अत्यधिक चिसो बढेपछि रुपन्देहीका स्थानीय तहहरुले विद्यालयमा सार्वजनिक बिदा दिएका छन्। पछिल्लो केही दिन यता रुपन्देही लगायतका तराइका जिल्लाहरूमा बाक्लो हुस्सु लाग्नुका साथै शितलहर परेको छ।
जाडो बढेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिदार्थनगर नगरपालिका लगायतका पालिकाहरुले आ–आफ्ना पालिका भित्रका सामुदायिक, संस्थागत, र धार्मिक विद्यालयमा सार्वजनिक बिदाको आह्वान गरेका हुन।
बुटवल उपमहानगरपालिकाले माघ ७ गतेदेखि ९ गते सम्मकालागि विद्यालयहरुमा जाडो बिदा दिएको हो। तिलोत्तमा नगरपालिकाले माघ १० गते सम्मकालागि ४ दिन जाडो बिदा दिएको छ।
सिद्धार्थनगर नगरपालिकाले माघ ७ गतेदेखि १२ गते सम्मकालागि स्कुलहरुमा जाडो बिदा दिएको छ। अन्य पालिकाहरुले पनि केही दिनका लागि स्कुलमा जाडो बिदा दिन आह्वान गरेका छन्।
अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले केही दिनकालागि जाडो बिदा दिने निर्णय गरिएको स्थानीय तहहरुले सूचना मार्फत जानकारी गराएका हुन।
केही दिन यता रुपन्देही र आसपासका जिल्लामा बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर परेको छ। चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। हुस्सु र शीतलहरले ढाकेर दिउँसै मौसम अँध्यारो जस्तो देखिन्छ।
चिसोले मानिसहरूलाई घर बाहिर निस्कन मुस्किल भएको छ। सडक, बजार, चोक चौराहा सुनसान भएका छन्। विशेष गरी मेला मजदुरी तथा दैनिक ज्यालादारी गर्नेहरू बढी मर्कामा परेका छन्।
चिसोले बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। न्यानो कपडा लगाउन, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, झोलिलो, पोसिलो र तातो खानेकुराहरु बढी खान चिकित्सकहरूले आग्रह गरेका छन्।