बलात्कारीलाई १४ वर्ष जेल
१६ फागुन २०७४
•
२ मिनेट पाठ
बलात्कारीलाई १४ वर्ष जेल
भोजपुर– जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जबरजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ। अदालतले  आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको बलात्कारपछि हत्याको प्रयास गर्ने १८ वर्षीय सन्तोष श्रेष्ठलाई जबरजस्तीकरणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो। त्यस्तै एक लाख ५० हजार जरिवाना र २ लाख ५० हजार पीडितलाई क्षतिपूर्ती दिनु पर्ने फैसला भएको छ। उनले स्थानीय बालिकाको बलात्कारपछि आँखा फुटाएर हत्याको प्रयास समेत गरेका थिए। 

त्यस्तै गत साउन महिनामा भोजपुरको अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिय बालिकालाई करणी गरि गर्भवती बनाउने सोही गाउँपालिकाको आरु खर्कका १९ वर्षीय स्थानीय दुर्गाबहादुर श्रेष्ठलाई १२ वर्ष कैद र पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ती दिनुपर्ने फैसला गरिएको छ। श्रेष्ठले ७३ साल पुष ९ गते घरमा कोही नभएको मौका छोपी बालिका करणी गरि गर्भवती बनाएका थिए। श्रेष्ठविरुद्ध  प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गराएको थियो।  

उनीहरु दुवैलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इन्नामको एकल इजिलासले कैद सजाय सुनाएको हो। याकुकी पीडित बालिका काठमाडौं सिविन नामक सस्थाको संरक्षणमा रहेकी छिन् भने दुम्मानाकी बालिका पनि  उपचार पश्चात अहिले रक्षा नेपाल काठमाडौको संरक्षणमा रहेको महिला तथा बालबालिका कार्यालय भोजपुरकी प्रमुख पुष्पालता उप्रेतीले जानकारी दिईन्। 
अर्को समाचार
बलात्कारीलाई १५ सय वर्ष जेल सजाय
१४ फागुन २०७१
•
२ मिनेट पाठ
बलात्कारीलाई १५ सय वर्ष जेल सजाय
कुख्यात बलात्कारी अल्बर्ट मोराकले थुप्रै महिलाको जीवन बर्बाद पार्योु। दक्षिण अफ्रिकाको जोहानसबर्ग उच्च अदालतले उसलाई १५ सय ३५ वर्ष जेल सजाय दिएको छ।किबेत्सवे मावाशाले विगत दुई वर्षदेखि आफ्नो जन्मदिवस मनाएकी थिइनन्। जन्मदिवसकै दिन उनी अल्बर्टको कुत्सित वासनाको शिकार भएकी थिइन्। उसलाई १५ सय वर्षभन्दा बढी कैद सजाय तोकिएपछि अब उनी आफ्नो २९ औँ जन्मदिवस मनाउने तयारीमा छिन्।

अल्बर्टमाथि १ सय ७५ आरोप थिए। त्यसमा ३० वटा बलात्कारका आरोप थिए। अपहरणका ४१ र डकैतीका २४ मामिलामा ऊ मुछिएको थियो। तीमध्ये १ सय ४४ आरोप प्रमाणित भएका थिए।

न्यायाधीश रिन स्ट्रिडमले अल्बर्टलाई आफ्ना कुकृत्यमाथि कुनै पश्चात्ताप नभएको बताए। 'उसले कतिसम्म अहंकार देखायो भने,' रिनले भने, 'पीडितहरूलाई भविष्यमा बलात्कारबाट कसरी बच्ने भनेर सल्लाह दिएको सम्म उसले भन्न भ्यायो।' उनले अल्बर्टद्वारा पीडित महिलाहरू आघातमा रहेका बताए। 'ऊ अब जेलमा सड्नेछ,' रिनले भने।

अल्बर्टद्वारा बलात्कृत एक महिलाले भनिन्, 'मलाई त सपनाजस्तो लागिरहेको छ। बलात्कारपछि म रक्सी र चुरोटको नराम्रो लतमा फसेकी थिएँ।'

यसअघि सन् २००७ मा मोन्गेजी जिंगसेला नामक बलात्कारीलाई २४ सय ६१ वर्ष जेल सजाय दिइएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस