडी हुइँकाउँछन्। तीव्र गतिमा भाग्न खोज्ने गाडीहरुलाई प्रहरीले रोक्न खोज्छन्, अनि अनियन्त्रित बनेर दुर्घटना हुने गरेका कैयन उदाहरण जिल्लामा रहेको प्रहरी निरीक्षक मल्ल बताउँछन्।

‘सडकमा प्रहरी देख्यो कि भाग्नु पर्छ भन्ने सोच कतिपय चालकहरुको देखिन्छ,’ मल्लले भने ‘अनि गाडी रोक्न खोजेका प्रहरीलाई नै ठक्कर देलान् जसरी चालकहरुले गाडी हुइँकाउँछन्, फलतः कैयन यस्ता गाडीहरु अनियन्त्रित बनेर दुर्घटनामा पर्ने गरेका छन्।’

उनका अनुसार गाडीमा कुनै समस्या अवस्थामा, गाडी तथा चालकका कागजपत्रमा समस्या भएको खण्डमा चालकहरु जरिवानाबाट बच्नका लागि चेकिङ छल्न खोजेर भाग्न खोज्छन्। यसैगरि मापसे सेवन पनि प्रहरी छलेर गाडी भगाउनुको अर्को कारण रहेको प्रहरी बताउँछ।

‘गाडीको कागज पत्र भएन भने, या त चालकको लाइसेन्स नभएको वा रिन्यु नभएको अवस्थामा जरिवाना पर्ने डरमा चालकहरु हुन्छन्, यसैगरि साना सवारी साधनको हकमा अझ बढी मोटरसाइकल र जिप कार चालकहरुले कारबाहीको डरले सवारी साधन भगाउन खोज्छन्, अनि दुर्घटनामा पर्ने खतरामा पर्छन्।’

यता लामो दुरीमा कुद्ने सवारी साधनका चालकहरुले भने प्रहरीको चेकिङ अधिक र सास्ती पूर्ण रहने बताउँछन्। चेकजाँच मात्रै नभएर रकम बार्गेनिङकै लागि चेकिङ गर्ने गरिएको भन्दै एक चालकले कतिपय प्रहरी चेकिङ सवारी सुरक्षाका लागि भन्दा पनि रकम बार्गेनिङ केन्द्रित हुने गरेको बताए। 

‘प्रहरी चेकिङ हुनु सवारी सुरक्षाका लागि अधिक राम्रो हो, तर कतिपय चेकिङहरु सवारी सुरक्षा केन्द्रित भन्दा पनि सानो गल्ती देखाउने र जरिवाना काट्ने नियतका साथ पनि भएका हुन्छन्,’ ती चालकले भने ‘अनि कतिपय चालकहरु चेकिङ छलेर भाग्ने नियत राख्छन्, तर यसो गर्नु राम्रो भने हैन, प्रहरीको चेकिङमा गाडी रोकिनु चालकहरुको दायित्व हो।’

प्रहरीलाई सय पचास रुपैयाँ बुझाउनु भन्दा नबुझाएरै उम्कने सोचमा चालकहरु देखिने गरेको उनले बताए।

त्यसो त, पाका चालकहरु भन्दा नयाँ चालकहरु चेकिङ छलेर भाग्न खोज्ने पाका चालकहरु बताउँछन्। ३६ वर्ष सम्म यात्रुवाहक बस हाँकेका दाङका पाका चालक केशव बहादुर भण्डारीले प्रहरी चेकिङमा सवारी साधन रोकिए चालकहरुलाई धेरै फ्रेस महसुस हुने र यसले सवारी साधन चलाउन सहज हुने बताउँछन्।

‘प्रहरीको चेकिङमा बस रोक्नु सवारी दुर्घटना न्यूनीकरणको राम्रो उपाय हो, तर चालकहरु भागेर हिँड्न खोज्ने प्रवृत्तिले कैयन दुर्घटना भएका छन्,’ पाका चालक भण्डारीले भने ‘अस्ति भालुवाङमा भएको दुर्घटनाको कारण पनि बसका चालकले प्रहरी चेकिङ छलेर भाग्न खोज्नु नै हो, चेकिङलाई जरिवाना काट्ने थलोका रुपमा चालकहरुमा बुझाई छ, तर यस्तो चेकिङहरुले चालकहरुलाई रिफ्रेस पनि बनाउँछ, यसले दुर्घटना हुनबाट धेरै सुरक्षित बनाउँछ।’

तर उनले प्रहरी चेकिङ अधिक स्थानमा हुने गरेका कारण चालकहरुलाई बस समयमै गन्तव्यमा पुर्‍याउन दबाब भने पर्ने गरेको बताए। फलतः गाडीको गति बढाउनु पर्ने र यसले दुर्घटनाको जोखिम बढाउने गरेको भण्डारी बताउँछन्।

‘प्रहरीको चेकिङ धेरै स्थानमा भयो, काठमाडाैँ पुग्दा सम्म ठाउँ ठाउँमा चेकिङमा पर्नुपर्छ, जसले यात्रामा ढिलाइ भइरहेको हुन्छ,’ भण्डारीले भने ‘अनि चालकहरुलाई यात्रुहरूलाई समयमै गन्तव्यमा पुर्‍याउन दबाब पर्छ, जसका कारण चालकहरुले बसको गति बढाउनु पर्छ, तीव्र गति भयो भने दुर्घटना बढ्ने खतरा स्वाभाविकै हुन्छ।’

उनले यसका लागि चेकिङलाई केही कम स्थानमा राखेर सुरक्षित यात्रा तय गर्न सकिने बताए। ‘एक ठाउँमा चेकिङ गरिसकेपछि चेकजाँच गरेको कुनै कागजी प्रमाण दिएपछि अर्को स्थानमा त्यही प्रमाण देखाएर बस कुदाउने वातावरण निर्माण गरिनु पर्छ,’ उनले भने ‘तर ठाउँ ठाउँमा चेकजाँचका लागि गाडी रोकेर चालकहरुलाई दबाबमा पार्ने काम गरिनु हुन्न, अझ कतिपय चेकिङहरु जरिवाना काट्नकै लागि गरिएको जस्तो पनि देखिन्छन्, अनि यस्तो झन्झटमा पर्नु भन्दा भाग्नै ठिक भन्ने सोचमा कतिपय चालकहरु पुग्छन्, यो विषयमा पनि प्रहरीले सोच्नु पर्छ।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस